ललितपुर,३० चैत-युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडैलले शिक्षा क्षेत्रको विकासका लागि विद्यमान शिक्षा ऐन र नीतिमा संशोधन आवश्यक रहेको बताएका छन् । नवज्योति निम्न माध्यमिक विद्यालयको रजत महोत्सवको सोमबार उद्घाटन गर्दै उनले शैक्षिक समृद्धिका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको औंल्याए । अङ्ग्रेजी माध्यमबाट...
स्याङजा, ३० चैत– केवरे–७ ताप्के जंगलको खाल्डोमा सोही ठाउँ बस्ने शोभित विककी ८ वर्षीया छोरी सोमबार मृत अवस्थामा फेला परेकी छन् । सोधपुछका लागि मृतककी कान्छीआमा र बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुुसन्धान गरिरहेको जनाएको छ ।...
पर्सा,३० चैत-वीरगन्जको बाइपास सडक खण्डमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी वीरगन्ज उपमहानगरपालिका–१३ का १६ वर्षीय अमनकुमार रौनियारको मृत्यु भएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख ३५०५ नं.को यात्रु बसले सो सडकखण्डको भिष्वा चोकमा उनलाई ठक्कर दिएको थियो । ...
काठमाण्डु, ३० चैत–एमाले अध्यक्ष केपी ओली सोमबार दिउँसो ४ः५८ बजे भीमसेन स्तम्भ धरहराको चुचुरोमा पुगेका छन् । ०७१ साललाई बिदाई गर्दै नयाँ वर्ष ०७२ लाई स्वागत गर्न र अबको वर्ष देशले धरहराले जस्तैै सफलताको उचाई चुम्छ भन्ने सन्देश दिन आफूले धरहरा चढेको ओलीले बताए...
काठमाण्डु,३० चैत- राष्ट्रिय सूचना आयोगले सोमबारदेखि हेल्पलाइन सुरु गरेको छ । सूचना माग गर्ने विधि,निवेदन दिने तरिका,दस्तुरसम्बन्धी जानकारी र सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने विधिसम्बन्धी जानकारी दिन आयोगले हेल्पलाइन सुरु गरेको हो । मंगलबारदेखि पूर्णरुपमा सञ्चालन हुने उक्त हेल्पलाईनको प्रमुख...
काठमाण्डु,३० चैत- सैनिक श्रीमती सङ्घले सैनिक परिवारका एकसय बाह्र जनालाई तालिम प्रदान गरेको छ । सैनिकका परिवारलाई व्यावसायीक तालिम प्रदान गरी स्वरोजगार बनाउन सो तालिम प्रदान गरिएको हो । परीक्षामा उत्र्तीण हुनेलाई रोजगारी समेत दिइने सङ्घले जनाएको छ । शिक्षा मन्त्रालय मातहतको...
काठमाण्डु,३० चैत- सहिद तथा घाइते सरोकार नागरिक समन्वय समितिका पदाधिकारीले आफ्नो माग सरकारले सुनुवाइ नगरेको भन्दै सोमबारबाट आमरण अनशन सुरु गरेका छन् । नेपालमा भएका विभिन्न आन्दोलनमा बलिदान गर्ने सहिद परिवार र घाइतेले राज्यले आफूहरुलाई केही नगरेको भन्दै सय वर्षीय लक्ष्मी मोक्तान लगायत...
काठमाण्डु,३० चैत-सामाजिक न्याय तथा मानवअधिकार समितिले द्वन्द्वमा परेका वास्तविक पीडितले राहत रकम पाएरनपाएकोबारे अध्ययन गर्ने भएको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा सोमबार बसेको बैठकले चारवटा उपसमिति बनाएर राहत वितरण प्रक्रिया र अवस्था,माओवादी सेनाको व्यवस्थापन,शान्ति तथा पुनःनिर्माण परियोजना र सम्पत्ति कब्जाबारे उपसमिति बनाएर आध्ययन...
काठमाण्डु,३० चैत-जिल्ला शिक्षा कार्यालयहरुले आगामी शैक्षिक सत्रका लागि संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशतसम्म शुल्क वृद्धिको अनुमति दिएकोप्रति नेकपा-माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । क्रान्तिकारीका अध्यक्ष सुरेश गौतमद्वारा सोमबार जारी विज्ञप्तिमा शुल्क वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनसमेत घोषणा गरिएको छ । ...
काठमाण्डु, ३० चैत– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक फेरी एक साताका लागि स्थगित गरेका छन् । सोमबारको बैठक पुर्व सांसद एवं एमाओवादी नेता सलिलमियाँ अन्सारीको निधनमा शोक प्रस्ताव पारिद गर्दै सकिएको हो । अर्को बैठक ०७२ बैशाख ६ गतेका लागि डाकिएको छ ।...
काठमाण्डु, ३० चैत– एकीकृत माओवादीले प्रवक्ता दीनानाथ शर्माको ‘गद्धारी’ का कारण बागलुङ क्षेत्र नम्बर–१ मा पार्टीको लज्जाजनक पराजय भएको निष्कर्ष निकालेको छ । संयोजक लीलबहादुर थापाले पार्टीको जनमत घटेको नभई शर्माकै कारण जमानत जफत भएको बताए । ‘हाम्रो जनतमत विगतको तुलनामा घटेको होइन’,...
नुवाकोट,३० चैत-सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठले देशका राजनीतिक दलहरुले विवेक गुमाउँदा देश अप्ठ्यारो स्थितिमा पुगेको गुनासो गरेका छन् । रसुवाको धुन्चेमा संविधान सूचना केन्द्र नुवाकोटले आयोजना गरेको नागरिक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश श्रेष्ठले समयमा नै संविधान नबन्दा अन्तर्राष्ट्रिय नजरमा समेत मुलुकको...