समाचार

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

२०७१ चैत ३० गते ४:१४

वीरगन्ज, ३० चैत – वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गरेको छ । आइतबार साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेका भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ...

छात्रामाथि तेजाव फ्याक्ने जीवन विकलाई ज्यान मुद्दा

२०७१ चैत २९ गते १३:३७

काठमाण्डु,२९ चैत- गत फागुन १० गते बसन्तपुरमा दुई छात्रामाथि तेजाब खन्याएको आरोप लागेका जीवन विकविरुद्ध आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाण्डु जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।   दुई छात्रामाथि तेजाव खन्याएको अभियोगमा आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता...

सर्वोच्चद्वारा शर्माको रिट खारेज

२०७१ चैत २९ गते १३:२८

काठमाण्डु,२९ चैत-सर्वोच्च अदालतले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन गरेको निर्णय सदर गरेको छ ।   प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र ओमप्रकाश मिश्रको संयुक्त इजलासले राजदूत शर्माले सरकारी निर्णयविरुद्ध दायर गरेको रिटलाई आइतबार खारेज गरेको हो ।   तत्कालीन राजदूत शर्माले पदीय मर्यादाविपरीत...

गर्मी बढ्यो, नेपालमा सर्पदंशको उपचार विधि खोजिदै

२०७१ चैत २९ गते १३:१८

काठमाण्डु,२९ चैत- गाउँघरमा अझै पनि सर्पले टोकेमा जडीबुटी दल्ने,टोकेको भागमा पोल्ने तथा ब्लेडले चिरेर रगत निकाल्ने,डोरीले बाँध्ने वा धामी झाँक्रीकोमा जानेजस्ता परम्परागत र अवैज्ञानिक उपचार विधि अपनाइन्छ ।   पछिल्ला दशकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्पदंशलाई...

बागलुङ चुनावमा एमाओवादी जिल्ल, जमानत पनि जफत

२०७१ चैत २९ गते १२:५७

काठमाण्डु, २९ चैत– बागलुङको निर्वाचन क्षेत्र नं–१ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा एमाओवादीको जमानत रकम जफत भएको छ । निर्वाचनमा एमाओवादीका कृष्ण केसीले कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा रकम जफत भएको हो । जम्मा खसेको ३८ हजार दुई...

२०७२ साल संविधानमय हुने सभाध्यक्षको दाबी

२०७१ चैत २९ गते १२:५०

काठमाण्डु,२९ चैत- प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच सभाध्यक्षको कार्यालयमा आइतबार छलफल भएको छ ।   त्यस अवसरमा उनीहरुबीच सहमतिमा संविधान जारी गर्न हालसम्म भएका प्रयासको समीक्षा र सार्थक वार्ताका लागि चाल्नुपर्ने कदममा केन्द्रित रहेर विचार–विमर्श भएको जनाइएको छ ।   प्रधानमन्त्री...

नदी किनारमा शव भेटियो

२०७१ चैत २९ गते १२:३८

कालीकोट, २९ चैत– फोइमहादेव–१ स्थित तिला कर्णाली नदीमा शनिबार हाम फाली बेपत्ता भएका नाग्म बजारस्थित कसम अधिकारीको होटलमा काम गर्ने धनबहादुर क्षेत्रीको शव फेला परेको छ । क्षेत्री मृत अबस्थामा नदी किनारामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...

प्रधानमन्त्रीले सैनिक अधिकृतलाई भने, ‘देशको जिम्मा तिम्रो काँधमा छ’

२०७१ चैत २९ गते १२:३५

काठमाण्डु,२९ चैत- प्रधानमन्त्री सुशील कोइरालाले मस्तिष्कमा समझदारी,काँधमा जिम्मेवारी तथा हृदयमा इमान्दारीको भावना राखी देश र देशवासीको सेवामा आफ्नो जीवन समर्पण गर्न सैनिक अधिकृतहरुलाई निर्देशन दिएका छन् ।   भक्तपुरको खरिपाटीस्थित नेपाल सैनिक प्रतिष्ठान आइतबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन...

निकालिए गुप्तवास राखिएका देवता

२०७१ चैत २९ गते ११:५८

ललितपुर,२९ चैत-करिब एक हप्ताअघि गुप्तवास राखिएको रातो मछिन्द्रनाथको देवतालाई आइतबार गुप्तवासबाट निकाली लिपपोत र सिङ्गार्ने काम भएको छ ।   धार्मिक परम्पराअनुसार गत २२ गते देवताको मूर्तिलाई महास्नान गरी गुप्तवास राखिएको थियो । आइतबार बिहान गुप्तवासबाट निकालिएको देवतालाई लिपपोत र सिङ्गार्ने काम सकी आगामी...

जुवाडे पक्राउ, झ्यालबाट भाग्न खोज्दा झप्पडबहादुरको मृत्यु

२०७१ चैत २९ गते ११:५१

काठमाण्डु, २९ चैत– काठमाण्डु महानगरपालिका–३५ कोटेश्वर सहयोगीनगर बस्ने ५८ वर्षीय झप्पडबहादुर शाहीको घरमा जुवातास खेल्ने पक्राउ परेका छन् । काभ्रे पोखरीचौर–५ का ५४ वर्षीय एकनाथ चौलागाईसमेत १२ जनालाई ६ बुक तास र नगद २९ हजार ३० रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।...

२० हजार कर्मचारीलाई कारवाही हुने

२०७१ चैत २९ गते ११:३७

काठमाण्डु, २९ चैत– सम्पत्ति विवरण नबुझाएका २० हजार २५४ कर्मचारीलाई कारवाही हुने भएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७०÷७१ को सम्पत्ति विवरण पेश नगर्ने ती कर्मचारी र पदाधिकारीहरूलाई जनही पाँच हजार रुपैया जरिवाना गर्न सम्बन्धित मन्त्रालय...

बाग्लुङमा नेपाली काँग्रेसकी नेत्री खड्का विजयी

२०७१ चैत २९ गते ११:३५

बाग्लुङ,२८ चैत-बाग्लुङ क्षेत्र नं. १ को उप निर्वाचनमा नेपाली काँग्रेसकी नेत्री चम्पादेवी खड्का विजयी भएकी छन् । नेत्री खड्काले १७ हजार १५४ मत ल्याएकी छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेकी मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरेकी छन् ।   त्यसैगरी, एनेकपा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us