काठमाण्डु, १० जेठ– एकीकृत नेकपा माओवादीले आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाण्डु–२ मा लीलामणि पोखरेल, चितवन–४ मा खुशीराम पाख्रिन, बर्दिया–१ मा भुवनकुमार थारु र कैलाली– ६ मा रामसमझ रानालाई उम्मेदवार बनाउने...
काठमाण्डु, १० जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र फर्काएरै छाड्ने जिकिर गरेका छन् । पार्टीको पहिलो महाधिवेशनको शनिबार राजधानीको खुलामञ्चमा सम्बोधन गर्दै थापाले विधिसम्मत ढंगले राजतन्त्र फर्काउने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जतिसुकै बेला नागार्जुनबाट नारायणहिटी ल्याउन सक्ने उनको भनाइ थियो ।...
काठमाण्डु, ११ जेठ– एकीकृत नेकपा माओवादीको नेतृत्व चयनका लागि पहिलो चरणमा पेलिट्ब्युरो सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको निर्वाचन असन्तुष्ट बाबुराम भट्टराई पक्षले भने बहिस्कार गरेको छ । संस्थापन पक्षले विराटनगर राष्ट्रिय सम्मेलनबाट एक पक्षीय रुपमा...
काठमाण्डु, १० जेठ– साझा प्रकाशनकी अध्यक्ष एवम महाप्रबन्धक ममता झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् । झाले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा घोषणा गरिन् । पत्रकार सम्मेलनमा झाले दयनीय अवस्थामा रहेको साहित्यिक संस्था साझा प्रकाशन अध्यक्ष तथा महाप्रवन्धक...
इलाम, १० जेठ– किशोरी अपहरणमा संलग्न रहेको आरोपमा पाँचथर चिलिङ्देन–१ निवासी कुवेरमान नेम्बाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पाँचथर लुङरुप्पा–६ निवासी १५ वर्षीया एक किशोरीलाई इलामको फाकफोक–३ स्थित आफन्तको घरबाट गत जेठ १ गते राति अपहरण गरेको आरोप प्रहरीले लगाएको छ । किशोरीलाई...
काठमाण्डु, १० जेठ– नेपाली चलचित्रका अभिनेता राजेश शमालले विहे गरेका गरेका छन् । ५० वर्षीय हमालले धरान सुनसरीकी २८ वर्षीया मधु भट्टराईसँग विवाह गरेका हुन् । उनीहरुको सीमित साथीभाई र आफन्तको उपस्थितिमा शनिबार राजधानीको अन्नपूर्ण होटलमा हिन्दू परम्पराअनुसार विवाह भएको हो । हमाल र...
काठमाण्डु, १० जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदद्वारा सर्वोच्च अदालतका लागि सिफारिस थप दुई प्रस्तावित न्यायाधीशको सुनुवाई गरेको छ । समितिको सिंहदरबारमा शनिबार बसेको बैठकमा दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायाको सुनुवाई सकिएको हो । बैठकमा सभासदहरुले न्यायाधीशहरुका नैतिक आचरण, विगतमा गरेका विवादास्पद फैसला र...
काठमाण्डु, १० जेठ –प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टीका नेताहरुसंग छलफल गरेका छन् । वालुवाटारमा पार्टीका पदाधिकारीहरुलाई बोलाएर प्रधानमन्त्री कोइरालाले भारत भ्रमणका विषयमा छलफल गरेकाे उनकाे निजी सचिवालयले जनाएको छ । बैठकमा काँग्रेसका नेताहरुले सपथ ग्रहण समारोहका लागि हुने यो भ्रमण औपचारिकताको लागि मात्रै...
काठमाण्डु, १० जेठ – सहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । काठमाण्डूका केही ठाउँमा अहिले सामान्य हुरीवतास सहित पानी परिरहेको छ । लामो खडेरपछि पानी पर्दा राहत महसुस भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै मौसम बदली भएको हो । विशेष...
विराटनगर, १० जेठ – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै सात जना प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा प्रक्रिया सञ्चालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले प्रहरी निमावलीलाई लोकसेवा आयोगले सहमति दिएको हुनाले सरकारले...
वीरगञ्ज, १० जेठ – अवैध सामान लोड गरिएको एउटा ट्रक पर्सा प्रहरीले लिपनीबिर्ताबाट नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पथलैया तर्फ जाँदै गरेको ना ४ ख २१४८ नम्बरको ट्रकमा चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान फेला परेकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला...
उदयपुर, १० जेठ– उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा शनिबार परेको चट्याङ लागेर दुईको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । चट्याङ लागेर साउने गाविस–९ टोड्केका ३६ वर्षीय डम्बर मगर र भलायाडाँडा–३ का ६५ वर्षीय सन्तबहादुर राईको मृत्यु भएको हो । घरमै...