समाचार

मादन पदार्थ सेवन गरी छुरा प्रहार गर्दा १ जनाको मृत्यु

२०७१ चैत १४ गते ९:३२

पर्वत,१४ चैत- उत्तरी पर्वतको माझफाँट गाविसमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । सो घटनामा परेर माझफाँट गाविस–५ निवासी २३ वर्षीय नरबहादुर दमार्इंको मृत्यु भएको हो । शुक्रबार राति स्थानीय १९ वर्षीय राजु दमार्इंले नरबहादुरलाई मादक पदार्थ सेवन गरी एकापसमा झगडा हुँदा...

आगलागी पीडितलाई सरकारले वास्ता गरेनः यादव

२०७१ चैत १४ गते ९:१०

काठमाण्डु,१४ चैत– मधेसी जनअधिकार फोरम नेपालले केहीदिन अघि आगलागीमा परेर विचल्ली भएका सप्तरीका आगलागी पीडितप्रति सरकारले गरेको बेवास्ताप्रति आपत्ति जनाएको छ । आगलागीमा परेर विचल्लीमा परेका जनताप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै सो पार्टीले शानिबार विज्ञप्तीमार्फत आपत्ति प्रकट गरेको हो । ‘आगलगाीमा परेर सयौं...

डिल्लीराजलाई भित्र्याउन दुई महिनापछि केपी ओली पार्टी कार्यालयमा

२०७१ चैत १४ गते ८:५०

काठमाण्डु, १४ चैत–एमाले अध्यक्ष केपी ओली झण्डै दुई महिनापछि शनिबार पार्टी कार्यलय बल्खु पुगेका छन् । बिमारी भएका कारण १ महिना भन्दा बढी समय आफ्नै निवास बालकोटबाट नै बाहिर ननिस्किएका उनी शनिबार भने विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका डा डिल्लीराज खनाल लगायतका...

रौतहटमा मालपोत र नापी शाखा विस्तारको विरोधमा चक्काजाम

२०७१ चैत १४ गते ८:३७

रौतहट,१४ चैत- मालपोत कार्यालय र नापी शाखाको सेवा केन्द्र विस्तार गरेको निर्णय खारेज माग गर्दै शनिबार उद्योग वाणिज्य सङ्घ रौतहटको आयोजनामा चक्काजाम गरिएको छ । शनिबार बिहान ९ बजेदेखि १० बजेसम्म गरिएको चक्काजामका कारण सदरमुकाम गौरदेखि चन्द्रपुर, वीरगन्जसम्म जाने यातायात अवरुद्ध भएको थियो ।...

लडेर घाइते भएका पर्यटकको हेलिकोप्टरदवारा उद्धार

२०७१ चैत १४ गते ८:२४

गोरखाबजार,१४ चैत- मनास्लु पदमार्गस्थित गुम्दाको माछाखोला नजिकै पदमार्गबाट खसेर गम्भीर घाइते भएको विदेशी पर्यटकलाई हेलिकप्टरले उद्धार गरेको छ । शुक्रबार पदमार्गबाट १३० मि तल खसेर गम्भीर घाइते भएका ४४ वर्षे बेलायती हिदर कर्यन बोनलाई शनिबार हेलिकप्टरले उद्धार गरेको हो । शुक्रबार बिहान मनाङ एअरको...

प्रधानमन्त्रीले ओलीसँग भने, ‘सहमतिमै संविधान निर्माणमा जोड दिनुपर्छ’

२०७१ चैत १४ गते ८:१५

भक्तपुर,१४ चैत- वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार भएको भेटवार्तामा सहमतिलाई नै अगाडि बढाउने निर्णय भएको छ । ओली निवास बालकोटमा डेढघन्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारेमा छलफल भएको हो ।...

बेँसीसहरमा हुँदै बौद्ध सम्मेलन

२०७१ चैत १४ गते ७:४८

काठमाण्डु,१४ चैत- धर्मोदय सभाद्वारा प्रत्येक दुई दुई वर्षमा नेपालका विभिन्न स्थानमा आयोजना हुँदै आएको राष्ट्रिय बौद्ध सम्मेलन यस वर्ष १२औँ राष्ट्रिय बौद्ध सम्मेलनका रुपमा लमजुङको बेँसीसहरमा आगामी जेठ ८ देखि १० गतेसम्म हुने भएको छ । बेँसीसहरमा बुधबार सम्पन्न धर्मोदय सभा केन्द्रीय समिति,धर्मोदय सभा...

भट्टराइले भने, ‘आफ्नो पालामा डा.केसीले उठाएको माग पूरा गर्न नसकेकोमा लज्जित छु’

२०७१ चैत १४ गते ७:४२

काठमाण्डु,१४ चैत- एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा बसेका प्रा डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । डा भट्टराईले प्रा डा केसीको माग जायज भएको उल्लेख गर्दै आन्दोलनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाए । केसीको...

गणतन्त्र दिवसमा संविधानः सिटौला

२०७१ चैत १४ गते ७:४०

काठमाण्डु, १४ चेत– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने गृहकार्य भइरहेको बताएका छन् । पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामति कर्मचारी यूनियनले शनिबार काठमाण्डुमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री सिटौलाले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते संविधान जारी...

यी हुन्, नेपालमा हिन्दु धर्मको विषयमा बहस हुनुपर्छ भन्ने भारतीय नेता

२०७१ चैत १४ गते ७:३९

काठमाण्डु, १४ चैत– भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले नेपालमा संविधान निर्माणको यो बेलामा हिन्दु धर्मको विषयमा पनि बहस हुनु पर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा नेपाल क्यान्सर सोसाईटिले आयोजना गरेको नेपालमा क्यान्सर, मुटु तथा मृगौला रोग सम्बन्धी औषधी सर्वसुलभ बनाउने विषयमा...

हलेसीमा दर्शनार्थीको घुइँचो

२०७१ चैत १४ गते ६:०३

खोटाङ, १४ चैत– पूर्वको पशुपतिनाथ भनेर चिनीने हलेसी महादेवमा रामनवमीको अवसरमा दर्शनार्थीको घुइँचो लागेको छ । रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, तिब्बत, भुटानबाट दर्शनार्थीहरु हलेसी पुगेका छन् । शनिबार बिहान झिसमिसेदेखि...

डाक्टरलाई डाक्टरको समर्थन

२०७१ चैत १४ गते ५:५२

काठमाण्डु, १४ चैत– डा. गोविन्द केसीको आमरण अनसनमा समर्थन र ऐक्यवद्धता जनाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शिक्षण अस्पताल पुगेका छन् । छ दिनदेखि १० सूत्रीय माग राखेर अनसन बसिरहेका डा. केसीलाई शनिबार शिक्षण अस्पतालमा भेटेर भट्टराईले समर्थन जनाएका हुन् । उनले केसीको आन्दोलनलाई समर्थन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us