विराटनगर, २६ चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने विषयमा देखिएको विमतिलाई राजनीतिक दलहरुको सहमतिमा समाधान गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले लामो प्रतिक्षामा रहेको सो आयोग गठनको...
काठमाण्डु, २६ चैत – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र विकासका लागि गान्धीवादी चिन्तन आवश्यक भएका बताएका छन् । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा गत चैत २२ गतेदेखि काठमाण्डुमा सञ्चालन गरिएको गान्धी कथा वाचन कार्यक्रमको समापन समारोहमा देउवाले तत्कालीन अवस्थामा अत्यन्त शक्तिशाली...
काठमाण्डु, २६ चैत – नेपाल स्वरोजगार व्यापार श्रमिक संघले कोटेश्वरस्थित एनेकपा माओवादीको कार्यालयमा बुधबार धर्ना दिएको छ । सडक व्यवसायीलाई सुरक्षित तथा दीर्घकालीन बैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने माग गर्दै कार्यालय तथा सो आसपास क्षेत्रमा धर्ना गरेका हुन् । स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा...
इटहरी, २६ चैत – राष्ट्रपति डा रामवरण यादवले मुलुकलाई एक शुत्रमा बाँध्न र धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्नका लागि धार्मिक महोत्सव महाकुम्भले महत्वपूर्ण सन्देश दिएको बताएका छन् । बुधबार बिहान सुनसरी जिल्लाको बराहक्षेत्रको चतरा कौशिकी तट क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतराधाममा स्थापना...
भक्तपुर, २६ चैत – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगले दीर्घकालीन योजना बनाउन नसकेका कारण देश विकास पछाडि परेको बताएका छन् । भक्तपुरको बालकोट गाविसस्थित मेरिगोल्ड इङ्लिस स्कुलको १५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा योजना आयोग पनि फेरिन्छ, अनि...
काठमाण्डु, चैत्र २६ – आफूलाई राष्ट्रिय चुरेभावर पार्टीका महासचिव बताउने हेमबहादुर श्रेष्ठ (श्यामले) आफूबाट २० लाख ठगी गरेको आरोप एक महिलाले लगाएकी छिन् । ललितपुर उप–महानगरपालिका वडा नं. १७ सातदोबाटो निवासी बबिता श्रेष्ठले पाटन औधोगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने भन्दै श्रेष्ठले २० लाख ठगी...
मोरङ, २६ चैत – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीन कार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् । बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले निजामती सेवामा...
इटहरी, २६ चैत – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले बेरुजुको चपेटा, खस्कदो गुणस्तर र अनुशासनहिनताबाट जर्जर त्रिविलाई सबैले मिलेर सुधार्नुको विकल्प नरहेको बताएका छन् । उपकुलपति प्राडा महर्जनले त्रिवि आङ्गिक क्याम्पस प्रमुख, लेखा प्रमुख तथा प्रशासन प्रमुखको धरानमा भएको दुई दिने पूर्वाञ्चल क्षेत्रीय...
काठमाण्डु, २६ चैत –पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने पक्का भएको छ । सरकार र चिनिया ठेकेदार कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीबीच निर्माण सम्झौता भएपछि विमानस्थल बन्ने पक्का भएको हो । इपीसी मोडेलमा निर्माण सुरु भएको ४ वर्षभित्र विमानस्थलको सम्पूर्ण काम सक्ने गरी सहमति भएको...
काठमाण्डु, २६ चैत – आज चैत २६, जनआन्दोलन दिवस । दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । २०४६ साल सम्म निरङ्कुश शासक रहेका पञ्चायती राजाहरुसँग अधिकार लिन सफल भएको सम्झनामा दलहरुले विभिन्न कार्यक्रमको आयोजना गरि जनआन्दोलन दिबस मनाउँदैछन् । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल...
काठमाण्डु, २६ चैत – सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धी विधेयक तयार पार्न प्रमुख तीन दलबाट गठित कार्यदलको बैठक आज पनि बस्दैछ । काुनन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा मंगलवार बसेको कार्यदल बैठकमा सहमति हुन नसकेपछि बैठक आज बस्न लागेको हो ।...
काठमाण्डु, २६ चैत – अनेरास्ववियु क्रान्तिकारीको १९ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज सहमतिको प्रयास हुँदैछ । एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहित अध्यक्ष लगायत पदाधिकारीका आकांक्षीहरुको छलफल हुन लागेको हो । सहमतिका लाग छलफल हुने र सहमति नभए चुनावी प्रकृयामा जाने अध्यक्ष...