झापा, २५ चैत– पक्राउ परेका आफ्ना कार्यकताको रिहाइको माग गर्दै एकीकृत नेकपा माओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको बन्द फिर्ता भएको छ । संवाद समूहको सचिवालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि तीनबुँदे सहमति भएको थियो । सहमतिअनुसार मङ्गलबार र बुधबार बिहान पक्राउ परेका...
भक्तपुर, २५ चैत– नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले रौतहटको गौरमा सीमापारबाट भएको गोली प्रहार भारतीय सेनोले गरेको बताएका छन् । बुधबार भक्तपुरको रफ्त सञ्चार क्लबमा आयोजित अन्तरसंवादमा बोल्दै अध्यक्ष बिजुक्छेंले नेपालमा गोली वर्षाएर भारतले नेपालको संवेदनशिलता परिक्षण गरेको दावी गरे । भारतले नेपालको हरेक क्षेत्रमा...
काठमाण्डु, २५ चैत– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गोरखाका राउटे परिवारका लागि राहत संकलन गर्न लागेको बताएका छन् । भट्टराईले आज आफ्नो फेसबुक पेजमार्फत राहत संकलनको कार्य सुरु गरेको बताएका हुन् । गोरखा जिल्ला क्षेत्र नं. १ बाट सभासद्समेत रहेका भट्टराइले आफ्नो निर्वाचन...
काठमाण्डु, २५ चैत– बन्दका क्रममा घाइते भएका आफ्ना कार्यकर्ता भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । उनले बुधबार त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको अवस्था बुझेका छन् । मंगलबारको आमहड्तालका क्रममा घाइते भएका एमाओवादी कार्यकर्ता अशोककुमार राई, बाजेन्द्र राई र श्याम राईलाई...
काठमाण्डु, २५ चैत– सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी एमाओवादीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । वार्ता ३० दलीय मोर्चाद्वारा सञ्चालित आन्दोलन र संविधान निर्माणका विषयमा केन्द्रित रहेको थियो । बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्द एमाओवादीका महासचिव कृष्णबहादुर महराले सत्तापक्षीय दलहरुको अग्रसरतामा...
काठमाण्डु, २५ चैत–सात प्रदेशको संघीयतामा जाने लिखित प्रतिवद्धताबाट एमाले पछाडी हट्ने भएको छ । दलहरुबीच सहमति हुने अवस्थामा सात प्रदेशलाई स्वीकार गरिएको भन्दै एमालले सहमति नजुटेको अवस्थामा आफू चार वा पाँच प्रदेशमा फर्कने संकेत गरेको छ । एमाले र कांगे्रसले यसअघि प्रस्तुत गरेको नौ...
जाजरकोट, २५ चैत– जाजरकोटको दुर्गम गाउँमा फैलिएको अज्ञात रोगले एक सातामा चार जनाको ज्यान गएको छ । रोगबाट सयौँ मानिस बिरामी परेका छन् । जिल्लाको अर्छानी, पैंक, नायकवाडा र सक्ला गाविसमा रोग फैलिएको छ । अर्छानी–३ की १६ वर्षीया सुस्मिता जैसी, पैंक गाविसमा तीन...
बारा, २५ चैत– बाराको नरहरि गाविसमा बुधबार बिहान एक्साभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरि–२ का जितेन्द्र पण्डितको तीन वर्षीया छोरी करिश्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक बनाउन आएको सो एक्साभेटरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको...
बागलुङ, २५ चैत– आगामी शनिबार बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचन गराउन निर्वाचनमा प्रयोग हुने सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । विद्युतीय मतदान उपकरणसहित ७३ किसिमका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । ३५ मतदान...
मोरङ, २५ चैत– विद्युत् महसुल नतिर्ने उद्योगीको घरजग्गा रोक्का गरिने भएको छ । नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र विराटनगरका लेखा अधिकृत प्रमोद झाका अनुसार उद्योगी र सर्वसाधारण गरेर एक हजार ७ सय ७७ ग्राहकले महसुल नतिरेको भन्दै कालोसूचीमा राखेर घरजग्गा रोक्का गर्न तीनपुस्ते विवरण...
रौतहट, २५ चैत– चन्द्रपुरमा सेवा केन्द्र विस्तारको निर्णय फिर्ताको माग गर्दै भएको आन्दोलन आजदेखि स्थगित भएको उद्योग वाणिज्य सङ्घ रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको दुई पक्षीय वार्ता टोलीले राति १२ बजे सहमति भएकाले आजदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता...
कमल बुढा झापा, २५ चैत–तीन दिने नेपाल बन्द आह्वान गरेको ३० दलीय मोर्चाले आमहड्ताल फिर्ता लिने निर्णय गरे पनि झापामा भने बन्द कायम रहेको छ । मोर्चाको बन्द फिर्ता भए पनि एमाओवादीले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको र रिहा नगरेको भन्दै झापा...