काठमाण्डु, २ वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले फुजेल हत्याका दोषीमाथि कारबाहीको माग राखेर आमरण अनशन बस्दै आएका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेका छन् । मंगलबार वीर अस्पताल पुगी पौडेलले सरकारले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइसकेकाले अनशन तोड्न आग्रह गरेका हुन्...
चितवन, २ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकाहरुसँग चितवन जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । जिल्ला अदालतले मंगलबार पक्राउ परेकामध्ये छविलाल पौडेलको बयान लिएको छ । पौडेलको बयान नसकिएकाले बुधबार पुन: बयान लिइले अदालतले जनाएको छ । चितवन...
काठमाण्डु, २ वैशाख– अर्थमन्त्री रामशरण महतले विदेशी ग्रिनकार्ड र पीआर लिएका सरकारी कर्मचारीलाई कारबाही नहुने अभिव्यक्ति दिएकामा क्रुद्ध बनेका छन् । मन्त्री पण्डितले मन्त्री वा प्रधानमन्त्री कसैले भन्दैमा आफू त्यस्ता कर्मचारीमाथि कारबाही गर्ने अभियानबाट पछि नहट्ने बताए । अमेरिकाको भर्जिनियामा आइतबार नेपाली समुदायले गरेको...
काठमाण्डु, २ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले मन्त्रिपरिषद् वा अन्य बैठकमा सहभागी हुँदा चिया खाजामा खर्च गर्न नपाउने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी खर्चमा मितव्ययिता अपनाउन मन्त्रिपरिषद्का सदस्यसित आग्रह गरेपछि सो निर्णय भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज...
प्यूठान, २ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्धा र पक्राउ पुर्जी जारी गर्ने क्रम नरोकिए फेरि जनयुद्धमा जान सक्ने चेतावनी दिएका छन् । नेकपा–माओवादी प्यूठानको तेश्रो जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष वैद्यले नयाँ उचाईबाट...
चितवन, २ वैशाख– एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले नवौं महाधिवेशनबाट पार्टी नेतृत्व नेता केपी ओलीको हातमा जाने बताएका छन् । चितवनको भरतपुरमा मंगलबार आयोजित नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले अध्यक्षमा केपी ओलीको विकल्प नरहेको दाबी गरे । उनले एमाले बचाउन र गुटबन्दी...
काठमाण्डु, २ वैशाख– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध विमान अपहरणमा संलग्न रहेको आरोपमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर...
सुनसरी, २ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू धर्म विश्वकै महान धर्म भएको बताएका छन् । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा चलेको कुम्भ मेलामा स्थान गर्न पुगेका उनले हिन्दू धर्म संसारमै महान र उदार धर्म भएको बताए । पूर्वीय अध्यात्म जीवन पद्धति विश्वकै लागि अनुकरणीय रहेको...
चितवन, २ वैशाख– चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो । सबैको हकमा यो लागू नभए पनि केहीमा भने अझै पनि समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार...
विराटनगर, २ वैशाख– मोरङ प्रहरीले जिल्लाको मधुमल्ला गाविस–५ स्थित नमुना प्राथमिक विद्यालयबाट ठूलो संख्यामा हतियार र ठोलीगठ्ठा बरामद गरेको छ । निर्माणाधिन शौचालयको सेफ्टीट्याङकीमा लुकाइ राखेको अवस्थामा ती हतियार भेटिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले विद्यालयको निर्माणधीन शौचालयको सेफ्टी ट्याङ्कीबाट ती...
काठमाण्डु, २ वैशाख– नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला र प्रवक्ता दीलेन्द्रप्रसाद बडुको दबाबमा पोखरेलले राजीनामा फिर्ता लिएका हुन् । पत्रकार महासंघको अधिवेशन तयारीका...
काठमाण्डु, २ वैशाख– काठमाण्डु प्रहरीले गुण्डा नाइके अभिषेक गिरीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार गिरीलाई सोमबार गौशालाबाट पक्राउ गरिएको हो । गिरीविरुद्ध प्रहरीमा गुण्डागर्दी गरेर मोटो रकम असुलेको आरोपमा मुद्धा परेको छ । उनी प्रहरीको फरार सूचीमा थिए । गिरीविरुद्ध...