
काठमाण्डु, १५ वैशाख – अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन् ।
चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन् ।
एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ ।