समाचार

ओली निवासमा पाइला नटेक्ने माधव नेपाल समूहको गोप्य सर्कुलर

२०७१ चैत १५ गते ६:५७

काठमाण्डु,१५ चैत–नवौं महाधिवेशनको आठ महिना पछि एमालेमा बल्ल–बल्ल नेताहरुको कार्यविभाजन भएपनि त्यहि विषयलाई लिएर आन्तरिक झगडा मौलाउने भएको छ । संस्थापन पक्षले एकलौटी तरिकाले कार्यविभाजन गरेको भन्दै असन्तुष्ट माधव नेपाल समूहले स्थायी कमिटी, पोलिट्व्यूरो र केन्द्रिय कमिटीसम्म सबै ठाऊमा नोट अफ डिसेन्ट लेख्ने तयारी...

नदीमा डुबेर एकैघरका तीन बालबालिकाको मृत्यु

२०७१ चैत १५ गते ६:५५

मुगु, १५ चैत– मुगुको धैनकोटस्थित कर्णाली नदीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनैकोट–६ का बली सार्कीका दुई छोरी र एक छोरा छन् । घटनामा १२ वर्षीया छोरी नन्दादेवी सार्की, १० वर्षकी विष्णुदेवी सार्की र आठ वर्षका छोरा कुशल सार्कीको ज्यान...

बेनी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता दिएन

२०७१ चैत १५ गते ६:४१

म्याग्दी, १५ चैत – बेनी नगरपालिकाको लापरवाहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन । बेनी नगरपालिकाले पहिलो चौमासिकको पेश्की फर्छ्यौट नगरेका कारण दोस्रो चौमासिकको रकम नपाएको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । पहिले लगेको रकम नै फर्छ्यौट नगरेपछि बेनीले अर्को चरणको...

२५ तोला अवैध सुनसहित खेलकुद परिषदका उपाध्यक्ष शेर्पा एयरपोर्टबाट पक्राउ

२०७१ चैत १५ गते ६:२१

काठमाण्डु, १५ चैत–राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पा अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । शेर्पालाई भन्सार विभागको टोलीले आइतबार २५ तोला सुनसहित पक्राउ गरेको हो । हङकङबाट फर्कने क्रममा शेर्पाले उक्त परिणामको सुन लुकाएर ल्याएका थिए । श्रोतका अनुसार उनले व्यक्तिगत...

शौचालय नबनाउनेले सुविधा नपाउने

२०७१ चैत १५ गते ६:१८

मोरङ, १५ चैत– कोसी हरैँचा नगरपालिकाले शौचालय नबनाउने सर्वसाधारणलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्ने भएको छ । नगरपालिका नगर क्षेत्रलाई सफा, सुन्दर र खुल्ला दिसामुक्त क्षेत्र घोषणा प्रभावकारी बनाउने अभियानअन्तर्गत शौचालय नबनाउने नगरवासीविरुद्ध कडा रूपमा उत्रिएको हो । हरैँचा–३ को डोम बस्तीमा शौचालय नबनाउने र...

डा. केसीको माग सुन्न गए मन्त्री र मुख्य सचिव

२०७१ चैत १५ गते ६:१२

काठमाण्डु , १५ चैत – चिकित्सा शिक्षा क्षेत्रमा व्यापारीकरणको अन्त्यलगायतका माग राखी गत सातादेखि आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसी र उनको सहयोगी समूहसँग आइतबारसरकारी वार्ता समितिले छलफल गरेको छ । सरकारी वार्ता टोलीका सदस्यद्वय स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी...

बामदेवको कदमले घातक परिणाम ल्याउने प्रचण्डको चेतावनी

२०७१ चैत १५ गते ६:०१

काठमाण्डु, १५ चैत– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा लामो कुराकानी भएको थियो । भेटबाट बाहिरिने क्रममा प्रचण्डले संविधान निर्माणमा देखिएको जटिलता अन्त्यका विषयमा गम्भीर छलफल...

थापा बाबु–छोरा दिल्ली जादै

२०७१ चैत १५ गते ५:५८

काठमाण्डु, १५ चैत– स्वास्थ्य परिक्षणका लागि पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापा आज दिल्ली जादै छन् । उनको साथमा वाणिज्यमन्त्री रहेका छोरा सुनीलबहादुर थापा पनि दिल्ली जाने कार्यक्रम छ । दिल्लीमा थापाले उपचारका साथै राजनीतिक भेटघाट गर्ने छन् । भारत बसाई सात दिनको हुने बुझिएको छ ।...

झगडा परेको झुठो खबर दिएर गाउँलेले गरे प्रहरीमाथि आक्रमण

२०७१ चैत १५ गते ५:१९

कैलाली, १५ चैत– कैलाली धनगढीका स्थानीयले प्रहरी टोलीमाथि आक्रमकण गरेका छन् । गाउँलेले जुगेडास्थित श्रीराम इँटाभट्टमा झगडा परेको सूचना दिएका थिए । सूचनाका आधारमा घटना भएको भनिएको स्थानतर्फ जाँदै गरेका प्रहरीमाथि बाटो ढुकेर बसेका स्थानीयले एक्कासि सांघातीक हमला गरेका थिए । गाउँलेले प्रहरीमाथि लाठी...

दुईवटा ट्याक्टरले एकैसाथ ठक्कर दिँदा अर्जुन र सत्यनारायणको निधन

२०७१ चैत १५ गते ५:१०

सुनसरी, १५ चैत–इनरुवा–दुहबी सडकखण्डअन्तर्गत सुनसरीको गडन खोला नजिकै शनिबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५६१७ र को २ प २५२७ नम्बरका दुईवटा ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको को ६ प ४४५३ नम्बरको...

टोपबहादुरको नेतृत्वमा काठमाण्डुमा भिडन्त गर्ने एमाओवादी तयारी

२०७१ चैत १५ गते ४:५७

काठमाण्डु, १५ चैत–गृहमन्त्री बामदेव गौतमको पटकपटकको चेतावनी बेवास्ता गर्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीसहित देशैधर लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार सहमतिमै संविधान जारी गर्न दबाब दिने भन्दै मोर्चाले लाठी जुलुस निकाल्ने तयारी गरेको हो । काठमाण्डुको भृकुटी...

उदयपुरका पत्रकारको सुनसरीमा हत्या

२०७१ चैत १५ गते ३:५४

उदयपुर, १५ चैत– उदयपुरका पत्रकार सचिन भट्टराई सुनसरीको इटहरीमा मृत फेला परेका छन् । पाँच दिनयता सम्पर्कबिहीन भएका उनको शव इटहरीमा भेटिएको हो । १० चैतमा घरबाट निस्केका उनी हराएपछि परिवारले खोजी गरेको थियो । भट्टराई गाइघाटबाट प्रकाशित हुँदै आएको बरुवा टाइम्स पत्रिकाका कार्यकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us