जनकपुरधाम, ११ चैत – सूचना विभागद्वारा यही चैत २० गतेदेखि २२ गतेसम्म जनकुपरमा मध्यमाञ्चल विकास क्षेत्रीय सञ्चार घुम्ती सेवा शिविर सञ्चालन गरिने भएको छ । मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई समेट्ने गरी सञ्चालन हुने सो शिविरमा आम...
काठमाण्डु, ११ चैत – संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक सभासद्का उम्मेदवारले एसएलसी खेताला खोजेर परीक्षा दिएका छन् । सभासद्का उम्मेदवार गंगा पासवानको नाममा परीक्षा दिइरहेका बीरेन पासवान पक्राउ परेका छन् । एसएलसीको दोस्रो दिन शुक्रवार अनिवार्य नेपाली बिषयको परीक्षा दिइरहेका बेला कर्जन्हा गाविसका वीरेन पक्राउ...
काठमाण्डु, १० चैत – मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथीर मोहम्मदले एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका छन् । सोमबार साँझ होटल हायातमा भएको भेटमा पूर्वप्रधानमन्त्री महाथीरले भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका हुन् । भेटमा दुई पूर्वप्रधानमन्त्रीबीच आर्थिक तथा राजनीतिक विषयमा...
खोटाङ, १० चैत – आफ्नै बुबाबाट बलात्कृत भएकी खोटाङकी १४ वर्षीया बालिका समाजमा अझै पुनःस्थापना हुन सकेकी छैनन् ।बाल सेवा समाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिका समाजमा पनःस्थापित हुन नसकेकी हुन् । पीडित बालिकाले आफ्नै गाउँमा बस्ने इच्छा भएपनि...
काठमाण्डु, १० चैत – सत्ता सञ्चालनका लागि समन्वयात्मक भूमिका निर्वाह गर्न काँग्रेस–एमालेले एक समिति गठन गरेका छन् । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले काँग्रेसबाट ४ र एमालेबाट जना रहनेगरी सरकार सञ्चालन समन्वय समिति गठन गरेका हुन् । समितिमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री पार्टी सभापति सुशील कोइराला,...
काठमाण्डु, १० चैत – व्यवस्थापिका–संसद्को सोमबारको बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को साविकको व्यवस्था जगाउने, विधेयक , २०७०’ सर्वसम्मतिले पारित गरेको छ । सो विधेयक पारितका लागि प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय तथा संविधानसभा तथा संसदीय व्यवस्था...
काठमाण्डु, १० चैत – राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार भएको भेटवार्तामा राष्ट्रपति यादवले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न र एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धतालाई व्यावहारिक रुप दिन अध्यक्ष दाहाललाई...
काठमाण्डु, १० चैत – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले प्राध्यापकको वृद्वि भएको तलब पाउनुपर्नेलगायत माग राख्दै १६ दिनदेखि धर्ना तथा रिले अनसन जारी राखेको छ । गत साउन १ गतेदेखि वृद्वि भएको तलब पाउनुपर्ने, एक हजार तीन सय ८० दरबन्दीमा भएका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने,...
काठमाण्डु, १० चैत – एकीकृत माओवादीका नेता अग्नी सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्च स्तरीय राजनीतिक समितिको संयोजक बनाउनु पर्ने बताएका छन् । संविधानसभा भित्र र बाहिर रहेका दलहरुलाई समेट्न सक्ने नेता अध्यक्ष प्रचण्ड नै भएको भन्दै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाएर...
काठमाण्डु, १० चैत – नेकपा–माओवादीका सचिव देव गुरुङगले अन्तरबस्तुहरुमा सहमति गरेर अहिलेकै संविधानसभाबाट संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहने बताएका छन् । रिपोर्टर्स क्लबमा सोमबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले संविधानका अन्तरबस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्ने विषयमा खुल्ला हुने बताए ।...
काठमाण्डु, १० चैत – कुष्ठरोगका लागि विश्व स्वास्थ्य सङ्गठनका सद्भावना राजदूत योही सासाकावा आज ललितपुरस्थित खोकना आरोग्य आश्रम गई कुष्ठप्रभावितको उपचार र पुनःस्थापनाका बारेमा जानकारी लिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अन्य गैरसरकारी सङ्घसंस्थाद्वारा कुष्ठ प्रभावितको उपचार तथा पुनःस्थापनाका लागि सञ्चालित कार्यक्रमका बारेमा...
मुगु, १० चैत – प्रवेशिका परीक्षाको सोमबारको अनिवार्य विज्ञान विषयको परीक्षाको अनुगमनमा आएको टोलीमाथि महाकाली उच्च मावि श्रीनगर मुगु गमगढी परीक्षा केन्द्रका विद्यार्थीले ढुङ्गामुढा गरेका छन् । परीक्षामा चिट चोर्न नदिई कडा गरेको निहुँमा आक्रोशित विद्यार्थीले सहायक प्रजिअ तोरण पराजुलीसहितको टोलीमाथि गरेका गरेका हुन्...