‘कप्स’को ट्रेलर सार्वजनिक

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, १६ बैशाख – नेपाली चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही लिड भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अनुपविक्रम शाहीलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ ।

सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा अनुपको जोडीको रुपमा सन्दिपा लिम्बुले अभिनय गरेकी छिन् । निर्माणपक्षका अनुसार, चलचित्रले पब्लिक, पोलिटिक्स र पुलिसको कथा भन्छ ।

आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ । चलचित्र कप्स जेठ १७ गतेबाट प्रद्धर्शनमा आउँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us