समाचार

कार्यकर्तालाई एमाओवादीको निर्देशनः अब आन्दोलन चर्काऊ

२०७१ चैत १७ गते ७:२६

काठमाण्डु, १७ चैत– एनकेपा माओवादीले आफ्ना नेता कार्यकर्ताहरूलाई आन्दोलन चर्काउन निर्देशन दिएको छ । कांग्रेस एमाले संविधानका विवादीत बुँदामा सहमतिका लागि तयार नभएको ठहर गर्दै एमाओवादीले आन्दोलनको विकल्प नरहेको जनाएको छ । पार्टीका सभासद् र केन्द्रीय सदस्यहरूलाई आ आफनो क्षेत्रमा खटिन निर्देशन दिएको छ...

चिनियाँ नागरिकको शव भेटाउने माझीलाई एक लाख रुपैयाँ पुरस्कार

२०७१ चैत १७ गते ५:५०

बागलुङ, १७ चैत– कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पार्ने हरिबहादुर माझीले रु एक लाखको पुरस्कार पाएका छन् । गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको नारायणस्थान–९ नाउबगरका माझीले फागुन २७...

घुसको रकमसहित अख्तियारको फन्दामा परे यादव

२०७१ चैत १७ गते ५:२८

काठमाण्डु, १७ चैत– डेढ लाख रुपैया घुससहित नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरलाई मंगलबार अख्तियारले रंगेहात पक्राउ गरेका छ । रौतहटस्थित चन्द्रनिगाहपुर शाखा कार्यालयका सुपरभाईजर उमेशकुमार यादवले स्थानीय एक मिल सञ्चालकबाट थ्रिफेज लाइन जडान गर्न सो रकम लिएको अख्तियारले दावी गरेको छ । यादवलाई नियन्त्रणमा लिएर...

एमाओवादी जनतालाई भावनामा बहकाएर समाजमा विभेद फैलाउन खोज्दैछ : पोखरेल

२०७१ चैत १७ गते ५:२५

विराटनगर, १७ चैत– एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीले जातीय पहिचानका नाममा जतनतालाई भावनामा बहकाएर समाजमा विभेद फैलाउन खोजेको आरोप लगाएका छन् । प्रेस चौतारी मोरङद्वारा मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने...

बलात्कारको आरोपमा प्रहरी हवलदार पक्राउ

२०७१ चैत १७ गते ४:३९

महोत्तरी, १७ चैत– बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवलदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी हवलदार बिजकिशोर यादव रहेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । सोमबार साँझ जिल्लाको सोनामाई–१ बस्ने युवती आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका–४ स्थित न्यू...

छात्रामैत्री शौचालय निर्माण गर्ने विद्यालय पुरस्कृत

२०७१ चैत १७ गते ३:३६

खोटाङ, चैत– विद्यालय सरसफाइ तथा स्वच्छता प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सफल खोटाङको एक विद्यालय पुरस्कृत भएको छ । छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था, छात्रामैत्री शौचालय, साबुनपानीको प्रयोग, फोहोरको उचित व्यवस्थापनलगायत सरसफाइसम्बन्धी आनीबानीमा परिवर्तन ल्याउन सफल भएकामा नुनथलास्थित जालपा मावि पुरस्कृत भएको हो ।...

लोडसेडिङको मारमा टेलिसेन्टर

२०७१ चैत १७ गते ३:२६

इलाम, १७ चैत– जिल्ला हुलाक कार्यालयअन्तर्गतका आठ ठाउँमा सञ्चालनमा रहेका टेलिसेन्टर दक्ष प्राविधिक, विद्युत् सेवा र इन्टरनेट सेवा अभावमा प्रभावकारी हुन सकेका छैनन् । टेलिसेन्टरका लागि २४सैँ घन्टा विद्युत् सेवा, दक्ष प्राविधिक नहुँदा नयाँबजार, सूर्योदय नगरपालिकाको फिक्कल, हर्कटे, साँखेजुङ, जमुना, पशुपतिनगर, जितपुर र देउमाई...

सन्धिखर्कदेखि दिल्लीसम्म सिधा बस सेवा सुरु

२०७१ चैत १७ गते ३:१०

अर्घाखाँची, १७ चैत– अर्घाखाँचीको सन्धिखर्कदेखि भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सोमबारदेखि सञ्चालन भएको छ । रोजगारीका लागि भारतमा जान बाध्य नेपालीलाई जान–आउन सीमा तथा अन्य क्षेत्रमा पर्ने झन्झटबाट मुक्ति दिलाउने उद्देश्यका साथ बस सेवा सञ्चालनमा ल्याइएको हो । यात्रुको सुविधालाई मध्यनजर गरी सुपा...

१९ गतेको नेपाल बन्द फिर्ता, २३ गतेको संविधानसभा बैठक बहिष्कार

२०७१ चैत १६ गते १४:१०

काठमाण्डु १६ चैत–एमाओवादी नेर्तत्वको विपक्षी मोर्चाले चैत १९ गतेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । सोमबार बसेको ३० दलीय मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्डले तीन दिने आमहड्तालबाहेकका आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रस्ताव गरेका थिए । प्रचण्डले २४,...

दलितको हूल किन गयो बल्खु ?

२०७१ चैत १६ गते १३:४४

काठमाण्डु, १६ चैत– विभिन्न सङ्घसंस्था आबद्ध दलित नागरिक समाजले १० सूत्रीय मागसहित एमाले पार्टी कार्यालयमा आज ज्ञापनपत्र प्रस्तुत गरेको छ । नागरिक समाजले बल्खुस्थित पार्टी कार्यालयमा उपाध्यक्ष विद्यादेवी भण्डारीलाई भेटी दलित समुदायका विषयमा पहिलो संविधानबाट प्राप्त उपलब्धिसहित थप उपलब्धि संस्थागत गर्नुपर्नेलगायत माग गरी ज्ञापनपत्र...

डा. गोविन्द केसीका अगाडी किन झुक्यो सरकार ?

२०७१ चैत १६ गते १३:३३

काठमाण्डु, १६ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले अनशनरत प्रा डा गोविन्द केसीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । आफ्नै कार्यकक्षमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘समग्र स्वास्थ्य शिक्षा र सेवाका सुधारका विषयलाई लिएर उहाँजस्तो अतियोग्य...

मन्त्री लालबाबुको निर्देशन, ‘बिचौलियालाई पस्न नदिनू’

२०७१ चैत १६ गते १३:२४

काठमाण्डु, १६ चैत–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी र सेवाग्राहीका बीचमा बिचौलियाको प्रवेश नगराउन मालपोत कार्यालय कलङ्कीलाई निर्देशन दिएका छन् । मालपोत कार्यालय कलङ्कीले सेवाग्राहीलाई प्रदान गरिरहेको सेवाका बारेमा जानकारी लिन सोमबार प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहालका साथ आकस्मिक छड्के निरीक्षण गर्दै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us