काठमाण्डु, २१ चैत– उपत्यकाको फोहर व्यवस्थापन र ट्राफिक व्यवस्थपनमा स्वयंसेवक युवाहरूको टोली तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा र फोहरमैला व्यवस्थापन प्रविधि केन्द्रको सहयोग तथा बिसिएफए नेपालको समन्वयमा स्वंयसेवक युवाहरू सक्रिय भएका छन् । ट्राफिक व्यवस्थापनका लागि युवाहरुलाई ट्राफिक प्रहरी महाशाखाले प्रशिक्षण दिने...
विराटनगर,२१ चैत– सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले संविधानसभा बाहिर रहेर सहमति हुन नसक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्री रिजालले सो कुरा बताएका हुन् । सहमतिको मानसिकतामा रहेर प्रतिपक्षीलाई वार्तामा बस्न आग्रह गर्दै उनले जनताले संविधान निर्माणका...
काठमाण्डु,२१ चैत- सरकारले माओवादी सेनाका लडाकुले प्रयोग गरेका सात मुख्य र २१ वटा सहायक शिविर सामाजिक काममा प्रयोग गर्ने तयारी गरेको छ । माओवादी सेनाका लडाकुले प्रयोग गरेका शिविरमध्ये हाल १२ वटामा नेपाली सेनालाई जिम्मा दिइएको छ भने तीन वटामा सशस्त्र प्रहरीबल रहेको...
काठमाण्डु, २१ चैत– आज दिउँसो ४ बजेर १ मिनेटदेखि चन्द्र ग्रहण लाग्दैछ । नेपालमा भने चन्द्रमा ६ बजेर १२ मिनेटमा मात्रै उदाउनेछ । नेपालमा बसेर चन्द्रग्रहण हेर्न चन्द्रोदय पर्खनु पर्नेछ । बेलुका ७ बजेर ३० मिनेटसम्म चन्द्र ग्रहण लाग्ने छ । तीन घण्टा २९...
काठमाण्डु, २१ चैत– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिमरा र रौतहटमा सेवा केन्द्र सार्न नसक्नेले राज्यको पुनर्संरचना गर्नै नसक्ने बताएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारले रौतहटमा सुरु गरिएको सेवा केन्द्र सार्ने...
काठमाण्डु, २१ चैत– पूर्वयुवराज पारस शाह स्वदेश फर्केपछि घरपरिवार र श्रीमतीको साथ पाउलान् भन्ने धेरैको अनुमान थियो । तर त्यो अनुमान असत्य सावित भएको छ । पारस सबै भएर पनि कोही नभएजस्ता देखिएका छन् । बाबु ज्ञानेन्द्रले पुख्र्यौली घर निर्मलनिवास पस्न रोक लगाएको पीडा...
रौतहट, २१ चैत– गौरबाट मालपोत, नापी कार्यालय बिस्तार गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खटेको शसस्त्र प्रहरीको भ्यानले ठक्कर दिँदा गौरमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान शसस्त्रको बा १ झ ७३३ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा गौर–१० सबगढाका ६१ वर्षीय...
चरीकोट, २१ चैत– भीमेश्वर नगरपालिका–१० लेकटोल निवासी सुशीला तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको झोकमा आफ्नै ट्रकमा आगजनी गरेकी छिन् । श्रीमान् सोमबहादुर तामाङले कान्छी ल्याएको र आफूसँग नबसेको भन्दै बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब रु १० लाखबराबरको क्षति भएको प्रहरीले...
जनकपुर, २१ चैत– जनकपुरमा एक निर्माणधीन घरमा काम गरिरहेका ४ जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ । जनकपुर_१६ स्थित मनोज यादवको निर्माणाधीन घरमा काम गरिरहेका चार मजदुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर धनुषाको औरहीका अरुण साह, बैंग्गा शिवपुरका...
वीरगंज, २१ चैत–उपप्रधानमन्त्री प्रकाशमान सिंहले माओवादी र मधेशवादी पार्टीको नियत नै संविधान निर्माणमा बाध पु¥याउने रहेको बताएका छन् । शनिबार वीरगञ्जमा प्रेस यूनियनले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै सिंहले भने,‘एमाओवादी संविधानसभामा बलियो हुँदा उसले संविधान जारी गर्न सकेन, अब हामी त्यो गल्ति दोहो¥याउँने पक्षमा छैनौं...
काठमाण्डु, २१ चैत – सरकारले प्रवेशाज्ञा (भिसा) जारी प्रक्रियामा निजी क्षेत्रलाई संलग्न गराउने प्रस्ताव गरे पनि भिसा आवेदन जाँच वा जारीमा उक्त क्षेत्रको कुनै भूमिका नहुने स्पष्ट गरेको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णय कार्यान्वयनबारे गृह मन्त्रालयले समितिलाई गत मंगलबार पठाएको...
नुवाकोट, २१ चैत– नुवाकोटको ओखरपौवाबाट बसमा सागसब्जी लिएर राजधानी गइरहेका किसानलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि स्थानीयले पासाङल्हामु राजमार्गको ओखरपौवा खण्ड अवरोध गरेका छन् । रानीपौवाबाट काठमाण्डु गइरहेको बा१ख ९१७० नम्बरको बसमा सागसब्जी लिएर गएका किसानलाई तीनपिप्लेमा प्रहरीले बसमा सागसब्जी बोक्न पाइँदैन भनेर चालक...