समाचार

बागलुङको उपनिर्वाचनमा मतदान सुरु

२०७१ चैत २८ गते ४:००

  बागलुङ, २८ चैत – बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । उन्नाइस गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो । आज ७ बजे...

सुवास नेम्वाङले भने ,‘संविधान निर्माणमा पनि यस्तै ऐक्यबद्धता रहोस्’

२०७१ चैत २८ गते ३:५०

काठमाण्डु, २८ चैत – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिए । महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कोपण्डोल पुग्नुभएका अध्यक्ष नेम्वाङले...

सफाइ अभियानको एकताले सहमतिका आधारमा संविधान बनाउन बल पुगेको छ : प्रचण्ड

२०७१ चैत २८ गते ३:४९

काठमाण्डु, २८ चैत– बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिनकुने क्षेत्रमा सहभागी भएर अभियानमा लागेकालाई हौसला प्रदान गरेका छन् । अध्यक्ष दाहालसँगै सोही दलका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सोही स्थानमा सहभागी...

बागमती सफाइ अभियानमा कुन नेता कहाँ ?

२०७१ चैत २८ गते ३:२९

काठमाण्डु, २८ चैत– बागमती सफाइ अभियानमा थालिएको १०० औं हप्ताको अवसरमा शनिबार सुरु गरिएको विशेष अभियानमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला पशुपति–तिलगंगा क्षेत्रबाट अभियानमा सरिक भएका छन् । एमालेका अध्यक्ष केपी ओली थापथलीबाट सफाइ अभियानमा जुटेका छन् । त्यसै उपाध्यक्ष भीम रावललगायतका...

बागमती सफाइका लागि विशेष अभियान सुरु, सुन्दरीजलदेखि चोभारसम्म मानव साङ्लो

२०७१ चैत २८ गते २:३६

काठमाण्डु, २८ चैत– बाग्मतती सफाइमा मानवसाङलो बाग्मती सफाइ अभियान थालिएको १०० हप्ता पुगेको अवसरमा शनिबार विशेष अभियानको सुरुवात भएको छ । शनिबारको विशेष अभियानअन्तर्गत बाग्मती नदीमा सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो मानव साङलो बनाइएको छ। अभियानको सुरुवात रष्ट्रगानबाट गरिएको छ । अभियान कार्यक्रममा प्रधानमन्त्री...

ज्ञानेन्द्र दिल्ली जाँदा विमानस्थलमा यस्तो नाराबाजी

२०७१ चैत २७ गते १५:०८

काठमाण्डु, २७ चैत– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पत्नि कोमलका साथ भारत भ्रमणमा गएका छन् । उनी विमानस्थल पुग्दा त्यहाँ जम्मा भएका राजावादी कार्यकर्ताले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए । समथर्कले राजतन्त्रको पक्षमा नाराबाजी गर्दा ज्ञानेन्द्रले मुसुमुसु हाँस्दै दुई हात जोडेर नमस्कार...

प्रचण्डलाई क्षमा नदिने उपेन्द्रको घोषणा

२०७१ चैत २७ गते १४:५०

विराटनगर, २७ चैत– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई धोका दिएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले प्रचण्डले दिएको धोका अक्षम्य भएको बताए । प्रचण्ड सत्ताको मोहमा फसेर ३०...

सहिद तथा घाइते परिवारको प्रधानमन्त्रीसँग गुनासो

२०७१ चैत २७ गते १४:४९

काठमाण्डु,२७ चैत-विभिन्न आन्दोलनमा सहिद भएकाको परिवार र घाइतेको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइराला समक्ष सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रले शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।   देश, जनता र राष्ट्रका लागि जीवनको बलिदान गरेर नेपाली जनताको हक,अधिकार र तत्कालीन दमनकारी...

पूर्व संविधानसभा सदस्यको राहादानी किर्ते गर्ने महिला पक्राउ

२०७१ चैत २७ गते १३:००

काठमाण्डु,२७ चैत– कुटनीतिक राहदानी किर्ते गरी प्रयोग गर्ने कार्यमा संलग्न फरार एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । म्याग्दी मल्कावाङ्ग– ५ की ३२ वर्षीया सिता छन्त्याल भन्ने लिला छन्त्याललाई काठमाण्डु महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो ।   तत्कालीन संविधानसभा सदस्य गायत्री साहको राहदानी...

बाग्मती सफाई अभियानमा सहभागी हुँदै दुई माओवादीका कायकर्ता

२०७१ चैत २७ गते १२:४२

काठमाण्डु,२७ चैत- एकीकृत नेकपा माओवादीले बाग्मती सफाइ महाअभियानमा सक्रिय सहभागिता जनाउन आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।   एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका नेता तथा कार्यकर्ता,समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन...

प्रचण्डले ‘ब्लण्डर’ गरेको रिपोर्ट लिएर दिल्ली उडे ‘रअ’ प्रमुख 

२०७१ चैत २७ गते १२:१९

काठमाण्डु, २७ चैत– भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख प्रभातसिंह शुक्रबार दिल्ली गएका छन् । नेपालमा विकसित पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनी अपरेशन प्रमुखलाई लिएर दिल्ली उडेको श्रोतले जनायो । स्रोतका अनुसार प्रचण्डले आफू नेतृत्वको ३० दलीय मोर्चाको तीन दिने आमहड्ताल बीचैमा...

सत्ताको लोभमा प्रचण्डले आन्दोलन तुहाएः उपेन्द्र यादव

२०७१ चैत २७ गते १२:१४

विराटनगर, २७ चैत– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता प्राप्तिको लालचाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन तुहाएको आरोप लगाएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरूसंग कुरा गर्दै अध्यक्ष यादवले मागहरू सम्बोधन नहुँदै चैत २५ र २६ गतेको नेपाल बन्द फिर्ता लिएर प्रचण्डले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us