काठमाण्डू, १ कात्तिक- अमेरिकाको न्यूयोर्कबाट सन्चालित नेपाली सन्चार माध्यम खसोखासले एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्राप्त गरेको छ । स्थानीय पत्रकारिताको रिक्तता पूर्ति गरेकाले नेपाली पत्रकारितालाई अझ सुदृढ गर्न उक्त राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । स्थानीय समाचारलाई पुन: कल्पना गर्ने...
काठमाण्डू, १३ असोज- नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।...
काठमाण्डु, १० असोज– इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाण्डु ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की रहेको स्रोतले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले...
काठमाण्डु, १७ भदौ– अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला परेका छन् । मृत्यु हुनेमा ४७ वर्षीय शान्तलाल प्रधान छन् । प्रधान गत मंगलबार आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन् । उनको नेपालस्थित ठेगाना पर्वत भएको अमेरिकामा रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिए ।...
काठमाण्डु, १६ भदौ– अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन । उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष...
एजेन्सी– अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर समेत सार्वजनिक गरेका छन । तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ...
काठमाण्डु, १२ भदौ– २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले जानकारी दिएका छन । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले...
काठमाण्डु, ११ भदौ– ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै...
काठमाण्डु, ६ भदौ- संयुक्त राज्य अमेरिकाको भर्जिनियामा श्रीमती हत्याको आशंकामा एक नेपाली पक्राउ परेका छन् । पर्नेमा नेपालस्थित ठेगाना धनगढी भएका नरेश भट्ट हुन् । भर्जिनियाको स्थानीय मनासस पार्क प्रहरीले स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे घरबाटै पक्राउ गरेको हो । भट्ट पत्नी...
काठमाण्डु,२ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । यसबीचमा उनले राजनीतिक...
काठमाण्डु, २ वैशाख– इजरायलस्थित नेपाली राजदूतावासले इजराईलमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । आज (आइतबार) बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी...
काठमाण्डु, १ चैत– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेको बताइएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा...