गौशाला, २० चैत – बढ्दो गर्मी र दूषित हावाहुरीका कारण जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालमा अहिले दैनिक २०० भन्दा बढी बिरामीको चाप रहने गरेको छ । चैतको गर्मी र दूषित हावाहुरीसँगै जिल्लामा भाइरल फिवर, टाइफाइड, रुघाखोकी, नियोमोनिया, झाडापखाला, पेट दुख्ने, छाला चिलाउनेजस्ता रोगका बिरामीको सङ्ख्यामा...
काठमाण्डु, २० चैत – विगत लामो समयदेखि पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग सरोकारवालाहरुले माग गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद्, विभिन्न राजनीतिकका दलका नेता तथा सभासद्ले विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप...
काठमाण्डु, २० चैत – संविधानसभा सचिवालयले आगामी माघमा नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारेको छ । कात्तिक महिना भित्र संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने र आगामी माघमा संविधान जारी गर्ने गरी कार्यतालिका तयार पारिएको हो । सचिवालयले तयार पारेको कार्यतालिकामा आगामी बैशाख...
हेटौँडा, २० चैत – हेटौँडा हुँदै काठमाडौँ छिर्ने छोटो दूरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी सडक आजदेखि एक महिनासम्मका लागि बन्द भएको छ । सडक मर्मतका लागि भन्दै बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि बाटो बन्द गरिएको हो । सडक मर्मत अवधिभर सवारी साधन आवतजावत बन्द...
काठमाण्डु, २० चैत – सरकारले शरणार्थीको मानवअधिकार रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको बताउँदै त्यसप्रति सधैँ संवेदनशील एवम् सजग रहेको स्पष्ट पारेको छ । नेपालमा आश्रय लिइरहेका तिब्बती शरणार्थीका बारेमा केन्द्रित रहेर अमेरिकाको न्युयोर्कस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठन ह्युमन राइटस् वाच नामक संस्थाले यसै साता यहाँ...
काठमाण्डु, २० चैत – संघीयतामा जाँदा मुलुकको परम्परागत शिक्षा संरचना र प्रणालीमा परिवर्तन हुनुपर्नेमा विज्ञ र सरोकारवालाले जोड दिएका छन् । एन्टेना फाउन्डेसनद्वारा विहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरूले संघीयताको खाका स्पष्ट भइनसके पनि शिक्षाको परम्परागत संरचना र प्रणालीलाई विकेन्द्रित तथा परिवर्तित गर्नुपर्ने...
काठमाण्डु, २० चैत– सरकारले राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कारागार सार्ने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो । मन्त्रिपरिषद बैठकले हालै सचिवमा बढुवा भएका प्रभाकर पाठकलार्ई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।...
दाङ, २० चैत– काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । दाङको घोराहीमा बिहीबार भएको एक कार्यक्रममा उनले जनताको पिरमर्का बुझेर काम गर्नुपर्ने सरकारले उल्टै जनतालाई निराश बनाएको बताए । कोइरालाले काँग्रेस...
काठमाण्डु, २० चैत– सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आफ्नो आलोचना गरेको आरोपमा एक अधिकृतलाई कारबाही गरेका छन् । वन्तले सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरलाई कारबाही गरेका हुन् । कुँवरमाथि केही साताअघि नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी म्यानजमेण्ट ट्रेनिङबारे छलफल कार्यक्रममा महानिरीक्षक...
सिरहा, २० चैत – जिल्ला शिक्षा कार्यालयले लिने जिल्लास्तरीय परीक्षाको कक्षा ८ को सबै विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र आउट भए पनि परीक्षा स्थगित गरिएको छैन । बिहिवार बिहान ११ बजेदेखि हुने अनिवार्य विज्ञान विषयको प्रश्नपत्रको फोटोकपी दुई दिनअघिदेखि नै बजारमा बिक्री...
काठमाण्डु, २० चैत– एकीकृत माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएल नेवा: राज्य समिति अध्यक्ष रामप्रसाद सापकोटाले च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका छन् । सापकोटाले भक्तपुरको बालकोटमा व्यवसायिक च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका हुन् । सापकोटाले वाइसीएल भक्तपुर अध्यक्ष मनोरथ...
न्यूयोर्क, २० चैत– नेपालका दुई जना पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । डायस पोरामा रहेका नेपालीहरुका गतिविधिको प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गरेकामा पत्रकारद्वय नारायण श्रेष्ठ र किरणबाबु मरहठ्ठालाई सम्मान गरिएको हो । उनीहरुलाई बाल्टिमोर र पेल्सील भेनिया राज्यका लागि नेपाली अवैतानिक महावाणिज्य दूतावासले सम्मान...