काठमाण्डु, २८ चैत – प्रधानमन्त्री सुशील कोईरालाले संबिधानसभाबाटै संविधान निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । सबै दलको मुख्य एजण्डा संविधान सभाबाटै संविधान निर्माण गर्ने भएकाले अवको एक वर्षभित्रमा मुलुकले संविधान पाउने उनको भनाई छ । नेपाली लेखक संघ कास्की र जननायक बीपी...
जाजरकोट, २८ चैत– छिन्चु जाजरकोट सडकअन्तर्गत छेडालिर्ता खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । भे ३ त ८९४६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खलंगा–३ का २५ वर्षीय शिवनारायण कार्की र पछाडि सवार एक युवतीको मृत्यु भएका प्रहरीले जनाएको छ...
काठमाण्डु, २८ चैत– नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई अनुशासनविपरीत काम गरेको आरोपमा कारबाहीको तयारी गरेको छ । क्यान कार्यसम्पादन समितिको गएराति बसेको बैठकले कारबाहीका लागि बोर्डसमक्ष सिफारिस गरेको हो । केही दिनभित्रै बोर्ड बैठक बसेर आवश्यक कारबाही गर्ने क्यान उपाध्यक्ष विकास...
काठमाण्डु, २८ चैत – धादिङको बैरनीमा बस र ट्रिपर ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । काठमाण्डुदेखि गोरखाका लागि छुटेको ना ४ ख ७६३ नम्बरको यात्रुबस र बालुवा लिएर काठमाण्डु जाँदै गरेको बा २ ख ७८५५ नम्बरको...
कालीकोट, २८ चैत–घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा एउटै सचिवले १५ गाविस हेर्नु परेको छ । कालीकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरु एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा...
सप्तरी, २७ चैत – उपराष्ट्रपति परमानन्द झाले जनताको काम छिटो छरितो र सर्वसुलभ ढङ्गबाट गरिदिन सरकारी कार्यालय प्रमुखहरुसँग आग्रह गरेका छन् । दुई दिनदेखि गृह जिल्ला सप्तरीमा रहेका उपराष्ट्रपति झाले बिहीबार प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा जिल्लाको विकास...
विराटनगर, २७ चैत – दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको पाँच महिना बित्न लाग्दा पनि मोरङ निर्वाचन क्षेत्रका ६८ उम्मेदवारले निर्वाचन खर्च विवरण नपठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा २७० जनाले उम्मेदवारी दिएका थिए ,जसमा स्वतन्त्र २६ जना र...
काठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीमा देखिएको विवाद हिमाल शर्मालाई नै पुनः नेतृत्व दिएर मिलाएपछि एमाओवादीभित्र नयाँ विवाद जन्मिएको छ । हेर्डक्वार्टर बैठकमा शर्मालाई नै अध्यक्ष निर्वाचित गर्न सहमत भएका पार्टी नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेर निर्णयप्रति ‘नोट...
काठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पुनः संगठनको नेतृत्व गर्ने जिम्मेवारी रहर नभएर बाध्यताको उपज भएको बताएका छन् । अध्यक्षमा पुनः निर्वाचित भएपछि काठमाण्डु टुडेसँग कुरा गर्दै उनले विशेष परिस्थितिका कारण आफूले पुनः नेतृत्व सम्हालेको बताए । ‘फेरि अध्यक्ष बन्ने मेरो...
काठमाण्डु, २७ चैत – पुनः हिमाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अनेरास्ववियु क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । किर्तिपुरमा ६ दिनसम्म चलेको सम्मेलनले यसअघिकै नेतृत्व र २५ सदस्यीय पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको हो । यस्तै यसअघिको २ सय ७१ सदस्यीय...
काठमाण्डु, २७ चैत – बिहीबार दिउँसो भएको भिषण आगलागीका कारण सप्तरीको जमुनिमधेपुरा गाउँ विकास समिति वडा नं. ६ स्थित थल्ही गाउँका ५ दर्जन बढी घर खरानी भएका छन् । आगलागीमा परी स्थानीय अढाई बर्षीय बालिकाको समेत जलेर मृत्यु भएको छ । अन्य दुईजना बच्चा...
काठमाण्डु, २७ चैत – नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिकसत्रको सुरुआतसँगै निजी विद्यालयले विभिन्न नाममा विद्यार्थीमाथि चर्को शुल्क वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । संगठनद्वारा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले निजी शिक्षण संस्थाकातर्फबाट हालै गरिएको शुल्क वृद्धिको निर्णयलाई सर्वोच्च...