समाचार

सामुदायिक विद्यालय थकाई मार्ने स्थल : परीक्षा नियन्त्रक

२०७० चैत २२ गते १२:०१

काठमाण्डु, २२ चैत – परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले सरकारी तलब खाने शिक्षकले सामुदायिक विद्यालयलाई ‘थकाइ मार्ने स्थल’ बनाएकाले प्रवेशिका परीक्षाको नतिजा खस्किने गरेको बताएका छन् । एक्टिभ एकेडेमी कलेजले शनिबार राजधानीमा आयोजना गरेको ‘विद्यालय शिक्षाका समसामयिक सवाल र परीक्षाको नतिजामा...

भियतनामी मन्त्री स्वदेश फिर्ता

२०७० चैत २२ गते ११:१३

काठमाण्डु, २२ चैत – भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङ नेपालको तीनदिने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका छन् । सद्भावना भ्रमणमा २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ट्रान नेपाल आएका थिए । नेपाल र भियतनामबीच विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउन, अन्तरदेशीय सुरक्षा सहयोग...

राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिन काँग्रेस सकारात्मक

२०७० चैत २२ गते १०:२१

काठमाण्डु, २२ चैत – नेपाली काँग्रेसले एमाओवादीलाई राजनीतिक समितिको नेतृत्व दिन सकिने संकेत गरेको छ । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै काँग्रेस नेता दिपकुमार उपाध्यायले राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिन काँग्रेस सकारात्मक रहेको बताए । ‘एमाओवादी शान्ति प्रक्रियाको अभिन्न अंग हो,...

शान्ति प्रक्रियाबाट बाहिर राखियो : वैद्य

२०७० चैत २२ गते १०:१०

काठमाण्डु, २२ चैत – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुलाई शान्ति प्रक्रियाबाट बाहिर राख्ने षड्यन्त्र भइरहेको बताएका छन् । माओवादी पर्साको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै वैद्यले यस्तो बताएका हुन् । आवश्यकता परे फेरि पनि हतियार उठाउन सक्ने वैद्यको चेतावनी छ । सर्वोच्च अदालतले द्वन्द्वकालीन...

गाईको मासु बेच्ने भारतीय नागरिक पक्राउ

२०७० चैत २२ गते १०:०२

सिरहा, २२ चैत – नेपालको राष्ट्रिय जनावर गाई काटेर मासु बिक्री गर्ने भारतका एक मुस्लिम नागरिक सिरहाको लहानबाट शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत लोकहाका मो गुलाब नविर रहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए...

सडक विस्तारको काम सक्न प्रधानमन्त्रीको निर्देशन

२०७० चैत २२ गते ९:३१

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डु उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुबाटारमा काठमाण्डु उपत्यका सडक विस्तार आयोजना निर्देशन समिति र सो सडक आयोजनासँग सम्बन्धित उच्च सरकारी अधिकारीहरुलाई...

काँग्रेस उपसभापतिद्वारा पानीको मुहानमा ताला

२०७० चैत २२ गते ८:५९

गोरखा, २२ चैत – गोरखाको बक्राङ–४, स्थित गैरी धारा पानीको मुहानमा काँग्रेस गाउँ पार्टी उपसभापतिले ताला लगाइदिएका छन् । ल्हाय गाउँ, संग्रौला गाउँ, सारी गाउँ, प्रधान गाउँ, जम्दार गाउँ, माथिल्लो गाउँ, पुछार गाउँ, खनाल गाउँ, डाँडा गाउँ लगायतका झण्डै १०० घरधुरीले वर्षाैंदेखि प्रयोग गर्दै...

सेनाका जवानद्वारा युवतीलाई बलत्कारको प्रयास

२०७० चैत २२ गते ८:०८

खोटाङ, २२ चैत – नेपाली सेनाका एक जवान खोटाङकी एक सञ्चारकर्मीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । शुक्रबार साँझ दिक्तेलबाट मुढेस्थित घर जाने क्रममा जबरजङ्ग गण मुढे ब्यारेकका जवान उपेन्द्र बस्नेतले बलात्कारको प्रयास गरेको पीडित युवतीले आरोप लगाएकी छिन् । सोलुखुम्बु का“गेल–८...

पिलर मर्मत नहुँदा आवागमनमा समस्या

२०७० चैत २२ गते ७:२८

धनगढी, २२ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमालास्थित शिवगङ्गा नदीमा निर्माण गरिएको पक्की पुलको पिलर धस्सिएको पाँच महिनासम्म पनि मर्मत हुन नसक्दा आवागमनमा समस्या उत्पन्न भएको छ । पुलका सातवटा पिलरमध्ये दुई पिलर धस्सिएपछि गएको कात्तिक महिनादेखि पुलमाथिबाट यातायातका साधन आवतजावत बन्द भएको छ...

विपद् व्यवस्थापनमा मिडियाको भूमिकामा जोड

२०७० चैत २२ गते ७:२५

काठमाण्डु, २२ चैत – नेपाल विपद्का रुपमा विश्वमै उच्च जोखिममा रहेको सन्दर्भमा त्यसबाट बच्न पूर्व तयारी, उद्धार र पुनःस्थापनाका लागि नयाँ ऐनको खाँचो औँल्याइएको छ । दक्षिण एसियामै पहिलोपटक २०३९ मा ल्याइएको दैवीप्रकोप उद्धार ऐनले विपद्पछिको उद्धारमा मात्रै जोड दिएकाले पूर्व तयारीमा ध्यान दिनुपर्ने...

संविधान निर्माणमा सक्रिय हुन महिला सभासदलाई उपराष्ट्रपतिको सुझाव

२०७० चैत २२ गते ७:१८

काठमाण्डु, २२ चैत – उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माण कार्यमा महिला सभासद्को सक्रियता बढी हुनुपर्ने बताएका छन् । संविधानसभा निर्वाचन–२०७० मा निर्वाचित महिला सभासद्हरुलाई शुभकामना तथा सम्मान गर्न सङ्कल्प नामक संस्थाद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले नेपालमा महिलाको सङ्ख्या पुरुषको भन्दा बढी रहेकाले...

बस सञ्चालनमा अवरोध पुर्याउँदा समस्या भएको गुनासो

२०७० चैत २२ गते ७:१३

सप्तरी, २२ चैत – प्रहरीको मिलेमतोमा केही बस सञ्चालकले बस सञ्चालनमा अवरोध गर्दै आएको सगरमाथा यातायात सङ्घ सप्तरीका पदाधिकारीहरुले आरोप लगाएका छन् । प्रहरीको मिलेमतोमा एउटा बसको समयमा अर्काे बस जबर्जस्ती सञ्चालन गर्न थालेपछि आफूहरुलाई यातायात सञ्चालन गर्न समस्या भएको उनीहरुको गुनास छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us