समाचार

सत्ताकाे आडमा माउ पार्टी रहेका बेला स्वबियु निर्वाचन गर्न नहुने – बर्तौला

२०७१ वैशाख ७ गते १२:३५

काठमाण्डु, ७ वैशाख – स्वबियु निर्वाचन गर्ने बिषयमा त्रिभुवन बिश्वबिद्यालयले आज सबै बिद्यार्थी संगठनहरुसँग छलफल गरेको छ । किर्तिपुरमा भएको छलफलमा नेबि संघ र अनेरास्वबियुले तत्काल निर्वाचन गर्नुपर्ने माग गरेको छ भने अनरास्ववियु क्रान्तिकारी, राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र नेकपा माओवादी समर्थित बिद्यार्थी...

संसदीय समाचार सङ्कलनलाई सहज पार्न मिडिया सेन्टर सुधारिने

२०७१ वैशाख ७ गते १२:०४

काठमाडौँ, ७ वैशाख । संविधानसभा सचिवालयले समाचार सङ्कलन र सम्प्रेषणलाई सहज र सरल बनाउन मिडिया सेन्टरलाई सुधार गर्ने भएको छ । ललितपुरमा आज सम्पन्न संविधानसभा सचिवालय र सञ्चारकर्मीबीच ‘संसदीय सूचना सङ्कलन सम्प्रेषण  चुनौती र समाधान’ विषयक दुईदिने अन्तक्र्रिया कार्यक्रममा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले...

बक्यौता तिरे क्यासिनो पुनः सञ्चालनमा आउन सक्छ

२०७१ वैशाख ७ गते १२:०३

चितवन, ७ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्यले सरकारी राजस्व, मजदुरको तलब र होटलको दस्तुर तिरे क्यासिनो पुनः सञ्चालनमा आउन सक्ने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारी सिर्जना गर्ने, पर्यटक भित्र्याउने र...

सचिवलाइ काखी च्यापेर लाेकमान मलेसियातर्फ

२०७१ वैशाख ७ गते १२:०२

काठमाण्डु ७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की मलेसिया र थाइल्याण्डले भ्रष्टाचार नियन्त्रणका दिशामा अपनाएका उपाय एवम् अनुभव आदानप्रदान गर्न आज मलेसियातर्फ प्रस्थान गरेका छन् । ती मुलुकको सद्भावना भ्रमणका क्रममा उनले त्यहाँका भ्रष्टाचारविरुद्ध कार्यरत आयोगका उच्च पदाधिकारीसँग आपसी सहयोग...

मनोनित गर्ने २६ सिटमा जाँदैनाै – वैद्य

२०७१ वैशाख ७ गते ११:५८

कपिलवस्तु, ७ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुनःसंरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताएका छन् । अध्यक्ष वैद्यले सरकारले मनोनित गर्ने २६ सभासद् आफूहरु कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै दुवै माओवादीबीच तत्काल पार्टी एकता असम्भव...

सम्पत्ति शुद्धीकरण विभागमा पाँचसय बीस उजुरी

२०७१ वैशाख ७ गते ११:३९

काठमाण्डु, ७ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी रूपमा आर्थिक उपार्जन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यक्रम अगाडि बढाउने भएको छ । सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने, सही प्रकृति स्रोत, स्थान, स्वामित्व वा सो सम्पत्तिमाथिको अधिकार लुकाउने,...

दुई विधेयकमाथि छलफल सुरु

२०७१ वैशाख ७ गते १०:०८

काठमाण्डु, ७ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा बेपत्ता भएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७० माथि सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । छलफलमा नेपाली काँग्रेसका रमेश लेखकले मुलुकको शान्ति र रुपान्तरणका लागि विधेयक प्रस्तुत भएको तथा यसमा गम्भीर अपराधका घटनामा...

द्वन्द्वका सबै घटना सत्यनिरुपण आयोगको अधिकार क्षेत्रभित्र ल्याइनुपर्ने

२०७१ वैशाख ७ गते ८:५१

काठमाण्डु, ७ वैशाख –  एकीकृत नेकपा माओवादी र नेकपा – माओवादीले द्वन्द्वकालिन सबै घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र ल्याइनुपर्ने बताएका छन् । एमाओवादी नेता देवेन्द्र पौडेल र नेकपा – माओवादीका सचिव देव गुरुङले अदालतमा द्वन्द्वकालिन घटनाको मुद्दा चलाइए मुख्य पार्टीका नेता र...

क्यासिनो आजबाट बन्द

२०७१ वैशाख ७ गते ८:४७

काठमाण्डु, ७ वैशाख – रोयल्टी र जरिवाना वापतको रकम नबुझाएका तथा नविकरण नगरेर गैरकानूनी ठहरिएका क्यासिनो आजबाट बन्द भएका छन् । क्यासिनो बन्द भएसँगै तिनमा कार्यरत करिब ११ हजार कर्मचारी बेरोजगार बन्न पुगेका छन् । विभिन्न क्यासिनोहरुले रोयल्टी र जरिवानावापत सरकारलाई १ अर्ब ६ करोड...

मन्दिर दर्शनका लागि हिँडेको एक मिनेटमै दुर्घटनामा परेपछि…

२०७१ वैशाख ७ गते ८:००

धुर्कोट (गुल्मी), ७ वैशाख – गुल्मी दरबारदेवीस्थानमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरबारदेवीस्थानबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज २५२९ नम्बरको जिप दरबारदेवीस्थान गाविस–८ स्थित म्याल पोखरा भन्ने ठाउँमा दुर्घटनामा पर्दा मृत्यु हुनेमा नौ वर्षीय  दिवस सारु, अन्दाजी ३५ वर्षीय...

चालिस प्रतिशत बालबालिका श्रमको जोखिममा

२०७१ वैशाख ७ गते ७:५५

भक्तपुर, ७ वैशाख –  महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव तथा बालबालिका शाखा प्रमुख डा किरण रुपाखेतीले नेपालमा ४० प्रतिशत बालबालिका प्रत्यक्षय रुपमा श्रमिक रहेको बताएका छन् । भक्तपुर जिल्लालाई आगामी पाँच वर्षभित्र बालश्रममुक्त जिल्ला बनाउने अभियान सुरु भएको बेलामा बाल विकास समाजले आज...

द्दन्द्दकालको मुद्दा ब्युँताएर राजनैतिक गतिरोध बढाउन हुन्न – पौडेल

२०७१ वैशाख ७ गते ७:४०

दमक, ७ बैशाख – कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीलाई जनताहरुले आममाफी दिइसकेको बताएका छन् । दमकमा आज पत्रकारसँग कुरा गर्दे उनले जनताले आममाफी दिएकै कारण एकीकृत माओवादी संविधानसभाको चुनावमा तेस्रो स्थानमा पुगेको बताए । द्दन्द्दकालको मुद्दा ब्युँताएर राजनैतिक गतिरोध बढाउन नहुने उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us