चौतारा,१८ चैत- सिन्धुपाल्चोकको जलवीरेबाट काठमाण्डु जाँदै गरेको बा२ख १२०२ नम्बरको यात्रुबाहक बसमा आठ किलोग्राम अवैध सुनसहित दुई जनालाई प्रहरीले बुधबार अपराह्न नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे र जलवीरेको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा सिन्धुपाल्चोकको गुम्बा गाविस–८ निवासी ३० वर्षीय...
पोखरा,१८ चैत- जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाइडबाट अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवस पौडेल,अनिल परियार,हीरासिंह गुरुङ,बलबहादुर विक र तेन्जिङचुण्डु लामा छन् । सो ठाउँमा रहेको होटल लोन्लीका सञ्चालक समेत रहेका पौडेलले आफू सुत्ने...
झापा,१८ चैत- झापा कारागारमा एक कैदीबन्दीको मुत्यु भएको छ । झापा घेराबारी–९ बस्ने ३० वर्षीय रामसिंह राजवंशीको मुत्यु भएको झापा कारागारका प्रमुख दीपेन्द्र खत्रीले बताए । विसं २०७० चैत २५ गतेदेखि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल जीवन बिताइरहेका...
भक्तपुर,१८ चैत- भक्तपुरको पानीको मुख्य स्रोत मानिने बोडे खानेपानी प्रशोधन केन्द्रमा पानीको उत्पादन घटेपछि वितरणमा समस्या आउँदा भक्तपुरदेखि काठमाण्डुसम्मै पानीको हाहाकार भएको छ । बोडेमा उत्पादित पानी बोडे,सानोथिमी,भक्तपुर,कोटेश्वर,तीनकुने,नयाँबानेश्वरदेखि टेकुसम्मका बासिन्दालाई वितरण गर्दै आएकामा अहिले दैनिक ३५ लाख लिटर पानीको उत्पादन घटेपछि वितरणमा निकै...
कञ्चनपुर,१८ चैत- कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरकी १९ वर्षीय विवाहिता कविता कुँवरले आत्महत्या गरेपछि उनका माइतीले तीन जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् । आत्महत्या गरेकी कुँवरकी आमा नन्दादेवी धानुकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेकी हुन् ।...
लहान,१८ चैत-आफ्ना सहकर्मीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले लहानस्थित एलएमसी क्याम्पसका एक जना विद्यार्थीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहानस्थित एलएमसी क्याम्पसको कक्षा ११ मा अध्ययनरत अनिलकुमार यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही क्याम्पसमा अध्ययनरत रामाकान्त ठाकुर दनुवारलाई...
धनगढी,१८ चैत- नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अब विपक्षी दलहरुसँगको वार्ता र संविधान निर्माण प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले संविधान निर्माणका लागि विपक्षी दलहरुसँग वार्तामार्फत सहमतिको प्रयास जारी राख्ने बताउँदै सहमति हुन...
जाजरकोट, १८ चैत– रुघा खोकी, हात खुट्टा झम्झमाउने र शरीर काम्ने रोगले जाजरकोटमा एक विद्यार्थीको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीस्थिते भगवती माविबाट यस वर्षको एसएलसी परीक्षा दिएकी सुश्मीता जैसीको मंगलवार मृत्यु भएको विद्यालयका प्रधानाध्यापक देवबहादुर बस्नेतले जानकारी दिए । मौसमी ज्वरो...
भीमदत्तनगर,१८ चैत- नेपालको सबैभन्दा गहिरो पाताल भुमेश्वर गुफामा महोत्सवको तयारी तीव्र पारिएको छ । बैतडी जिल्लामा रहेको नेपालकै सबैभन्दा गहिरो गुफा प्रचारप्रसार अभावमा ओझेलमा परेपछि महोत्सव गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा वैशाख ६ गते एकदिने पाताल भुमेश्वर गुफा महोत्सव हुन...
भद्रपुर,१८ चैत-सशस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुरले झापाका विभिन्न स्थानबाट नौ लाख १३ हजार मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । बरामद गरेको अवैध सामान प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टालाई बुधबार बुझाएको छ । सशस्त्रको गस्ती टोलीले सो सामान झापाको दुवागढी,घेराबारी र मेचीडाँडबाट...
मोरङ,१८ चैत- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले विपक्षी गठबन्धनको मोर्चाले संविधानसभा छाड्न नहुने बताएका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले संविधानसभा छाडेर सडकमा जाँदैमा उपलब्धि हात नलाग्ने भएकाले संविधानसभा छाड्न नहुनेमा जोड दिए । ...
काठमाण्डु, १८ चैत– ‘एमाओवादी अध्यक्ष प्रचण्डको हत्या गर्न उनकै पार्टीका पोलिट्व्यूरो सदस्य एवं सभासद् प्रभु शाहले गिरोह परिचालन गरेको’ भन्ने समाचार निराधार भएको सो पार्टीले जनाएको छ । प्रवक्ता दिनानाथ शर्माले बुधबार विज्ञप्ती जारी गरि उक्त खबर भ्रामक प्रचारवाजी भएको भन्दै त्यसलाई पुर्णरुपमा अस्वीकार...