समाचार

एमाओवादीलाई वार्तामा ल्याउँछौं: मन्त्री निधि

२०७१ वैशाख २ गते ७:३६

धादिङ, २ वैशाख– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसँग सरकारले वार्ता गर्ने बताएका छन् । धादिङ सदरमुकाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीको असन्तुष्टि वार्ताबाटै समाधान गर्ने बताएका हुन् । सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा देशभरबाट आफ्ना कार्यकर्ता...

विदेशीको भरमा मात्र विकाश निमार्णको आशा त्याँगौं – मूख्यसचिव

२०७१ वैशाख २ गते ७:२९

अर्घाखाँची, २ बैशाख । नेपाल सरकारका मूख्यसचिव लिलामणि पौडेलले नकारात्मक सोचले मात्रै समाज रुपान्तरण हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले नकारात्मक कुराले समाज चल्न नसक्ने बताए । सबै खराब छन भन्ने भावााबाट अगाडी बढ्दा...

राहदानीमा राहत, आवेदन सङ्कलन काउन्टर थपिए

२०७१ वैशाख २ गते ७:२०

काठमाण्डू २ वैशाख । सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ । राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडभाड र उनीहरूले झेल्नु परेको सास्तीलाई दृष्टिगत गरी सरकारले विद्यमान छवटा फाराम सङ्कलन काउन्टरलाई बढाएर...

छोरालाई निजी छोरीलाई सरकारी

२०७१ वैशाख २ गते ६:०३

चितवन, २ वैशाख । चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो । सबैको हकमा यो लागू नभएपनि केहीमा भने अझै पनि समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार...

क्रान्तिकारी पत्रकार महासंघको बामपन्थी एकतामा जोड

२०७१ वैशाख २ गते ५:१४

काठमाण्डु, २ बैशाख –क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघको आसन्न चुनावमा वामपन्थी पत्रकार एक भएर जानु पर्नेमा जोड दिएको छ । चितवनमा बसेको महासंघको बैठकले सम्पूर्ण वामपन्थी पत्रकारबीच एकता गरेर चुनावमा जाने निर्णय गरेको हो । तर एकता हुन नसकेमा प्रेस यूनियनसँग पनि सहकार्यको...

पक्राउ शिक्षक रिहा गर्न माग

२०७१ वैशाख २ गते ४:५६

काठमाण्डु, २ बैशाख –अखिल नेपाल शिक्षक संघले अस्थायी शिक्षक संघर्ष समितिका महासचिव दिनेश थापा लगायतका ८ जना शिक्षकलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष नरेन्द्र बहादुर थापाले विज्ञप्ति निकालेर थापा लगायतका शिक्षकलाई रिहा नगरी मुद्दा लगाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।...

खुला सदस्य सहित पत्रकार महासंघको विधान संशोधन गर्न माग

२०७१ वैशाख २ गते ४:४२

काठमाण्डू २ बैशाख –नेपाल पत्रकार महासंघको विधानमा खुला सदस्य सहित संशोधन प्रस्ताव पारित गरी कार्यान्वयन गर्ने प्रतिवद्धतालाई परिणाममुखी बनाउने वातावरण बनाउन सभासदहरुले माग गरेका छन । विधान संशोधन पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै केही सभासदले अघिल्लो महाधिवेशनले म्याण्डेट र पोखरामा पेश भएको विधान संसशेधन...

एमाओवादीले संसद् बहिस्कार गर्ने

२०७१ वैशाख २ गते ४:०१

काठमाण्डू २ बैशाख –एकीकृत माओवादीले द्वन्द्वकालका घटनामा पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा नगरेसम्म संसद बहिस्कार गर्ने भएको छ । उनीहरुको रिहाईसँगै सरकारले माफी माग्नुपर्ने माओवादीको माग छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलवार बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । बुधवार बिहान...

एमाओवादीको राष्ट्रिय सम्मेलन बिराटनगरमा हुने

२०७१ वैशाख २ गते ३:३८

काठमाण्डु, २ वैशाख – एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आज बसेको केन्द्रीय कार्यालय बैठकले सम्मेलन बिराटनगरमा गर्ने निर्णय गरेको हो । संगठन विभागले राष्ट्रिय सम्मेलन विराटगरमा गर्न गरेकाे सिफारिसलाई आजको बैठकले अनुमोदन गरेको प्रवक्ता दिनानाथ शर्माले बताए । राष्ट्रिय सम्मेलनको...

एमाओवादी केन्द्रीय कार्यालय बैठक जारी

२०७१ वैशाख २ गते २:०७

काठमाण्डु, २ बैशाख – एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडा कोटेश्वरमा जारी बैठकमा गोर्खा फुजेल घटनाका विषयमा छलफल भएको बुझिएको छ । फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै एमाओवादीले हिजो तीन दलको...

देवर–भाउजूलाई सिस्नुपानी

२०७१ वैशाख २ गते १:५६

कञ्चनपुर, २ वैशाख – सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व मनाइएको छ । परम्परागत रुपमा वैशाख महिनाको पहिलो दिन विशु पर्व मनाइने गरिन्छ । विशु पर्वका अवसरमा विदेश गएका घर फर्कने, नयाँ लुगा लगाउने, नयाँ अन्न खाने गरिन्छ । देवर–भाउजू र साली–भिनाजुबीच यस...

मुरारका वरिष्ठ उपाध्यक्षमा निर्वाचित

२०७१ वैशाख १ गते १३:३७

काठमाण्डु, १ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा उनले ३३ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी भवानी राणाले २९ मत प्राप्त गरे । निर्वाचित मुरारका महासंघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us