दार्चुला, १ वैशाख- भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको छ । गत असार पहिलो साता महाकालीको विनासकारी बाढीपछि क्षतिग्रस्त क्षेत्रमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको हो । दुई महिनाअघि दार्चुला सदरमुकाम खलंगाको वीरेन्द्र वन...
वीरगन्ज १ वैशाख– वीरगन्ज पथलैया सडकखण्डको परवानीपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पथलैयाबाट रक्सौलतर्फ जाँदै गरेको ना ४ ख २६५० नम्बरको ट्रकको ठक्करबाट बारा लिपनीमाल–६ का ३० वर्षीय राजेन्द्र रामको मृत्यु भएको हो । रामको शव शवपरीक्षणका लागि वीरगन्जस्थित नारायणी...
काठमाण्डु, १ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा भवानी राणा र पशुपति मुरारकाको उम्मेदवारी छ । राणा नवनिर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे र मुरारका अध्यक्षमा पराजित भाष्करराज राजकर्णिकार प्यानलका हुन् । यसअघि हिजो बसेको नवनिर्वाचित कार्यसमितिले...
काठमाण्डु, १ वैशाख– आजदेखि विक्रम संवत २०७० सकिएर २०७१ साल सुरु भएको छ । पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा गएराति राजधानीसहित देशभर विभिन्न कार्यक्रम गरिएका छन् । नयाँ वर्ष २०७१ सालको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताले स्वदेश तथा...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल एतिहासिक हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धी यसै वर्ष संस्थागत हुने भएकाले यो वर्ष एतिहासिक हुने बताएका हुन् । उनले यही...
काठमाण्डु, ३० चैत– नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । यही चैत २६ गते हेटौंडामा सम्पन्न केन्द्रीय समितिको बैठकपछि नेपाल पत्रकार महासंघको अधिवेशन तयारीका लागि भन्दै सुदूरपश्चिमसम्मको भ्रमण गरी शनिबार मात्र काठमाण्डु आइपुगेका अध्यक्ष पोखरेलले अचानक राजीनामा दिएका...
काठमाण्डु, ३० चैत– स्वास्थ्य उपचारपछि भारतमा आराम गरिरहेका एमाले संसदीय दलका नेता केपी ओली बुधबार स्वदेश फर्कने भएका छन् । स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले ओली बुधबार स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ । एक महिनाको उपचारपछि ओली १० दिन अघि अस्पतालबाट डिस्चार्ज भएर...
काठमाण्डु, ३० चैत– एकीकृत माओवादी सम्वद्ध अखिल नेपाल शिक्षक संगठनले संसद बैठकमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका शिक्षकहरुलाई रिहा गर्न माग गरेको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो संगठनका केन्द्रीय सदस्य एवम् अस्थायी शिक्षक संघर्ष समितिका महासचिव दिनेश थापासहित आठ जनालाई...
परासी, ३० चैत–ऊर्जामन्त्री राधा ज्ञवालीले देशमा अगामी तीन वर्षभित्र ऊर्जा संकट समस्याको पूर्णरुपमा अन्त्य हुने दाबी गरेकी छन् । नवलपरासीको स्वाठीमा आइतबार भएको सहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन तथा सहिद पाण्डेको सालिक अनावरण कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि सरकारले ठोस...
काठमाण्डु, ३० चैत– सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले उच्चस्तरीय राजनीतिक समिति गठनको विपक्षमा देखिएका छन् । संवैधानिक राजनीतिक समितिको सभापतिमा सहमति खोज्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा काँग्रेस–एमाले त्यसको विपक्षमा उभिएका हुन् । प्रमुख दलबीच गत पुस ९ गते...
चितवन, ३० चैत– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा १३ जनाविरुद्ध सर्वश्वसहित जन्मकैद माग गर्दर्ै चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । सरकारी वकिलको कार्यालयले चितवनले कर्तब्य ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैदको मागसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको हो...
काठमाण्डु, ३० चैत – विगतमा भएको सहमति राज्य पक्षले पालना नगरेको भन्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । आदिवासि जनजाति सम्वद्ध विभिन्न संघसंस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । वैशाख ७ गते प्रधानमन्त्री...