मुना पाण्डे हत्या प्रकरणमा अमेरिकामा एक व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १३:५८ मा प्रकाशित

एजेन्सी– अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर समेत सार्वजनिक गरेका छन ।

तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ स्पष्ट भएको छैन । दुई दिन अघि दक्षिण पश्चिम ह्युष्टनको अपार्टमेन्टमा मुना मृत अवस्थामा फेला परेकी थिइन । उनीमाथि गोली प्रहार भएको थियो ।

सोही अपार्टमेन्टबाट बाहिरिइरहेको अवस्थामा ती पुरुषको तस्बिर सर्भिलेन्स क्यामरामा कैद भएको थियो । ती पुरुषको पहिचान खुल्न सकेको छैन ।

मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा भएको खुलेको छ । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us