समाचार

ओलीलाई भेट्न पोखरेल पनि दिल्लीमा

२०७० चैत १८ गते १३:४६

काठमाण्डु, १८ चैत – एमाले महासचिव ईश्वर पोखरेल पार्टी वरिष्ठ नेता केपी शर्मा ओलीलाई भेट्न मंगलबार दिल्ली प्रस्थान गरेका छन् । दिल्लीको म्याक्स अस्पतालमा उपचाररत ओलीलाई भेट्न पोखरेल त्यसतर्फ लागेका हुन् । ओली अस्पतालबाट डिस्चार्ज भएपनि चिकित्सकहरुको निगरानीमा आराम गरिरहेका छन् । उनलाई भेट्न यसअघि...

न्यूनतम पारिश्रमिक नदिए सरकारी सुविधा कटौती गर्न सिफारिस

२०७० चैत १८ गते १३:३१

काठमाण्डु, १८ चैत – न्यूनतम पारिश्रमिक निर्धारण समितिले तीन महिनाभित्र टेलिभिजन स्टेसनहरुले पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिएमा सरकारी सुविधा कटौतीका लागि सरकारलाई सिफारिस गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा मंगलबार समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ‘टेलिभिजनहरुको अनुगमन प्रतिवेदन’ मा अध्ययन गरिएका ११...

नेमकिपाको महाधिवेशन चैत २१ बाट काठमाण्डुमा

२०७० चैत १८ गते १३:२५

काठमाण्डु, १८ चैत – नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत २१ गतेबाट सुरु हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी नेमकिपाले महाधिवेशन चैत २१ देखि २३ गतेसम्म काठमाण्डुमा हुने जानकारी दिएको हो । आफ्नो पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्र...

भियतनामी सुरक्षामन्त्री नेपाल आउँदै

२०७० चैत १८ गते १२:४३

काठमाण्डु, १८ चैत – भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङ नेपालका तीन दिने सद्भावना भ्रमणमा २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार काठमाण्डु आउने भएका छन् । नेपाल र भियतनामबीच विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउन, अन्तरदेशीय सुरक्षा सहयोग विस्तार तथा लुम्बिनीको विकासमा सहायताका सम्भावना पहिल्याउन...

सभामुखले सांसदहरुलाई फेरि भने, ‘बैठकमा मोबाइल प्रयोग नगर्नुस्’

२०७० चैत १८ गते ११:४८

काठमाण्डु, १८ चैत – व्यवस्थापिका–संसद्को मंगलबार बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बैठक सुरु भएपछि बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदलाई पुनः ध्यानाकर्षण गराएका छन् । शून्य समय सञ्चालन भइरहेका समयमा केही सांसद फोनमै व्यस्त भएपछि सभामुखले सांसदलाई सो आग्रह गरेका हुन् । यसअघि पनि...

उपप्रधानमन्त्री सिंह र अमेरिकी राजदुतबीच भेतवार्ता

२०७० चैत १८ गते ११:०८

काठमाण्डु, १८ चैत – उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेबीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरबार स्थित मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण र स्थानीय चुनाव बारे कुराकानी...

कपिलवस्तुमा भिषण आगलागी, बालकको मृत्यु

२०७० चैत १८ गते ९:२९

कपिलवस्तु, १८ चैत – कपिलवस्तुको वीरपुर–८, पिपरीमा मंगलबार भएको भिषण आगलागीमा परी १ जनाको मृत्यु भएको छ, करिब ४ दर्जन घर जलेका छन् । मध्याह्न साढे १२ बजेपछि सुरु भएको आगलागीमा परी स्थानीय ५ वर्षिय बालक शिव भरको मृत्यु भएको हो । आगलागीबाट खाद्यान्न,...

बाल आश्रमको सहयोगका लागि महायज्ञ

२०७० चैत १८ गते ९:००

काठमाण्डु, १८ चैत – बाल आश्रम सञ्चालनका लागि गोठाटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । ‘फ्युचर होप नेपाल’ नामक सामाजिक संस्थाको आयोजनामा गोठाटार गाविसस्थित मिलन चोकमा आजदेखि सुरु भएको महायज्ञ यही चैत २५ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा पण्डित कुबेर सुवेदीले...

महिलामाथि हुने हिंसाका मुद्दा बढ्दै

२०७० चैत १८ गते ८:५७

बनेपा, १८ चैत – जिल्ला अदालत काभ्रेमा महिलामाथि हुने विभिन्न हिंसासम्बन्धी मुद्दा बढ्दै गएका छन् । यी मुद्दामध्ये जबर्जस्ती करणी (बलात्कार) को मुद्दा सबैभन्दा बढी रहेको जिल्ला अदालत काभ्रेले जनाएको छ । गलत कार्य गर्नेलाई सजाय दिलाउनुपर्छ भन्ने भावना र महिलामा भएकोे चेतनाको विकासले...

शिक्षकको अनशन जारी

२०७० चैत १८ गते ८:१९

काठमाण्डु, १८ चैत – शिक्षा ऐनमा व्यवस्था भएका कुरालाई नियमावली बनाएर लागू गर्नुपर्ने मुख्य मागसहित रिले अनशनमा बसेका शिक्षकको आन्दोलन १०३ दिनसम्म निरन्तर जारी छ । पालैपालो १०३ दिन २४ घन्टे रिले अनशन बस्दा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको र कुनै चासो नदेखाइएकोप्रति...

नेपालले प्रधानमन्त्रीलाई भने, ‘राजनीतिक समितिको नेतृत्व आफैं लिनुस्’

२०७० चैत १८ गते ८:१६

काठमाण्डु, १८ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच स्थानीय निकायको निर्वाचन, संविधानसभा मातहतका समिति र उच्चस्तरीय राजनीतिक परामर्श समितिको गठनलगायत विषयमा छलफल भएको छ । नेता नेपाल एमालेका तर्फबाट निर्वाचित काठमाण्डु र सिन्धुपलाञ्चोकका केही सभासद् सहितको प्रतिनिधिमण्डलको नेतृत्व...

मणिमण्डपको प्रारम्भिक उत्खनन सम्पन्न

२०७० चैत १८ गते ७:०२

काठमाण्डु, १८ चैत – पुरातत्व विभागले भगवान राम र सीताको विवाह गरिएको स्थानका रुपमा लिइने मणिमण्डप क्षेत्रको प्रारम्भिक उत्खनन सम्पन्न गरेको छ । जनकपुर नगरपालिका वडा नं १३ स्थित रानीबजार क्षेत्रमा यही चैत १२ गतेदेखि उत्खनन सुरु गरिएको थियो । पुरातत्व विभागको वार्षिक कार्यक्रमअन्तर्गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us