समाचार

तीन दिन होइन, हजार दिन बन्द गर्न तयार रहेको राजेन्द्रको घोषणा

२०७१ चैत २४ गते ११:५७

काठमाण्डु, २४ चैत– संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले आफूहरुको मागबारे सत्तापक्ष गम्भीर नभए लामो समयसम्म बन्द हड्ताल गर्ने चेतावनी दिएका छन् । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिनको कार्यक्रम सकिएपछि बिजुलीबजारमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफूहरु...

आक्रमणका घटनाको अध्ययन गर्न पत्रकारहरुको मिसन टोली

२०७१ चैत २४ गते ११:५१

काठमाण्डु,२४ चैत- रौतहटमा केही दिनदेखि जारी आन्दोलनको क्रममा पत्रकारमाथि लक्षित गरी आक्रमणका घटनाका सम्बन्धमा अध्ययन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त ‘मिसन टोली’ खटाएको छ ।   तत्कालै कार्यरम्भ गर्ने गरी खटाइएको सो टोलीमा प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामती संयोजक...

सुशील र बामदेवलाई गिरफ्तार गर्न ३० दलीय मोर्चाको माग

२०७१ चैत २४ गते ११:४६

काठमाण्डु, २४ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई गिरफ्तार गर्न माग गरेको छ । कोइराला र गौतमले संविधान र कानून उल्लंघन गरेको भन्दै पक्रन माग गरेको हो । तीन दिने आमहड्तालको पहिलो दिनको कार्यक्रम सकिएपछि...

पसल सञ्चालक र बन्दकर्ताबीच झडप

२०७१ चैत २४ गते ११:३०

संखुवासभा, २४ चैत– तीस दलीय मोर्चाका कार्यकर्ताले बजार बन्द गर्ने आव्हान गर्दै हिड्दा स्थानीय पसल सञ्चालक र बन्दकर्ताबीच झडप भएको छ । जिल्लाको त्रिचोकस्थित मनोज बस्नेतको मोबाइल पसल र पुष्प राउतको कस्मेटिक पसल बन्द गर्न आग्रह गर्दै पुगेका बन्दकर्ता र पसल सञ्चालनबीच झडप भएको...

बन्दका क्रममा दिनभर कहाँ के भयो ? यो पढ्नुहोस्

२०७१ चैत २४ गते ११:१८

काठमाण्डु, २४ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन मुलुकका विभिन्न जिल्लामा तोड्फोड् र आगजनी भएका छन् । राजधानी काठमाण्डुमा बन्द सुरु हुनु अघि नै एउटा ट्याक्सीमा बन्दकर्ताहरूले आगो लगाएका छन् । त्यस्तै एक मोटरसाइकल पनि जलाएका छन्...

सर्लाहीमा झाडाबान्ताबाट २ जनाको मृत्यु, २२ जना बिरामी

२०७१ चैत २४ गते ११:१२

सर्लाही,२४ चैत- सर्लाहीको वसन्तपुर गाविसमा एकसातादेखि फैलिएको झाडाबान्ताले दुई जनाको मृत्यु हुनुका साथै २२ जना बिरामी भएका छन् ।   वसन्तपुर गाविस–१,बगेवा टोलामा फैलिएको झाडाबान्ताबाट स्थानीयवासी गणेश राउतका तीन महिने छोरा रोहित राउत र बद्री मण्डलकी आठ महिने छोरी नन्दनी मण्डलको मृत्यु भएको जिल्ला...

ऋषि धमलाको कुरा हार्न नसकेर को गए रिपोर्टर्स क्लब ?

२०७१ चैत २४ गते १०:४५

काठमाण्डु, २४ चैत– भारतका लागि नवनियुक्त नेपाली राजदुत दिपकुमार उपाध्यायले आफूले पाएको जिम्मेवारीबाट नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पु¥याउने बताएका छन् । राजदुत नियुक्त भएपछि पहिलोपटक रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागि भएका उपाध्यायले आफूले आफ्नो कार्यकाललाई अवसर र चुनौति दुवैको रुपमा लिएको स्पष्ट पारे ।...

सेवा केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै रिले अनशन सुरु

२०७१ चैत २४ गते १०:२९

रौतहट, २४ चैत– मंगलबारदेखि चन्द्रपुर नगरपालिकामा सेवा केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै रिले अनशन सुरु गरिएको छ । रिले अनशनमा ६ जनाको सहभागिता रहेको छ ।   उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरका अध्यक्ष वासुदेव अधिकारीको नेतृत्वमा बसेको उक्त रिले अनशनमा विनोद घिमिरे,विनोद गुप्ता,भरत आचार्य र...

बन्दकर्ता बिजुलीबजारमा केन्द्रीत, अन्यत्र आफै बन्द

२०७१ चैत २४ गते १०:०५

काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको बन्द सफल पार्न मोर्चाका कार्यकर्ताहरू बिजुलीबजारमा केन्द्रीत भएका छन् । बिजुलीबजार पछि चावहिलमा केही कार्यकर्ता देखिएका छन् । काठमाण्डुका अन्य क्षेत्रमा बन्दकर्ताहरूको नाम निसाना देखिएन । सर्वसाधारणले बन्दमा तोडफोड हुने डरले आफ्ना सवारी साधनहरू र पसल...

सिराहामा पसले र बन्दकर्ताबीच झडप हुँदा ४ जना घाइते

२०७१ चैत २४ गते १०:०४

सिराहा,२४ चैत- सिरहाको लहानमा बन्दकर्ता र पसलेबीच झडप भएको छ । झडपमा दुई पसले र दुई बन्दकर्ता गरी चार व्यक्ति घाइते भएका छन् ।   बन्दकर्ताद्वय लहान नपा–१० का नथुनी पासवान र लहान नपा–५ का ओमप्रकाश साह घाइते भएका छन् । यस्तै पसले लहान...

ठूला नेता श्रीमतीसंग बसेर टिभी हेर्दै, कार्यकर्ता सडकमा टाउको फुटाउँदै

२०७१ चैत २४ गते ९:४१

काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन मोर्चामा आवद्ध दल र तीनका नेताको अनौठो शैली देखिएको छ । बन्द तीन दिनका लागि आव्हान भएको छ, तर सडकमा ठूला नेता कोही छैनन् । धेरै जसो ठूला नेताहरू बिहानदेखि नै...

कञ्चनपुरमा मोर्चाका १० कार्यकर्ता पक्राउ

२०७१ चैत २४ गते ९:३८

भीमदत्तनगर,२४ चैत- महेन्द्रनगरस्थित सरकारी कार्यालयहरु बन्द गराउँदै हिँडेका तीस दलीय मोर्चाका १० जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नापी कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।   प्रहरीका अनुसार सरकारी कार्यालय बन्द गराउने क्रममा एनेकपा माओवादी निकट शिक्षक सङ्गठनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us