समाचार

बामदेवले बेलाएको बैठकमा गएनन् काँग्रेसका मन्त्री

२०७० चैत २० गते १४:०६

काठमाण्डु, २० चैत– उपप्रधान तथा गृहमन्त्री बामदेव गैतमले केन्द्रीय दैवीप्रकोप उद्धार समिति अध्यक्षका हैसियतमा बोलाएको बैठकमा काँग्रेसका तर्फबाट समितिमा रहेका मन्त्रीहरु अनुपस्थित भएका छन् । गृहमन्त्री भएपछि गौतमले पहिलोपटक बिहीबार समितिको बैठक डाकेका थिए । मुलुकका विभिन्न स्थानमा आगालागीका कारण धनजनको क्षति भएको विषयमा...

वैद्य र भट्टराई जेल जानुपर्दैन: देउवा

२०७० चैत २० गते १३:५७

दाङ, २० चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र एकीकृत माओवादी नेता बाबुराम  भट्टराई जेल नजाने बताएका छन् । प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाटमा देउवाले वैद्य र भट्टराईलाई सरकारले पक्रनुपर्ने कारण नरहेको बताए । सशस्त्र द्वन्द्वका घटनामा...

प्रधानमन्त्रीसंग फ्रान्सेली राजदूतको भेट

२०७० चैत २० गते १३:२९

काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि फ्रान्सका राजदूत मार्टिन वासिरियुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र फ्रान्सबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।...

सूर्यबहादुरद्वारा छोरालाई आपूर्तिमन्त्रीमा सिफारिस

२०७० चैत २० गते १३:१८

काठमाण्डु, २० चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका १ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ । राप्रपाले आफ्नो भागमा परेको आपूर्तिमन्त्रीमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा र राज्यमन्त्रीमा गिरीबहादुर केसीको नाम सिफारिस गरेको हो । पार्टीमा लामो...

पर्यटकको सुरक्षा मजबुत

२०७० चैत २० गते १३:०८

रसुवा, २० चैत – लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा घुम्न आउने पर्यटकको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । पर्यटक प्रहरी चौकी स्याफ्रुबेंसीका अनुसार गोसाइँकुण्ड, लाङटाङका सबै होटलको पहिचान गरी हिमाली भेगमा भ्रमण गर्ने पर्यटकको लगत अद्यावधिक गराउने कार्य सुरु भइसकेको छ । स्थानीय...

शिव पौडेलको हत्यारालाई ८ वर्ष कैद

२०७० चैत २० गते १२:५६

चितवन, २० चैत – जिल्ला अदालत चितवनले तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासले पौडेल हत्यामा संलग्न सुनिल गुरुङ, सुनिल केसी, शरण गुरुङ, सुरज श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र...

राजनीतिक समितिको नेतृत्वमा एमाओवादीको दावी

२०७० चैत २० गते १२:३२

काठमाण्डु, २० चैत – एकीकृत माओवादीले उच्च स्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेको छ । काँग्रेस-एमालेले नेतृत्व एमाओवादीलाई दिन नसकिने बताइरहेका बेला एमाअाेवादीले अाफ्नो दावी पुन: प्रस्तुत गरेको हो । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको...

प्रधानमन्त्रीसँग प्राध्यापकहरुको भेट

२०७० चैत २० गते १२:०५

काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरुबीच संविधान निर्माण र सरकारको गतिशीलताका बारेमा घनिभूत छलफल भइरहेको बताएका छन् । नेपाल प्राध्यापक संघको प्रतिनिधिमण्डलसँग विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान जारी गराउन आफू दृढताका साथ...

मलेसियाली गृहमन्त्री मकाउ प्रस्थान

२०७० चैत २० गते १२:०३

काठमाण्डु, २० चैत – मलेसियाका गृहमन्त्री डा. अहमद जालिद हमिदी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार अपराह्न मकाउतर्फ प्रस्थान गरे । नेपाल भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर...

आधुनिक नेपाल निर्माणको कार्य सकिएको छैन : रिजाल

२०७० चैत २० गते १०:१०

काठमाण्डु, २० चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपालको निर्माण कार्य अझै सम्पन्न नभएको बताएका छन् । रेडियो नेपालको ६४औं वार्षिकोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपाल निर्माण कार्य संघीय...

स्वामित्व ग्रहण नै संविधान निर्माणको आधार : उपसभामुख घर्ती

२०७० चैत २० गते १०:०७

रोल्पा, २० चैत – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएकी छन् । पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने उनले बताईन् । क्रान्तिकारी पत्रकार संघले विहीबार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

पत्रकार महासंघको विधान संशोधन गर्न माग

२०७० चैत २० गते ९:४२

काठमाण्डु, २० चैत– नेपाल पत्रकार महासंघको विधान संशोधनका लागि एक प्रस्ताव प्रस्ताव दर्ता भएको छ । राजधानीमा बिहीबार भएको पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाको निर्णयअनुसार विधान संशोधन प्रस्ताव दर्ता भएको हो । सभासदहरु एबीसी टेलिभिजन शाखाका डण्ड गुरुङ, काठमाण्डु शाखाकी यशोदा अधिकारी, रौतहट शाखाका कुमार विवेकानन्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us