समाचार

आजबाट देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, चिकित्सक संघ पनि आन्दोलनमा

२०७१ चैत १८ गते ३:३४

काठमाण्डु, १८ चैत–आन्दोलनरत डा. गोविन्द केसीको मागप्रति सरकार सकरात्मक नभएको भन्दै चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालको ओपिडी सेवा बन्द गर्ने भएका छन् । सरकारले केसीका सबै माग पूरा गर्नुपर्ने भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम तय गरेको छ । संघको मंगलबार बसेको बैठकले देशभरका अस्पतालमा ओपिडी...

राष्ट्रपति यादव आज स्वदेश फर्किंदै

२०७१ चैत १८ गते २:४२

काठमाण्डु, १८ चैत–छिमेकी मुलुक चीनको एकसाता लामो भ्रमण पूरा गरी राष्ट्रपति डा. रामवरण यादव बुधबार स्वदेश फर्कदैछन् । यादव चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै काठमाण्डु आउन लागेको शितल निवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति यादव १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थिलमा अवरण हुने बताइएको...

स्वाइनफ्लुका लागि स्थापना गरिएको ‘हेल्प डेस्क’ प्रभावहीन

२०७१ चैत १८ गते २:४२

चितवन, १८ चैत – चितवनको भरतपुर अस्पतालमा स्वाइनफ्लुका बिरामीको सहजताका लागि स्थापना गरिएको हेल्प डेस्क प्रभावहीन भएको छ । उक्त डेस्कमा खासै मानिस सोधीखोजीका लागि आउने गरेका छैनन् । डेस्कमा चैत १३ देखि १७ गतेसम्म २७ जनाले मात्रै जानकारी लिएका छन् । त्यसमा पनि...

सामुदायिक अस्पताललाई एक करोड बराबरको उपकरण सहयोग

२०७१ चैत १८ गते २:३२

  लमजुङ, १८ चैत – लमजुङ जिल्ला सामुदायिक अस्पताललाई जर्मनीको डिएचएम कम्पनीले १ करोडभन्दा बढी मूल्य पर्ने स्वास्थ्यसम्बन्धी उपकरण उपहारस्वरुप सहयोग गरेको छ । मानव विकास तथा सामुदायिक सेवाले सामुदायिकरुपमा सञ्चालन गरिरहेको जिल्ला अस्पताल समेत रहेको लमजुङ जिल्ला सामुदायिक अस्पताललाई हाडजोर्नीको शल्यक्रिया गर्न आवश्यक...

महत्व नबुझ्दा रेडपान्डाको शिकार

२०७१ चैत १८ गते २:२२

जाजरकोट, १८ चैत – जाजरकोट उत्तरीपूर्वी बारेकोट क्षेत्रमा दुर्लभ जनावर रेडपान्डा फेला परेको छ ।रामीडाँडा, नायकबाडा, रोकायगाउँ, सक्ला पैक, लहलगायत गाविसको लेकमा पाइने रेडपान्डाको संरक्षणमा हालसम्म कुनै पनि निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । रेडपान्डाको संरक्षण हुन नसक्दा दिन प्रतिदिन चोरी शिकार बढेको...

एसएलसी पछि अछामका युवा कामको खोजीमा भारत जाँदै !

२०७१ चैत १८ गते १:५३

अछाम, १८ चैत – प्रवेशिका परीक्षा दिएपछि अछामका अधिकाश युवा कामको खोजीमा भारत हिँड्न थालेका छन् ।परीक्षापछि गाउँमा कुनै काम नभएको र पढाइलेखाइसमेत नहुने भएकाले कामको खोजीमा भारत हिँडेको जिल्लाको मङ्गलसेन नगरपालिकाका कमल भण्डारीले बताए । जिल्लामा सञ्चालन भएको प्रवेशिका परीक्षा सम्पन्न भएको अर्को...

नेपालका अधिकांश पत्रकार ‘रोगी’

२०७१ चैत १८ गते १:१८

नेपाल पत्रकार महासंघको ६० औं स्थापना दिवसको अवसरमा काठमाडौं जिल्लाले रक्तदानको आयोजना ग¥यो । कार्यक्रममा ९९ जना पत्रकार रक्तदानका लागि तयार भए । तर, त्यसअघि गरिएको सामान्य परीक्षणमै ६८ जना रक्तदानकै लागि अयोग्य देखिए । जम्मा ३१ जना रक्तदानकै लागि अयोग्य देखिए । जम्मा...

गगन थापालाई मानवअधिकारको कठघरामा उभ्याउने चेतावनी

२०७१ चैत १७ गते १४:०६

पोर्चुगल,१७ चैत– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशन चलिरहेका बेला पहिचान पक्षधर संगठनका प्रतिनिधिहरुमाथि भएको आक्रमणको यूरोपमा क्रियाशील विभिन्नि संगठनहरुले चर्को विरोध गरेका छन् । सभासदहरु गगन थापा र धनराज गुरुङको आतिथ्यतामा भैरहेका सो कार्यक्रममा पहिचानको माग राख्दै विरोध जनाइरहेका पहिचान पक्षधरहरुमाथि जनसम्पर्क समिति पोर्चगलका...

मन्त्रिपरिषद्को आकास्मिक बैठकः डा. केसीको मागप्रति सरकार लचक

२०७१ चैत १७ गते १३:२६

काठमाण्डु, १७ चैत– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले चिकित्सा क्षेत्र सम्बन्धी विविध माग राखेर गरेको अनसनप्रति छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद्को आकस्मिक वैठक बसेकोे छ । मन्त्री परिषद्कोे बैठकले चिकित्सा शिक्षालाई व्यवस्थित, सुलभ र गुणस्तरीय बनाउन सरकारले गठन...

महासंघद्वारा पाण्डेको रिहाइको माग

२०७१ चैत १७ गते १३:२५

काठमाण्डु, १७ चैत– दुई हप्ताअघि पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई रिहाइको माग गरिएको छ । मंगलबार एक विज्ञप्ती जारी गरि नेपाल उद्योग वाणिज्य महासंघले रिहाईको माग गरेको हो । करिब ३० वर्षअघिको भ्रष्टाचार मुद्धामा पक्राउ परी जेल परेका पाण्डेको सो...

खुमबहादुरले भने, ‘काँग्रेसले मात्र समस्याको समाधान गर्न सक्छ’

२०७१ चैत १७ गते १२:५१

चितवन, १७ चैत– नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले मुलुक थप संकटमा पर्दै गएको बताएका छन् । मंगलबार वीरेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खड्काले सो कुरा बतएका हुन् । मुलुक थप संकटमा पर्दै गएपनि आफु र आफ्नो पार्टी...

प्रभुले मलाई मार्न खोजे भन्नु निराधारः प्रचण्ड

२०७१ चैत १७ गते १२:३४

काठमाण्डु, १७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिट्ब्युरो सदस्य प्रभु साहले आफ्नो हत्या गर्न खोजेको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सभासदहरुको संयुक्त बैठकमा उनले साहमाथिको आरोप निराधार रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us