समाचार

फूड टेक्नोलोजी चौथो वर्षको परीक्षाफल प्रकाशित

२०७१ चैत २४ गते ९:२९

काठमाण्डु,२४ चैत- त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको फूड टेक्नोलोजी चतुर्थ वर्षको (सोधपत्र बाहेक) को परीक्षाफल मंगलबार प्रकाशित गरेको छ ।     त्यस्तै, न्युट्रिसन एन्ड डायाटेक्सको प्रथम तथा दोश्रो वर्षको परीक्षाफल समेत प्रकाशित गरेको छ ।...

बन्द फिर्ताबारे प्रचण्डले उद्योगीलाई भने,‘म सकारात्मक छु ’

२०७१ चैत २४ गते ९:००

काठमाण्डु, २४ चैत– बन्द फिर्ता लिइदिन आग्रह गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न पुगेका उद्योगी व्यवसायीलाई प्रचण्डले फिर्ता लिन आफू सकारात्मक रहेको बताएका छन् । मंगलबार बिहान ११ बजे उद्योगी व्यवसायीसंगको छलफलमा अध्यक्ष प्रचण्डले बन्द फिर्ता लिनेबारे आफू सकारात्मक रहेको तर मोर्चाका अन्य...

बर्दिवासको सुरक्षाका लागि नाइटभिजन क्यामेरा

२०७१ चैत २४ गते ८:४२

गौशाला,२४ चैत-महोत्तरीको बर्दिवास नगरपालिकाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरिएको छ ।   प्रहरी नियन्त्रण कक्षबाटै हेर्न मिल्ने गरी बर्दिवासको चार स्थानमा क्यामेरा जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसीप्रसाद उप्रेतीले बताएका छन् ।   मध्यमाञ्चल क्षेत्रीय प्रहरी...

झोले विद्यालय खडा गर्ने विरुद्ध मुद्धा

२०७१ चैत २४ गते ८:४०

काठमाण्डु, २४ चैत– झोले विद्यालय खडा गरी चार लाख बयासी हजार झ्वाम् पार्ने एक विद्यालयका अध्यक्ष र प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन् । सर्लाहीको सुकेश्वर महादेव सामुदायिक प्राविका अध्यक्ष रामदयाल महतो र प्रधानाध्यापक आनन्दी महतोविरुद्ध अख्तियारले चार लाख बयासी हजार भ्रष्टाचार गरेको दावी गर्दै...

रुकुममा धर्म भकारी अभियान सञ्चालन हुँदै

२०७१ चैत २४ गते ८:२३

रुकुम,२४ चैत- सधैँजसो खाद्यान्न अभावको सामना गर्ने रुकुमका दर्जन बढी गाविसमा खाद्यान्न अभाव न्यूनीकरणका लागि धर्म भकारीको अवधारणलाई अगाडि सारिएको छ । जिल्ला विकास समिति रुकुमले परीक्षणका लागि जिल्लाका दुई गाविस मग्मा र आठबिसडाँडा गाउँमा धर्म भकारी परीक्षण गर्ने तयारी रहेको जनाएको छ ।...

प्रहरीबाट छुटाए बन्दकर्ताले हिसिला यमीलाई

२०७१ चैत २४ गते ८:१८

काठमाण्डु– २४ चैत– काठमाण्डुको बिजुलीबजार क्षेत्रमा मंगलबार बिहानै देखि तनाव भइरहेको छ । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । त्यसै क्रममा प्रहरीको घेरामा परेकी एनेकपा माओवादी नेतृ हिसिला यमीलाई बन्दकर्ताले छुटाएरै छाडे । प्रहरीले भ्यानमा हालेर बिजुलीबजार हुँदै बन्दकर्ता लैजादै थियो ।...

उपनिर्वाचनको चहलपहलले बन्दको प्रभाव कम

२०७१ चैत २४ गते ८:१०

बागलुङ,२४ चैत- एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले गरेको आम हडतालको प्रभाव बागलुङमा परेको छैन । आम हडतालले देशभरको जनजीवन प्रभावित भइरहेका बेला बागलुङ जिल्ला भने सामान्य अवस्थामै छ ।   आउँदो चैत २८ गते बागलुङ क्षेत्र नं १ मा संविधानसभा सदस्य उपनिर्वाचन...

होस्टलभित्र पसेर खुकुरी प्रहार, २ विद्यार्थी घाइते

२०७१ चैत २४ गते ७:५९

मोरङ,२४ चैत- विराटनगरस्थित मोरङ क्याम्पसको होस्टलमा बस्ने विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा दुई जना सख्त घाइते भएका छन् । आफूलाई युथफोर्सका कार्यकर्ता बताउने समूहले मंगलबार बिहान अचानक होस्टलभित्र पसी विद्यार्थीमाथि रड र खुकुरी प्रहार गर्दा होस्टलमा बस्ने विद्यार्थी सप्तरी घर भएका दुर्गाप्रसाद यादव र रामअवतार...

एम्बुलेन्स खरिद गर्न रामलीला महोत्सव

२०७१ चैत २४ गते ७:४७

भीमदत्तनगर,२४ चैत– एम्बुलेन्स खरिद गर्न भीमदत्तनगरपालिका–१८ गोवरियामा रामलीला आयोजना हुन लागेको छ । गोवरियास्थित निङ्गशैनी भगवती सेवा समितिले एम्बुलेन्स खरिदका लागि बुधबारदेखि वैशाख ८ गतेसम्म स्थानीय निङ्गलाशैनी उच्च माविको प्राङ्गणमा रामलीला आयोजना गर्न लागेको हो । समितिले मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी रामलीला...

बन्दका कारण शैक्षिक संस्था ठप्प

२०७१ चैत २४ गते ७:३३

काठमाण्डु,२४ चैत- एकीकृत नेकपा माओवादीसहितको ३० दलीय मोर्चाद्वारा आह्वान गरिएको आमहडतालको पहिलो दिन मंगलबार सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन ठप्प भएको छ ।   बन्दका कारण बिहान तथा दिउँसो कक्षा सञ्चालन हुने कुनैपनि शैक्षिक संस्थामा पठनपाठन हुन सकेन ।   विभिन्न उच्च माविमा कम्प्युटर साइन्स,होटेल...

जहाँ, बन्द भन्ने जनतालाई थाहै छैन

२०७१ चैत २४ गते ७:१३

काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दले मुलुकका धेरै जिल्लाको जनजिवन प्रभावित भइरहेको छ । तर हिमाली केही जिल्लाका जनतालाई मंगलबार बन्द हो भन्नेसमेत थाह छैन । त्यसमा पनि मनाङ जिल्लामा त बन्दको रत्तिभर पनि असर परेको छैन । जिल्ला...

कर्णाली सम्झौता गर्दा माओवादीलाई १० करोड अफर आएको थियो : बास्तोला

२०७१ चैत २४ गते ६:४६

काठमाण्डु, २४ चैत–नेकपा माओवादीका स्थायी समिती सदस्य धर्मेन्द्र बास्तेलाले माथिल्लो कर्णाली सम्झौताको समयमा आफ्नो पार्टीलाई १० करोडको प्रस्ताव आएको तर आफ्नो पार्टीले अस्वीकार गरेको बताएका छन् । राजधानीमा देशभक्त संघीय जनवादी मोर्चा, नेपालले आयोजना गरेको चैत्र २४ को महत्व र राष्टिय स्वधीनता विषयक अन्तरक्रिया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us