काठमाण्डु,२६ चैत- एकीकृत नेकपा माओवादीले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको जनाउँदै ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास दिलाएको छ । नेपालको संविधान लेखन प्रक्रियामा रहेका गत्यावरोधका बारेमा युरोपेली संसद्का...
काठमाण्डु, २६ चैत– नेपाली कांग्रेस र नेकपा एमाले संघीयताको विषयलाई थाँती राखेर भए पनि संविधान जारी गर्ने निष्कर्षमा पुगेका छन् । कांग्रेस र एमालेका शिर्ष नेताको बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चैत ३० गतेसम्म एमाओवादी र मधेसवादी दलहरूसंग सहमितको प्रयास गर्ने, त्यो...
गोरखाबजार,२६ चैत- हिउँपहिराले सामागाउँमा रहेको वीरेन्द्र ताल बिहिबार बिहान सवा ६ बजेतिर फुटेको छ । मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिए । ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा...
काठमाण्डु, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार पेटको शल्यक्रिया गरिने भएको छ । थापालाई अस्वस्थ भएपछि उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकको गहन परीक्षणपछिको उनको पेटको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् । चिकित्सकको सल्लाहअनुसार...
कोपिला कँडेल बागलुङ, २६ चैत– बागलुङको उपनिर्वाचनमा एमाओवादीका उम्मेदवार बनेका कृष्णबहादुर केसीले आफू निर्वाचित भए सभासद्मार्फत आउने तलवभत्ता आफूले नलिई उत्पीडित वर्गको हितमा खर्च गर्ने बताएका छन् । एमाओवादी निर्वाचन परिचालन समिति बागलुङ्गले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले आफू विजयी भएमा...
नुवाकोट, २६ चैत– नुवाकोट, दियाले–९ का मानबहादुर तामाङले स्थानीय दलबहादुर लामालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् । प्रहारबाट दलबहादुरको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर भएका कारण उनलाई उपचारका लागि काठमाण्डु लगिएको छ । बञ्चरो प्रहार गर्ने मानबहादुरभने...
नुवाकोट, २६ चैत– नुवाकोट रातमाटे–९ मा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार रातमाटेस्थित हिमाल एग्रिटेटबाट प्रेम राई र राजन राईलाई गएराति एकथान पेस्तालसहित पक्राउ गरिएको हो । राईद्वयको साथबाट एकथान मोटरसाइकल पनि बरामद भएको छ । उनीहरूको बारे अनुशन्धान...
सिरहा, २६ चैत– सिरहाको धनगढी गाविस– ७ की एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी गाविस– ७ का सन्तोष परियारकी ४ वर्षीया छोरी अस्मिता परियार रहेको इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक वैजकुमार योगीले जानकारी दिए । अस्मिताको शव...
कञ्चनपुर, २६ चैत– विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए । स्थानीयको उजुरीका आधारमा रानालाई पक्राउ...
काठमाण्डु, २६ चैत– पूर्वयुवराज पारस शाहलाई थाइल्याण्ड सरकारले देश निकाला गरेको खुलासा भएको छ । लामो समयसम्म नवीकरण नगरेको भन्दै थाई अध्यागमनले भिसा दिन इन्कार गरेसँगै पारसलाई देश निकाला भएको हो । पारस गत धरौटी रकम बुझाएपछि थाई अदालतको आदेशमा जेलमुक्त भएका थिए ।...
महोत्तरी, २६ चैत– महोत्तरीको बर्दिवास नगरपालिका– ८ मनहरिपुरमा गएराति एक घरमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय रामअशिष महतोको घरमा भएको आगलागीबाट रु १२ लाख ५० हजार मूल्यको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । प्रहरी...
कञ्चनपुर, २६ चैत–बाजुरामा रुखमुनि च्यापिएर एक युवकको मृत्यु भएको छ । बुधबार एक्कासि चलेको हावाहुरीपछि रुख ढल्दा च्यापिएर जिल्लाको बडिमालिका नगरपालिका–९ का ३२ वर्षीय डम्मर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँ नजिकैको जङ्गलमा दाउरा लिन गएको बेला हावाहुरी चलेपछि...