कपिलवस्तु, ११ जेठ – विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पानी सुकाइएपछि त्यहाँ रहेका दुर्लभ जलचर धमाधम मर्न थालेका छन् । पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय कपिलवस्तुले तालको पश्चिमतर्फको फाटक मर्मत गर्न भन्दै पानी सुकाएपछि तालका जलचरको अस्तित्व सङ्कटमा परेको हो । ताल सुकाउँदा त्यहाँ...
काठमाण्डु, ११ जेठ– संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले ७ क्वीन्टल चरेश काण्डमा आफूले तारेखमा छोडेर गल्ती नगरेको दावी गरेका छन् । सभासदहरुले करोडौं रकम लिएर तारेखमा छाडेको भन्ने आरोपबारे प्रश्न गरेका थिए । जवाफमा श्रेष्ठले त्यो मुद्दामा आफूले...
काठमाण्डु, ११ जेठ– संसदीय सुनुवाई विशेष समितिमा रहेका केही सभासदले प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रलाई ‘क्लिन चिट’ दिएका छन् । सबैभन्दा कम उजुरी परेको भन्दै गोपाल दहित, शिवजी यादव, टेकबहादुर बस्नेत लगायतले मिश्रलाई ‘क्लिन चिट’ दिएका हुन् । उनीहरुले प्रस्तावित अन्य न्यायाधीशको तुलनामा कम उजुरी...
म्याग्दी, ११ जेठ– म्याग्दीको कुइनेमङ्गले–४ पात्लेखेतमा भालुको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । अर्की एक महिला गम्भीर घाइते भएकी छन् । लसुनबारी र पल्लो पुछारखर्कको बीचमा गाई चराउन गएको अवस्थामा जङ्गली भालुको आक्रणबाट स्थानीय ५१ वर्षीया जमायाँ पुनको ज्यान गएको हो । भालुको...
गोरखा, ११ जेठ– सरकारले जनता आवास कार्यक्रमअन्तर्गत तयार गरिएका ३० वटा नयाँ घर गोरखाका चेपाङलाई हस्तान्तरण गरेको छ । भुम्लिचोक, ताङ्लिचोक, मकैसिंङ, ताक्लुङ र घ्याल्चोक गाविसमा निर्माण भएका ती घर हस्तान्तरण गरिएको हो । यसअघि जिल्लामा सयको सङ्ख्यामा चेपाङ समुदायलाई नयाँ घर वितरण गरिएको...
काठमाण्डु, ११ जेठ– राप्रपा नेपालको राजधानीमा जारी प्रथम महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र सुरु भएको छ । काठमाण्डुको कमदालीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दशत्रमा अध्यक्ष कमल थापाले भावी कार्ययोजना समेटिएको राजनीतिक प्रस्ताव र महामन्त्री चन्द्रबहादुर गुरुङको सांगठनिक कार्ययोजना पेश गर्ने केन्द्रीय सदस्य एवम् प्रचार प्रमुख मोहन...
काठमाण्डु, ११ जेठ– आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि दलहरुले आज उम्मेवदारी दिंदैछन् । दलहरुले काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ का लागि उम्मेदवारी दिन लागेका हुन् । प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिसकेका छन् । ...
सुनसरी, ११ जेठ– गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका बेला पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै मञ्च सम्वद्ध संघीय लिम्बुवान राष्ट्रिय परिषदले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण ती जिल्लामा लामो तथा छोटो दूरीका...
सुर्खेत, ११ जेठ– पश्चिम सुर्खेतको घाटगाउँमा रहेका पाँचवटा छाउपडी गोठ भत्काइएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा वातावरण सुधार समाज सुर्खेत र दैलेखमा सञ्चालन भएको छाउपडी उन्मूलन परियोजनाले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत घाटगाउँ–७ र ८ का छाउपडी गोठ भत्काइएको हो । गाविसस्तरीय छाउपडी उन्मूलन...
जाजरकोट, ११ जेठ– पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन् । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्प्युटर अध्यापन हुने विद्यालयका लागि १० दिने आइसिटी...
गौशाला, ११ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि कर्मचारीलाई काठमाण्डु बोलाउन थालेपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीको कामकाज प्रभावित भएको छ । जिल्लामा रहेका ८४ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला शिक्षा अधिकारी, कार्यक्रम अधिकृत, लेखापाल, स्रोत व्यक्ति र इन्जिनियरलाई बयानका लागि...
बनेपा, ११ जेठ– नेपाल प्रेस युनियन काभ्रेको अध्यक्षमा कपिल कोइराला निर्वाचित भएका छन् । युनियनको पाँचौं जिल्ला अधिवेशनबाट कोइराला अध्यक्ष निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा नगेन्द्र अधिकारी, सचिवमा मधुसूदन तिमिल्सिना, कोषाध्यक्षमा मोहनकृष्ण तिमिल्सिना विजयी भएका छन् । सदस्यहरुमा सम्झना हुमागाईं, देवराज केसी, सन्तोष...