काठमाण्डु, २८ चैत– झापामा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको कन्काई नगरपालिका–७ मा शुक्रबार राती स्थानीय मानबहादुर शेर्पाको मृत्यु भएको हो । रातको समयमा बाटो काट्दै गरेका ४५ वर्षीय शेर्पालाई जीपले ठक्कर दिएर मृत्यु भएको प्रहरीले बताएको छ । चालकलाई पक्राउ गरी...
काठमाण्डु,२८ चैत-उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम शनिबारदेखि वैशाख ६ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक १३ औँ महासभामा भाग लिन शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । महासभालाई उपप्रधानमन्त्रीले आइतबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनका सञ्चार...
काठमाण्डु, २८ चैत–प्रधानमन्त्री सुशिल कोइरालाको शैक्षिक योग्यता कति हो ? भन्ने प्रश्नको यकिन जवाफ धेरैलाई थाहा छैन । आफ्नो पढाई स्वयं प्रधानमन्त्री कोइरालालाई थाहा नहुने कुरा भएन, तर उनी सार्वजानिक गर्न चाहादैनन् । संविधानसभा सचिवालयलाई बुझाएको ‘बायोडाटा’मा कोइरालाले शैक्षिक योग्यता खाली छाडेका छन् ।...
काठमाण्डु,२८ चैत- दश वर्ष लामो सशस्त्र द्वन्द्वका बेला आफन्तजन गुमाएका व्यक्तिहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरिएपनि अन्ततः दोषीमाथि कारवाही हुने छ भन्नेमा ढुक्क बन्न सकेका छैनन् । विसं २०६२ मङ्सिर १५ गतेका दिन बनेपाका राजभाइ रञ्जितकार बेपत्ता भए...
जनकपुर, २८ चैत–कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा सुशील कोइराला उम्मेदवारी दिन पछाडि हटे आफू अगाडि बढ्ने बताएकी छन् । जनकपुरको कपिलेश्वर– १६ मा निर्मित विश्व विवेकानन्द शिक्षा सदनको शनिबार उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले आफू सभापतिका लागि योग्य उम्मेदवार भएका कारण पछाडि...
भक्तपुर,२८ चैत-नयाँवर्षको आगमनसंगै भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ शुक्रबारु बिहान गःहिटी ल्याइएको छ । शुक्रबार साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ शनिबार बिहान प्रहरीले गःहिटी ल्याएको हो । रथ तान्ने क्रममा र जात्रामा ढुङ्गा हानाहान...
इटहरी,२८ चैत- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति,शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यकक्षमा एक साताअघि लगाइएको ताला खोल्न दबाब बढेको छ । तालाबन्दीको निन्दा गर्दै तत्काल ताला खोल्न शिक्षक र कर्मचारीका आधिकारिक सङ्गठन र प्रतिष्ठान व्यवस्थापनले दबाब दिएका छन् । केही...
उदयपुर, २८ चैत– कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री डा नारायण खड्काले एमाओवादीसहितका विपक्षी दललाई वार्ताको माध्यमबाट सहमतिमा ल्याएर सहमतिको संविधान बनाउन निर्णायक प्रयास गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुर शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटमा उनले पार्टी सभापति एवम्...
काठमाण्डु, २८ चैत– उपराष्ट्रपति परमानन्द झा बाग्मती सफाइ महाअभियानमा सहभागीलाई हौसला प्रदान गर्न गुह्येश्वरी क्षेत्रमा सहभागी भएका छन् । सफाइमा सहभागी भएपश्चात झाले सफाइ महाअभियानले वातावरण र नदी संरक्षणमा सघाउ पुगेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै भारतीय राजदूत पनि पशुपति–तिलगंगा क्षेत्रको...
सिरहा, २८ चैत– जिल्लाको सीमावर्ती गाविस भगवानपुर–५ बाट प्रहरीले कोरेक्स नामक दुई सय बोतल लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर– ५ का २९ वर्षीय मनोज यादव र सोही ठाउँका २८ वर्षीय बालकृष्ण यादव रहेका छन् । विशेष सूचनाको आधारमा यादवद्वयलाई...
काठमाण्डु, २८ चैत–एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिनगर हुँदै शङ्खमूल क्षेत्रमा बाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै नेता नेपालले बाग्मती अभियानले विकासको अन्य काम गर्नका लागि...
काठमाण्डु २८ चैत– प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै त्यसमा ढुक्क हुन आग्रह गरेका छन् । बाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार बिहान पवित्र तीर्थस्थल पशुपतिक्षेत्र नजिक तिलगङ्गा क्षेत्रमा भएको विशाल सभालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड, तराई, महिला,...