बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ असार ३१ गते १३:४८ मा प्रकाशित

काठमाण्डू, ३१ असार– प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन ।

प्रतिनिधिसभाको आज (बुधबार) बसको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताएकी छन ।

उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।

सांसद गुरुङले यी मृत्युहरूलाई सामान्य रूपमा लिन नसकिने भन्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us