समाचार

फोरम नेपालमा चर्कियो विवाद

२०७१ जेठ ९ गते ६:०४

काठमाण्डु, ९ जेठ–  अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कमिटी पुन: गठन गरेसँगै मधेसी जनअधिकार फोरम, नेपालभित्र विवाद बढेको छ । अध्यक्षले आफूहरुसँग सल्लाह नै नगरी कमिटी पुनर्गठन गरेको भन्दै वरिष्ठ नेता भरतविमल यादव, रामचन्द्रराय यादव, अभिषेकप्रताप साह, अरमेशनारायण झा, अर्जुन थापा, मोहम्मद इस्तियाक राई...

मन्त्रिपरिषदको निर्णय मन्त्रालयले उल्ट्यायो

२०७१ जेठ ९ गते ५:०२

परासी, ९ जेठ– खोलाहरूमा एक्साभेटरको प्रयोग गर्न नपाइने मन्त्रिपरिषद्को निर्णयलाई उल्टाउँदै स्थानीय विकास मन्त्रालयको निर्देशनमा नवलपरासीको केरुङगे खोलामा धमाधम एक्साभेटरको प्रयोग भइरहेको छ । आर्थिक प्रलोभनमा परेर सचिवस्तरीय बैठकले खोलामा एक्साभेटर लगाउन दिएको आरोप स्थानीयवासीले लगाएका छन् । प्रतिबन्ध लगाइएको खोलामा अनुमति नलिई एक्साभेटरको...

संसदीय सुनुवाई समितिले न्यायाधीशसँग बयान थाल्यो

२०७१ जेठ ९ गते ४:४९

काठमाण्डु, ९ जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायापरिषद्वारा सिफारिस ८ स्थायी न्यायाधीशका सम्बन्धमा सुनुवाई सुरु गरेको छ । समितिले आज न्यायाधीशमा सिफारिस गरिएका मध्ये वैद्यनाथ उपाध्यायसँग उनीविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको छ । पुनरावेदन अदालतमा छँदा आर्थिक प्रलोभनमा परी एकीकृत माओवादी नेता बालकृष्ण ढुंगेललाई...

भट्टराईले मागे रायमाझीलाई महासचिव र यमीलाई कोषाध्यक्ष

२०७१ जेठ ९ गते ४:३४

काठमाण्डु, ९ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफू पक्षधर केही नेतालाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अडान राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बिहान बसेको पदाधिकारी बैठकमा उनले टोपबहादुर रायमाझीलाई महासचिवसहित संसदीय दलको उपनेता र पत्नी हिसिला यमीलाई कोषाध्यक्ष बनाउन माग गरेका...

कैदीका क्रियाकलाप सिसी क्यामेराबाट निगरानी

२०७१ जेठ ९ गते २:००

इलाम, ९ जेठ – जिल्ला कारागार इलाममा कैदीबन्दीबीच एकआपसमा झगडा बढ्न थालेपछि कारागार प्रशासनले सिसी क्यामेरा जडान गरेको छ । इलाम, ९ जेठ – जिल्ला कारागार इलाममा कैदीबन्दीबीच एकआपसमा झगडा बढ्न थालेपछि कारागार प्रशासनले सिसी क्यामेरा जडान गरेको छ । कारागारभित्र हुने अवाञ्छित क्रियाकलापको...

‘सुवेदी’ थर नदेखेपछि दुई मन्त्रीबीच भनाभन

२०७१ जेठ ९ गते १:४९

काठमाण्डु, ९ जेठ –मन्त्रिपरिषदको बिहीबारको बैठकमा सहसचिवहरुको पदस्थापना र सरुवाको बिषयलाई लिएर दुई मन्त्रीबीच भनाभन भएको छ । सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र अर्थमन्त्री रामशरण महतबीच जगेडाका सहसचिवको सरुवा नगरिएको भन्दै विवाद भएको हो । अर्थमन्त्री महतले आफ्नो मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयको जगेडामा...

उपचुनावका लागि कांग्रेसले उम्मेदवार तोक्यो

२०७१ जेठ ९ गते १:३०

काठमाण्डु, ९ जेठ – संविधानसभाको उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार तोकेको छ । बिहीबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले आगामी ८ असारमा चार क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोकेको हो । कांग्रेसले काठमाण्डु २ मा दीपकप्रसाद कुइँकेल, चितवन ४ मा रामकृष्ण घिमिरे, बर्दिया १ मा...

आमाघरलाई कारबाहीको सिफारिस

२०७१ जेठ ८ गते १३:५४

काठमाण्डु, ८ जेठ – राष्ट्रिय मानवअधिकार आयोगले आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि छानबिन गरी कारबाही सिफारिस गरेको छ । आमाघरका रहेका बालबालिकालाई अरुको घरमा श्रम गर्न पठाइएको भन्दै बिहीबार आयोगले छानबिन गरी कारबाही सिफारिस गरेको हो । आमाघरमा रहेका बालबालिका अन्यत्र पढाइएको विषयमा आयोगमा उजुरी...

कञ्चनजंघा हिमालमा दुई नेपाली र एक विदेशी पुरिए

२०७१ जेठ ८ गते १२:४०

ताप्लेजुङ, ८ जेठ– विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका लागि गएका दुई स्वदेशी पर्यटकसहित तीन जनाको हिमपातका कारण मृत्यु भएको छ । मृत्यु हुनेममा संखुवासभा ताम्कु–५ का २४ वर्षीय तेम्बा शेर्पा, २८ वर्षीय दावा वाङजु शेर्पा र ३५ वर्षीया भारतीय महिला चन्दा गायनको मृत्यु...

भट्टराईपक्ष केन्द्रीय समितिमा फर्कियो

२०७१ जेठ ८ गते १२:३२

काठमाण्डु, ८ जेठ– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष केन्द्रीय समितिमा फर्किएको छ । भट्टराईसहित उनी पक्षधर २९ जना बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । आफ्नो पक्षलाई माइनस गरिएको भन्दै भट्टराई पक्षका १६ जनाले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न अस्वीकार...

राप्रपाका थप दुई नेताद्वारा जिम्मेवारी अस्वीकार

२०७१ जेठ ८ गते १२:२८

काठमाण्डु, ८ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका थप दुई नेताले अध्यक्ष सूर्यबहादु थापाले तोकेको जिम्मेवारी अस्वीकार गरेका छन् । थापाले विधिविपरीत र बिनासल्लाह मनोनयन गरेको भन्दै उनीहरुले बिहीबार विज्ञप्ति निकालेर जिम्मेवारी अस्वीकार गरेका हुन् । यसरी जिम्मेवारी अस्वीकार गर्नेमा राजनीतिक समितिका संयोजक परशुराम खापुङ...

मोहनविक्रम भन्छन्, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्दैन’

२०७१ जेठ ८ गते १२:०७

काठमाण्डु, ८ जेठ– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । सिंहले नेपालका कम्युनिष्ट पार्टीहरु १० तिर फर्किएकाले एउटै केन्द्र असम्भव रहेको बताए । एकताको आधार विचार, राजनीति, दर्शन र कार्यक्रम रहेको भन्दै उनले हरेक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us