काठमाण्डु, १४ चैत–अवरुद्ध संविधान निर्माण प्रक्रिया सुचारु गर्नेबारे प्रमुख दलका शीर्ष नेता शनिबारबाट पुनः छलफलमा जुट्ने भएका छन् । सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा स्थगन गरी सहमतिका लागि दिएको पाँच दिनको समयसीमा सकिन एक दिन मात्र बाँकी छँदा दलहरु छलफलमा जुटेका हुन् । दिउँसो एक...
लहान, १४ चैत – सामुदायिक विद्यालयमा पढ्ने छात्रा महिनावारीको समयमा विद्यालय नआउने क्रम बढेपछि सिरहाका सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । सिरहाको फूलबरीया, चन्द्रलालपुर, धनगढी र तरेगना गोविन्दपुरका १२ वटा सामुदायिक विद्यालयमा खानेपानी सरसफाइ र महिनावारी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको...
विराटनगर, १४ चैत – क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ३० खाद्य उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७१/०७२ को दोस्रो चौमासिक प्रगति सार्वजनिक कार्यक्रममा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मोरङका १४ र सुनसरीका...
मुगु, १४ चैत – आमा र नवजात शिशु मृत्युदर कम गर्ने र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा पुगेर सुरक्षित रुपमा प्रसूति सेवा लिएबापत सुत्केरीलाई दिइने प्रोत्साहन भत्ता सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले नै खाने गरेको पाइएको छ । जिल्लाको पश्चिम खत्याड भेकस्थित कोटडाँडा...
इलाम, १४ चैत – जिल्ला प्रशासन कार्यालयले खोलामा करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने सात जनालाई जलचरसम्बन्धी मुद्दा चलाएको छ । देउमाई नगरपालिका र एकतप्पा गाविसको बीचमा पर्ने देउमाई खोलामा करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा पक्राउ परेका...
काठमाण्डु, १४ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तर छिमेकी चीनको भ्रमण पुरा गरी स्वदेश फर्केका छन् । पाँच दिने भ्रमण सकेर प्रचण्ड गएराति ११ बजे स्वदेश फर्केका हुन् । चीन बसाइका क्रममा उनले बेइजिङमा उपराष्ट्रपति ली युआनचाओ तथा कुन्मिङमा रहँदा त्यहाँका गभर्नरसहित...
काठमाण्डु,१३ चैत- गृहमन्त्रालयले एकीकृत नेकपा माओवादी समेतको तीस दलीय मोर्चाले चैत ५ गतेदेखि विभिन्न किसिमका विरोध तथा हड्तालका कार्यक्रम सार्वजनिक गरेकोमा आपत्ति प्रकट गरेको छ । मुलुक सहमति र सहकार्यबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण घडीमा रहेको र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले...
पोखरा, १३ चैत–एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सहमतिमा संविधान बन्ने वातावरण तयार भए एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा उनले गणतन्त्र दिवसको अवसरमा आगामी १५ जेठमा सहमतिमा संविधान ल्याउन सत्तापक्ष तयार भए त्यसपछिको प्रधानमन्त्री...
काठमाण्डु,१३ चैत- संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न अब २४ सै घण्टा वार्तामा बस्न दलहरुलाई आग्रह गरेका छन् । संसद् सचिवालयको संयोजनामा शुक्रबार आयोजित ‘समाचार सङ्कलन,सम्प्रेषणका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले सो कुरामा जोड दिएका हुन् ।...
जनकपुर,१३ चैत– तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विगतका आन्दोलनले निर्धारण गरेको सीमा रेखालाई मिचेर सत्तारुढ दलले संविधान जारी गर्न खोजेको बताएका छन् । शुक्रबार जनकपुरमा आयोजित एक अन्तरक्रियाका क्रममा बोल्दै अध्यक्ष ठाकुरले ती सीमारेखा तोडिए मुलुकमा भयावहस्थिती आउने दावी गरे । उनले आन्दोलनहरूबाट प्राप्त उपलव्धी...
काठमाण्डु,१३ चैत- सरकारले मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यलाई सिङ्गापुर पठाएर त्यहाँका संस्थापक प्रधानमन्त्री ली क्वान युप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनता र नेपाल सरकारका तर्फबाट सिङ्गापुर पुगेर त्यहाँको सरकार र स्वर्गीय...
काठमाण्डु, १३ चैत– प्रजनन् क्षमता भएका महिलाको मृत्युदर सबैभन्दा बढि भएको जिल्ला जुम्ला हो । मृत्युको कारण खोज्ने क्रममा खुलेको छ, कारण रहेछ असुरक्षित गर्र्भपतन । गर्भपतन गराउने जुम्लाका महिला स्वास्थ्य केन्द्रमा पुग्दैनन् । नजिकैको औषधि पसलमा गएर जुकाको औषधि सेवन गर्छन् । जुकाको...