बनेपा, २५ चैत – काभे्रको महाभारत डाँडापारि गाविस फलामेटार– ७ मा गए राति चट्याङ पर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १८ वर्षीय जयबहादुर भोलन र १६ वर्षीया लङ्खुमाया तामाङको मृत्यु भएको हो । घटनाका बारेमा अझै विस्तृत...
काठमाण्डु, २५ चैत – एमाले भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले काठमाण्डुका प्रहरी प्रमुख रमेश खरेलले बर्दी लगाएर राजनीति गरेको आरोप लगाएका छन् । धुलिखेलमा सम्पन्न संगठनको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्...
काठमाण्डु, २५ चैत – सत्तारुढ काँग्रेस–एमालेका नेताहरुले संविधानसभाको अधिकारलाई कुण्ठित पार्ने भन्दै उच्चस्तरीय राजनीतिक समिति गठन गर्न आवश्यक नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सत्यनिरुपण तथा मेलमिलाप आयोग...
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवा एवम् जापान अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमो नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक...
काठमाण्डु, २५ चैत – अन्तर्राष्ट्रिय मानवीय कानुन प्रवद्र्धन तथा कार्यान्वयन गर्न सम्बन्धित देशका सरकारले गरिरहेका कदमका बारेमा जानकारी आदानप्रदान गर्न मानवीय कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) द्वारा आयोजित सो पाँचौं सम्मेलन तीनदिनसम्म जारी रहनेछ । सम्मेलनमा...
गोरखा, २५ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आफ्नोभन्दा सेवा दिने डाक्टरहरुको समाचार बनाउन आग्रह गरेका छन् । गोरखा अस्पतालमा मंगलबार आयोजित ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार र डाक्टर एकअर्काका परिपूरक हुन्, नेताको भन्दा सेवा दिने डाक्टरको बारेमा लेखिनुपर्दछ...
विराटनगर, २५ चैत –उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनको मिति चाँडै टुंगो लाग्ने बताएका छन् । स्थानीय निर्वाचन नयाँ संबिधान जारी गर्नु पूर्व नै गर्नुपर्ने भएकाले यसको मितिको टुंगो लगाउन सरकार लागिपरेको उनले बताए । नेपाल प्रेस युनियन मोरङको अधिवेशनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थानीय निर्वाचनका...
काठमाण्डु, २५ चैत – प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागितासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चुलिँदै गएको छ । अध्यक्ष सुर्यबहादुर थापाले पार्टीमा छलफल नै नगरी छोरा सुनील बहादुर थापालाई मन्त्री बनाएको भन्दै पाार्टीमा असन्तुष्टी बढेको हो । सोमबार प्रधानमन्त्री कोइरालाले सुनील थापालाई वाणिज्य तथा...
काठमाण्डु, २५ चैत – सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकमा समावेश गर्ने विषयहरुका बारेमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ । विधेयकमा कुन कुन विषय समेट्ने र कस्ता प्रावधान राख्ने भन्ने विषयमा छलफल हुन लागेको हो । द्वन्द्वकालका गम्भीर मानवअधिकार...
गोरखा, २५ चैत– गोरखामा सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् लाइन अवरुद्ध भएको छ । विद्युत्का अधिकांश पोल कच्ची रहेका कारण ठाउँठाउँमा पोल ढल्न जाँदा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गोरखाका प्रमुख ज्ञानेन्द्र आचार्यले जानकारी दिए । विद्युत् नआउँदा यहाँबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन...
काठमाण्डु, २५ चैत – रामनवमी आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो...
काठमाण्डु, २५ चैत – एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलअन्तर्गत आज निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ । पार्टी शीर्ष नेतृत्व तहमा भएको प्रयास विफल भएपछि क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागको हो । सहमति प्रयास विफल भएपछि निर्वाचनमार्फत...