संगीतकार बिजु बज्रको निधन

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – चर्चित संगीतकार बिजु बज्रको हृदयघातका कारण निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षकै अल्पायुमा निधन भएको हो ।

हृदयघात भएपछि उनलाई उपचारका लागि सिभिल अस्ताल पु¥एइएको र त्यहाँ उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

उनको शव अहिले अस्पतालमै राखिएको छ । उनीलाई यसअघि पनि यसअघि पनि दुईपटक हृदयघात भएको थियो ।

उनका ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’, ‘बिस्तारै छायो आँखामा अँध्यारो’, ‘मै ठूली भैैछुरे’, ‘तिमी मभन्दा कोसौँ टाढा छौ’ ‘कुन रंगको कमी थियो र’ जस्ता गीत निकै चर्चामा छन् ।

उनका श्रीमती दुई छोरा र एक छोरी छन् । उनको भोलि दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us