समाचार

पार्टीमा गुट उपगुट बढ्यो–नेत्री कोइराला

२०७१ वैशाख ३ गते १३:१३

इटहरी, ३ वैशाख – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पछिल्लो समयमा नेपाली काँग्रेस विभिन्न गुट र उपगुटमा विभाजित बन्न पुगेकाले पार्टी गम्भीर समस्याबाट गुज्रिन बाध्य भइरहेको बताएकी छिन् । नेपाल निजामती कर्मचारी युनियन सुनसरीको इनरुवामा आयोजित छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीलाई एकजुट...

दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक

२०७१ वैशाख ३ गते १३:१२

काठमाण्डु, ३ वैशाख – जनक शिक्षा सामाग्री केन्द्रले दुई साताभित्र सबै विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसक्ने भएको छ । केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी पाठ्यपुस्तक पुरयाउन बाँकी सबै जिल्लामा वितरण गर्न लागिएको जानकारी दिएको छ । केन्द्रका अनुसार यही शैक्षिक सत्रभित्र सबै क्षेत्रका विद्यालयहरुमा...

एमाले नवौँ महाधिवेशन व्यवस्थापनका लागि तेह्रवटा उपसमिति गठन

२०७१ वैशाख ३ गते १३:११

काठमाण्डु,३ वैशाख – नेकपा (एमाले) नवौँ महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको आज बसेको बैठकले महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन गरेको छ । ती उपसमितिमा प्रचार, अर्थ, स्वास्थ्य, जनपरिचालन, संस्कृति, आवास, खाद्य, सुरक्षा, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन र अभिलेखन रहेको नेकपा (एमाले) प्रचार...

फुजेल हत्या आरोपीको बयान सकियो

२०७१ वैशाख ३ गते १३:१०

चितवन, ३ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका छविलाल पौडेल र भिष्मराज पौडेलको बयान सकिएको छ । जिल्ला अदालत चितवनले मंगलबार र बुधबार उनीहरुसँग बयान लिएको हो । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको...

उप-निर्वाचनको कार्यतालिका सार्वजनिक

२०७१ वैशाख ३ गते १२:४९

काठमाण्डु,३ बैशाख – निर्वाचन आयोगले उप – निर्वाचनका लागि उमेद्वारी दर्ताको समय तोकेको छ । आगामी असार ८ गते हुने उप – निर्वाचनका लागि आयोगले जेठ ११ गतेका लागि उमेद्वारी दर्ताको समय तोकेको छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार जेठ १५ गते...

साठी किलो चाँदीसहित दुई युवक पक्राउ

२०७१ वैशाख ३ गते १२:०१

वीरगन्ज(पर्सा), ३ वैशाख – पर्सा प्रहरीले अवैध भएको आशङ्कामा ६० किलो चाँदीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने एकजना भारतीय हुन् । नियमित जाँचको क्रममा नेपाल–भारत सीमावर्ती नाका इनर्वाबाट बुधबार बिहान उक्त परिमाणको चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले...

टिकौली जंगलबाट ३ वटा पेस्तोल बरामद

२०७१ वैशाख ३ गते ११:४९

चितवन, ३ बैशाख । सशस्त्र प्रहरीले चितवनको टिकौली जंगलमा लुकाइराखेको ३ वटा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनबाट खटिएको एपीएफ टोलीले रत्ननगर नगरपालिका ७ स्थित टिकौलीबाट तीन वटा कटुवा पेस्तोल बरामद गरेको हो । झाडीमा लुकाइराखेको अवस्थामा ति...

उपचारका लागि दिल्ली गएका ओली डेढ महिनापछि स्वदेश फर्किए

२०७१ वैशाख ३ गते १०:३०

काठमाण्डु, ३ वैसाख – नेकपा एमालेका नेता केपी शर्मा ओली भारतमा उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनी आज दिउँसो २ बजे एयर इन्डियाबाट स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दे नेता ओलीले आफु स्वदेश फर्किए लगत्तै राजनीतिमा आएको मतभेद अन्त्य हुने...

महसुल नतिर्ने सातजना पक्राउ

२०७१ वैशाख ३ गते ९:५४

चितवन, ३ वैशाख –  विद्युत प्राधिकरण भरतपुरले बक्यौता नतिर्ने २६ ग्राहकको लाइन काटिएको र विद्युत चोरी गर्ने सात जनालाई पक्राउ गरिएको बताएको छ । चितवनको रत्ननगर र भरतपुर विद्युत वितरण शाखाले छुट्टाछट्टै रुपमा विद्युत चोरी नियन्त्रण र बक्यौता असुल अभियान सञ्चालन गरेको र सोही...

प्राध्यापक आन्दोलन स्थगित

२०७१ वैशाख ३ गते ९:५२

काठमाण्डु, ३ वैशाख –  त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले त्रिवि प्राध्यापकको वृद्धि गरिएको तलब तीनहप्ताभित्र पाउने लगायत सत्रबुँदे माग पूरा हुने सहमति भएपछि दुई महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेको छ । सङ्घले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गरी त्रिवि प्राध्यापक सङ्घले राखेका मागहरु त्रिभुवन...

एकीकृत माओवादीको अवरोधपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित

२०७१ वैशाख ३ गते ९:२४

काठमाण्डु, ३ वैशाख । एकीकृत नेकपा माओवादीको अबरोधका कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज दुई पटक बसेको बैठक एकीकृत नेकपा माओवादीले अवरोध गरेपछि बिहीबार अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे बसेर...

‘दमिनी साहिली’लाई अन्तर्राष्ट्रिय पुरस्कार

२०७१ वैशाख ३ गते ९:०१

फलेवास (पर्वत), ३ वैशाख – साना व्यवसायीको संस्था जिल्ला लघुउद्यमी सङ्घ पर्वत र राष्ट्रिय लघुउद्यमी सङ्घकी अध्यक्ष  केशाकुमारी परियारलाई शान्तिका लागि व्यवसायिक अन्तराष्ट्यि पुरस्कार २०१४ ले सम्मानित गरिने भएको छ । उनलाई यो पुरस्कार नर्वेको विजनेस फर पिस प्रतिष्ठानले आगामी जेठ १ गते ओस्लोस्थित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us