समाचार

‘सरकारले नयाँ क्यासिनो मालिक भित्र्याउन लागेको छ’

२०७१ वैशाख ८ गते ११:५९

काठमाण्डु, ८ वैशाख  –  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले राज्य र व्यवसायीहरुको गलत नीति र रवैयाका कारण मजदुरहरुको रोजीरोटी खोसिने अवस्था सिर्जना भएको जनाएको छ । सरकारले क्यासिनो बन्द गराएर १३ हजार मजदुरलाई बेरोजगार बनाएको विरोधमा आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका संयोजक रामदीप आचार्यले...

बुधबारदेखि सहजै डिजेल तथा पेट्रोल पाउने

२०७१ वैशाख ८ गते ११:२६

काठमाण्डु, ८ बैशाख – केही दिनयता पेट्रोलियम पदार्थको आपूर्ति सहज बन्न थालेकाले आगामी बुधबारदेखि अपभोक्ताले पालो नपर्खिकन डिजेल तथा पेट्रोल पाउने नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगम (आइओसी)ले एक साता देखि निरन्तरको कटौतीलाई कम गर्दै लगेकाले उपभोक्ताले सहजरुपमा पेट्रोलियम पदार्थ पाउने भएका...

अमेरिकी राजदुतलाइ जेल हाल्नुपर्छ : रामनारायण विडारी

२०७१ वैशाख ८ गते ११:१८

काठमाण्डु, ८ बैशाख – सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्वन्धी संसदमा छलफल भइरहेकोे विद्येयक बारे नेपालस्थित् विदेशी राजदुत, मानवअधिकार उच्चाआयुक्त नेभी पिल्लेले दिएको अभिव्यक्तिलाइ लिएर एमाओवादीका सभासद रामनारायण विडारीले अमेरिकी तथा युरोपियन युनियनका राजदुतहरुलाइ जेल हाल्नुपर्ने चेतावनी दिएका छन रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार...

सहमतिमा सभापति चयन हुन नसकेपछि शुक्रबार निर्वाचन हुने

२०७१ वैशाख ८ गते १०:२२

काठमाण्डु , ८ वैशाख –  सहमतिमा सभापति चयन हुन नसकेपछि आगामी शुक्रबार निर्वाचन हुने भएको छ । सहमति आधारमा सभापति चयन गर्न दलहरु बिफल भएपछि सभामुख सुबास नेम्बाङले आज निर्वाचनको मिति तय गरेका हुन् । सभापतिका लागि उम्मेद्वारीको समय बिहीबार दिनभरीका लागि तोकिएको छ...

सगरमाथा आरोहणमा खटिने कामदारको बिमा रकम दोब्बर

२०७१ वैशाख ८ गते ९:५९

काठमाण्डु, ८ वैशाख – सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार पथप्रदर्शक, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको बिमा सन् २०१४ को...

दलीय सहमति कायम गर्न आवश्यक तयारी भइरहेको

२०७१ वैशाख ८ गते ९:५६

दमक, ८ वैशाख  – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक संविधान समयमै जारी गर्नका लागि वर्तमान सरकारले दलीय सहमति कायम गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् । दमकस्थित काँग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाटमा मन्त्री निधिले वर्षदिनभित्रै जनताले...

एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन सार्न तीब्र दवाव

२०७१ वैशाख ८ गते ९:३१

काठमाण्डु, ८ वैशाख –  बिराटनगरमा आगामी बैशाख १८ गतेदेखि गर्ने भनिएको राष्ट्रिय सम्मेलन सार्ने बिषयमा एकीकृत नेकपा माओवादीभित्र परामर्श सुरु भएको छ । केही साता सम्मेलन सार्नका लागि केन्द्रीय सदस्यहरुले नेतृत्वलाई तीब्र दवाव दिएपछि परामर्श सुरु भएको हो । सम्मेलन सार्ने विषयमा एकीकृत माओवादीका...

हिमपहिराेमा ज्यान गुमाएका आरोहीको काठमाण्डुमा शवयात्रा

२०७१ वैशाख ८ गते ८:५७

काठमाण्डु, ८ वैशाख –  सगरमाथा आधारशिविरमा केही दिनअघि  हिमपहिराेमा ज्यान गुमाएका आरोहीमध्ये छ जनाको आज काठमाण्डुमा शवयात्रा गरिएको छ । आरोही निमा शेर्पा, फुरवाङ्देल शेर्पा, फुर्तेम्बा शेर्पा, आङ्काजी शेर्पा, दोर्जे खत्री र आसमान तामाङको पार्थिव शरीरलाई बौद्धबाट चाबहिल, गौशाला, बानेश्वर, पुतलीसडक, जमल हुँदै लैनचौरमा...

कसजु प्रकरणको विरोध

२०७१ वैशाख ८ गते ८:५४

काठमाण्डु, ८ वैशाख – नेपाल पत्रकार महसङ्घले राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त विनय कसजूलाई अनुसन्धानका लागि भनेर प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गरेको छ । गत शुक्रबार पूर्वप्रमुख आयुक्त कसजूलाई प्रहरीले नियन्त्रणमा लिई केही समयपछि छाडेको थियो । उनको कम्प्युटर प्रहरीले एक दिन नियन्त्रणमा...

सामुदायिक वनमा शव

२०७१ वैशाख ८ गते ८:०७

बागलुङ, ८ वैशाख – नरेठाँटी गाविसस्थित सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । चार दिनेदेखि बेपत्ता नरेठाँटी गाविस–४ का ५२ वर्षीय अमर साहनीको साइनपाटा सामुदायिक वनको झाडीमा शव फेला परेको प्रहरीले बताएको छ । स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला...

जघन्य अपराधका दोषीलाई माफी दिन सकिँदैन–सञ्चारमन्त्री

२०७१ वैशाख ८ गते ७:३६

विराटनगर, ८ वैशाख – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले द्वन्द्व बल्झाउने खालको सत्य निरुपण तथा मेलमिलाप आयोग नआउने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता डा रिजालले आयोगमा बेपत्ता नागरिकका परिवारलाई राहत दिने व्यवस्था हुने जानकारी दिए । आयोगको...

यातायत व्यवस्था कार्यलयबाट ४३ जना दलाल पक्राउ

२०७१ वैशाख ८ गते ७:१३

ललितपुर, ८ बैशाख – ललितपुर प्रहरीले यातायत व्यवस्था कार्यलय कुसुन्तीबाट ४३ जना दलालहरुलाई पक्राउ गरेको छ । जावलाखेलबाट खटेको प्रहरी निरिक्षक नरेन्द्र चन्द र समिरचन्द्र खरेलको संयुक्त टोलीले आज बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिए । उनीहरुलाइ अहिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us