डोटी , १६ चैत– बगालेक३ बस्ने ५० बर्षीय यज्ञ बहादुर ठगुत्रालाई १ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लडगडाबाट खटिएको प्रहरी टोलीले ठगुन्नाको घरमा खानतलासी गर्दा उक्त हतियार फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
काठमाण्डु , १६ चैत– हत्या अभियोगमा फरार रहेका मुख्य अभियुक्त ललितपुर बुङ्गमती–९ खोइपु बस्ने २५ बर्षीय विशाल लामा घलान भन्ने लालबहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ्गलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाण्डु महानगरपालिका–२२ सुन्धाराबाट उनलाई पक्राउ गरेको थियो । काभ्रे उग्रतारा–१...
काठमाण्डु, १६ चैत–संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चैत २३ गते सम्ममा दलहरूले संविधानका अन्र्तवस्तुमा सहमति गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघले आफ्नो स्थापनाको ६० वर्षको अवसरमा सोमबार काठमाडौमा गरेको चियापान कार्यक्रममा संविधानसभाका अध्यक्ष नेम्वाङले दलहरुबीच खासै ठूलो विवाद् नरहेकाले एक साताको...
काठमाण्डु, १६ चैत– रिपोर्टर्स क्लव नेपालले यस वर्षको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार विकास कार्कीलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । क्लवका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको बैठकले सो...
पोर्चुगल– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनमा सहभागी हुन आएका गगन थापा र धनराज गुरुङलाई पहिचानवादीहरूले कालो झण्डा देखाउन खोज्दा झडप भएको छ । आयोजक जनसम्पर्क समितिका सदस्यहरूले पहिचानवादीको सगठन संयुक्त संघर्ष समिति पोर्चुगलका सदस्यहरूमाथि आक्रमण गरेका छन् । संघर्ष समितिका सदस्यहरू कालो झन्डा, पम्पलेट...
काठमाण्डु, १६ चैत– तीन दिन देखि काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचारत् एमाले पाेिलट्व्यूरो सदस्य रामनाथ ढकाललाई बुधबार ४ बजेसम्ममा थप उपचारका लागि दिल्ली लगिने भएको छ । ढकाललाई लिन दिल्लीको अपोलो अस्पतालका डाक्टरहरु सहितको एयर एम्बुलेन्स आईतबार नै काठमाण्डु आएपनि दिल्लीको मौसममा आएको खराबीका कारण...
काठमाण्डु, १६ चैत– लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार रोक्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार ललितपुरमा गरेको दीर्घकालीन रणनीति तर्जुमा गोष्ठीमा अख्तियारका प्रमुख आयुक्त कार्कीले भ्रष्टाचारजन्य क्रियाकलाप रोकी मुलुकमा सुशासन कायम गर्न सरकारले...
काठमाण्डु, १६ चैत– व्यवस्थापिका संसद्को संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित पाँच आयुक्तहरुलाई नियुक्ति पाउने बाटो खोलिदिएको छ । समितिले सोमबार आयोगका प्रस्तावित पाँचै जना आयुक्तहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेर नियुक्तिको बाटो खोलिदिएको हो । अख्तियारको आयुक्तमा नियुक्तिका लागि संवैधानिक परिषद्ले...
पोखरा, १६ चैत– कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको आदेश मानेर ज्ञानेन्द्रले सत्ता छाड्नु नै ठूलो कुरा भएको बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले अब कसैले उचाल्दैमा रातनत्त्र नफर्कने दावी गरे । उनले भने, ‘जसले जे भने पनि अब...
काठमाडौँ, १६ चैत । पश्चिमी वायु र अरब सागरबाट आएको वाष्पको प्रभावका कारण मौसममा बदली भई सोमबार देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्म मौसममा सुधार हुने अनुमान गरेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका साथै स्थानीय प्रभावका कारण मौसममा...
धादिङ, १६ चैत– पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा गाउँ विकास समिति– ९ स्थित खटौतीखोला नजिकै आज बिहान दुई गाडी एकापसमा ठक्कर खाँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा माइक्रो बसका चालकसहित विदेशी पर्यटक रहेका छन्...
मुस्ताङ, १६ चैत – मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । चैते दसैँसँगै रामनवमी पर्व परेकाले एकहप्तादेखि मुक्तिनाथमा उल्लेख्य रूपमा धार्मिक पर्यटक आएको मुक्तिनाथ मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । कागबेनीमा स्नान गरी मुक्तिनाथ दर्शन गर्ने धार्मिक...