काठमाण्डु, १४ चैत– प्रधानमन्त्री सुशील कोइराला र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारबीच भेटावार्ता भएको छ । कोइराला भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा दुवै नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखनमा देखिएको जटिलता अन्त्यको प्रयासबारे छलफल भएको थियो । भेटका प्रधानमन्त्रीले...
काठमाण्डु, १५ चैत– काठमाण्डुको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । आइतबार बिहान सात बजेतिर सुरु भएको आगो प्रहरी र दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएका कारण होटल भवनको ‘अण्डर ग्राउण्ड’ बाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ...
काठमाण्डु, १५ चैत – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नाफाले पुरानो र लोप हुन लागेको पोस्टर कलाका साथै समग्र व्यावसायिक कलाको समस्या पहिचान गरेर कार्यक्रम ल्याउने भएको छ । व्यावसायिक कलाको विकास गर्ने उद्देश्यले नाफाले शुक्रबार र शनिबार आयोजना गरेकोे पोस्टर कला कार्यशाला गोष्ठीमा नाफाका...
काठमाण्डु, १५ चैत– काठमाण्डुको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा अहिले आगलागी भईरहेको छ । के कारणले आगो लाग्यो भन्ने कुरा पत्ता नलागेको प्रहरीले जनाएको छ । दमकल र प्रहरीले लागो नियन्त्रणको प्रयास गरिरहेका छन् ।...
काठमाण्डु, १४ चैत– एमाले नेता रामनाथ ढकाललाई स्वाइनफ्लु संक्रमण भएको खुलासा भएको छ । ढकालको हाल धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई सघन कक्षमा राखेर उपचार गरिएको एमालेका एक नेताले जानकारी दिए । नेता ढकाललाई विगत पाँच दिनयता रुघाखोकी लागेको थियो ।...
काठमाण्डु, १४ चैत– एमाओवादी नेता प्रभु साहमाथि पार्टीभित्रैबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हत्या गर्ने योजना बनाएको आरोप लागेको छ । केन्द्रीय सदस्य एवं सभासदद्वय अशोक जयसवाल र सत्यनारायण भगतले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी साहले प्रचण्ड हत्याको षड्यन्त्र गरिरहेको आरोप लगाए । अध्यक्ष...
नेपालगन्ज,१४ चैत- नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज टिचिङ अस्पतालमा शनिबारदेखि ‘टेस्ट ट्युब बेबी’ सेवा प्रारम्भ गरिएको छ । सो सेवाको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा पुष्पा चौधरी र विशेषज्ञ डा रीता बख्सले शुभारम्भ गरेका हुन् । कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडियाका अनुसार सो...
कैलाली,१४ चैत- सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले टीकापुर क्षेत्रको विकासका लागि स्थानीय नै जागरुक भएर लाग्नुपर्ने र नेपालमै सुन्दर नगरी बनाउनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा प्रशासन सुधार सुझाव सङ्कलन कार्यक्रममा शनिबार उनले सुकुम्वासी र बाढीपीडितजस्ता समस्या कहिले पनि समाधान नहुने भएकाले वास्तविक पीडितको पहिचान...
गोरखाबजार,१४ चैत- नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो ३ बजे बलात्कार गरेको पारिवारिक स्रोतले...
काठमाण्डु, १४ चैत–एमाले निवास बालकोटमा बसेका स्थायी कमिटीको पछिल्ला बैठक समेत बहिष्कार गर्दै आएका एमाले नेता माधवकुमार नेपाल र अध्यक्ष ओली बीच बोलचाल नै नभएको १५–२० दिन भईसकेको थियो । तर, शनिबार एउटा कार्यक्रममा एउटै मञ्चमा देखिएका यी नेताबीच बोलचाल नहुने कुरै भएन ।...
काठमाण्डु, १४ चैत– सिन्धुपाल्चोक बराम्चे–२ बरुवा बस्ने ४० वर्षीया फुलमाया नेपाली शुक्रबार सोही ठाउँस्थित बलेफी खोलामा हाम फाल्दा मृत्यु भएको छ । यसैगरी बैतडी दुर्गाभवानी–७ बस्ने १७ वर्षीया अनिता क्षेत्री शुक्रबार सोही ठाउँस्थित गौताली भिरबाट हाम फाल्दा मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय...
मोरङ,१४ चैत- अरनिको उच्चमावि विराटनगरका विद्यार्थी मन्दीप सिग्देल बोर्ड प्रथम भएको दाबी गर्दै विराटनगरमा अवस्थित अरनिको उच्चमाध्यमिक विद्यालयले दुई लाख रुपैयाँ र प्रशंसापत्रले सम्मानित गरेको छ । उक्त उच्चमाविले शनिबार विराटनगरमा सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरी सो उच्चमाविमा अध्ययन गरेका सिग्देललाई सम्मान गरेको...