समाचार

पाँच लाख चल्ला बरामद

२०७० चैत १३ गते ८:२१

चितवन, १३ चैत – खुल्ला सिमाना भएको भारतबाट ठूलो सङ्ख्यामा प्रतिबन्धित कुखुराका चल्ला नेपाल भित्रिने गरेको पाइएको छ । निजी र सरकारी तवरबाट कडाइका साथ जाँच थालेपछि आठ महिनामा पा“च लाख अवैध चल्ला बरामद भएको ह्याचरी उद्योग सङ्घले जनाएको छ । कपिलवस्तु र रुपन्देही...

राष्ट्रपतिद्वारा केही ऐन प्रमाणीकरण

२०७० चैत १३ गते ७:१३

काठमाण्डु, १३ चैत – राष्ट्रपति डा. रामवरण यादवले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (दोस्रो सशोधन) ऐन २०७०, आर्थिक ऐन २०७० र निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७० लाई प्रमाणीकरण गरेका छन् । साथै उनले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत)...

चैतको अन्तिम सातामा आदिवासी महोत्सव

२०७० चैत १३ गते ७:११

भद्रपुर, १३ चैत – नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्ले चैतको अन्तिम साता दोस्रो वृहत मेचीनगर आदिवासी जनजाति सांस्कृतिक महोत्सव गर्ने भएको छ । जातीय सद्भाव र सांस्कृतिक परम्परा आदानप्रदान गरी स्थायी शान्तिका लागि झापाको काँकरभिट्टामा चैत्र २३ गतेदेखि ३० गतेसम्म महोत्सवको आयोजना...

संवैधानिक परिषद्को बैठक स्थगित

२०७० चैत १३ गते ४:५७

काठमाण्डु, १३ चैत –संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । नयाँ सरकार गठन भएपछि पहिलोपटक आह्वान भएको बैठक प्रचण्ड पुत्री ज्ञानु केसीकाे निधनका कारण प्रचण्ड उपस्थित नभएपछि स्थगित भएको हो । बैठकमा संवैधानिक नियकामा लामो समयदेखि रिक्त रहेका पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो...

तीन दलबीच ५ बुँदे सहमति

२०७० चैत १३ गते ४:३६

काठमाण्डु, १३ चैत – संविधानसभा समिति निर्माण, उच्चस्तरीय राजनीतिक समिति गठन र स्वामित्व ग्रहणका विषयमा प्रमुख तीन दलबीच ५ बुँदे सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो । सहमतिअनुसार दलहरुबीच उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने,...

नेपाल पोलियोमुक्त देश घोषणा हुँदै

२०७० चैत १३ गते ३:२४

काठमाण्डु, १३ चैत – नेपाल आजदेखि पोलियोमुक्त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललगायत दक्षिणपुर्वी एसियाका ११ देशलाई आज पोलियोमुक्त राष्ट्र घोषणा गर्दैछ । विश्व स्वास्थ्य संगठनले भारतको दिल्लीमा विशेष समारोह आयोजना गरी सम्बन्धित देशका प्रतिनिधिलाई पोलियोमुक्त देश घोषणा गर्न लागेको हो । लगातार तीन...

गर्भवती परिचारिका उडाउँदै निगम

२०७० चैत १३ गते २:५६

काठमाण्डु, १३ चैत – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले विमान परिचारिकाको अभाव भन्दै आफ्ना गर्भवती परिचारिकालाई समेत विमानमा उड्न बाध्य पारेको छ । निगमद्वारा विमानमा महिला परिचारिका नभएको भन्दै गत फागुन १६ गते काठमाण्डुबाट मलेसियाको क्वालालम्पुरमा उडेको आरए ४१५ नम्बरको विमानमा उडेर काम...

श्रीमान श्रीमति, छोराछोरी, सालासाली, सभासदका पिए !

२०७० चैत १३ गते १:४९

काठमाण्डु, १३ चैत – संविधानसभा सभासद्का पिए कस्ता कस्ता ? श्रीमति सभासदको श्रीमान् निजी सहायक (पिए) श्रीमान् सभासदका श्रीमति पिए । संविधानसभामा अहिले थुप्रै यस्ता सभासद् छन जसले आफ्नै श्रीमान् या श्रीमतिलाई पिए राखेका छन् । आफ्नै परिवारका सदस्य या नजिकका नातेदारलाई पनि पिए...

संविधानसभामा एक पटक पनि नबोल्ने सभासदहरु

२०७० चैत १३ गते १:३१

काठमाण्डु, १३ चैत – बिघटित संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेतासहित ८५ सभासदले चार बर्षसम्म संविधानका अन्र्तवस्तुको छलफलमा भाग नै लिएनन् । तिनै मध्ये १६ जना सभासद् यस पटक पनि दोहोरिएका छन् । संविधानका अन्तर्वस्तुकामा छलफल नगर्ने नेतामा तत्कालिन संविधानसभाको सवैभन्दा ठूलो दल...

परीक्षा कोठामै बच्चा जन्मियो

२०७० चैत १२ गते १३:२८

रुकुम, १२ चैत – जारी एसएलसी परीक्षामा सहभागी एक महिलाले परीक्षा कोठामै बच्चा जन्माएकी छन् । रुकुमको राप्ती ज्ञानोदय उच्चमावि सिम्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी जनप्रिय मावि हाँसिवाङकी १८ वर्षीया टीका खड्काले परीक्षा चलिरहेकै बेला छोरी जन्माएकी हुन् । स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा...

३३ दलीय मोर्चाको अवधारणा पत्र सार्वजनिक

२०७० चैत १२ गते १३:०५

काठमाण्डु, १२ चैत – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अझै सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु अघि बढाउने भएको छ । नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बुधबार बसेको बैठकले तत्काल ८ बुँदे माग राखेर प्रचारात्मक कार्यक्रम गर्ने र २४ गते जनआन्दोलन दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरेको...

चुनावमा गरिएको सेना परिचालनको निर्णय अनुमोदित

२०७० चैत १२ गते १२:२९

काठमाण्डु, १२ चैत – संविधानसभाको दोस्रो चुनावमा गरिएको सेना परिचालनलाई विशेष सुरक्षा समितिले अनुमोदन गरेको छ । समितिको बुधबार बसेको बैठले सो निर्णयलाई अनुमोदन गरेसँगै अब विधेयक वा प्रतिवेदनको रुपमा व्यवस्थापिका संसद्मा प्रस्तुत हुने भएको छ । सो निर्णयमा एकीकृत माओवादीलेसमेत सहमति जनाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us