समाचार

भट्टराईले भने, ‘एमाओवादी चुनाव भारदारी सभा’

२०७१ जेठ १३ गते १३:०३

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले पार्टी नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पार्टीमा भएको निर्वाचनलाई नौटंकी र भारदारीसभा भनेका हुन् । ‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने...

एकीकृत माओवादीले छान्यो केन्द्रीय पदाधिकारी (मतपरिणामसहित)

२०७१ जेठ १३ गते १०:५४

काठमाण्डु, १३ जेठ – एकीकृत माओवादीले निर्वाचन मार्फत पदाधिकारी चयन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मङगलबार भएको निर्वाचनले ७ सदस्यीय पदाधिकारी चयन गरेको हो । निर्वाचनबाट उपाध्यक्षमा पोष्टबहादुर बोगटी र नारायणकाजी श्रेष्ठ , महासचिवमा कृष्णबहादुर महरा र सचिवहरुमा वर्षमान पुन, टोपबहादुर रायमामझी र गिरिराजमणि...

महासंघको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी : संघर्ष समिति

२०७१ जेठ १३ गते ९:४३

काठमाण्डु, १३ जेठ – स्वास्थ्य व्यवसायी संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पदाधिकारीहरुको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी दिएका छन् । समितिले महासंघमा आवद्ध सदस्य संस्थाहरुमाथि चरम शोषण गरेको, विदेशीएजेन्ट, दलालसँग मिलेर करोडौंको आर्थिक हिनामिना गरेको, सिन्डिकेट प्रथा लागू गरेको आरोप लगाउँदै...

एमाओवादीमा नयाँ प्रयोग : सहमती अनुमोदन गर्न चुनाव

२०७१ जेठ १३ गते ९:१७

काठमाण्डु, १३ जेठ – एकीकृत नेकपा माओवादीको पदाधिकारीका लागि मतदान सकिएको छ । पदाधिकारीका चयनका लागि भएको निर्वाचनकाे अहिले मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । स्थायी समिति सदस्यसहित पदाधिकारीको निर्वाचन हिजो हुने भनिए पनि तयारी नपुगेको भन्दै  सहमतीका लागि पदाधिकारी निर्वाचन आजका...

अर्मलामा अरु ठाउँमा पनि भ्वाङ

२०७१ जेठ १३ गते ८:३५

कास्की, १३ जेठ कास्कीको अर्मलामा अरु ठाउँमा पनि भ्वाङ भेटिएको छ । भुगर्भविद्हरुको टोलीको अनुसन्धानका आधारमा अरु ठाउँमा पनि भ्वाङ भेटिएको हो । भ्वाङ पर्न सक्ने संभावित ठाउमा खनेर हेर्दा अरु पाँच ठाउमा भ्वाङ भेटिएको अनुसन्धान टोलीका सदस्य भुगर्भविद् उमेशचन्द्र भुषालले जानकारी दिए ।...

मोदीद्धारा नेपाल भ्रमणको निम्तो स्वीकार

२०७१ जेठ १३ गते ७:५७

नयाँदिल्ली, १३ जेठ– नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले दिएको दिएको निम्तो स्वीकार गर्दै मोदी नेपाल आउने भएका हुन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मंगलबार भएको भेटमा कोइरालाले मोदीलाई भ्रमणको निम्ता दिएका हुन् । जवाफमा मोदीले आफू...

पर्यटन व्यवसायीमाथि प्रहरी हस्तक्षेप

२०७१ जेठ १३ गते ७:४०

काठमाण्डु, जेठ १३ – पर्यटन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । पर्यटन बोर्डविरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । व्यवसायीको कार ¥याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष...

आज कृष्ण सेन स्मृति दिवस

२०७१ जेठ १३ गते ५:१२

काठमाण्डु, १३ जेठ– पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा प्रभातफेरि आयोजना गरियो । प्रभातफेरिमा पत्रकार र साहित्यकारहरुको उपस्थिति थियो । शान्तिबाटिकाबाट...

राप्रपा नेपालको निर्वाचनमा विद्युतीय मतदानयन्त्रको प्रयोग

२०७१ जेठ १३ गते ५:०९

काठमाण्डु, १३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु  समय तोकिएको छ । सो पार्टीले निर्वाचनमा नेपालमा बनेको विद्युतीय मतदानयन्त्रको प्रयोग गरेको छ । प्रजातान्त्रिक अभ्यासका लागि विद्युतीय मतदानयन्त्रको प्रयोग गरेको पार्टी स्रोतले बताएको छ ।...

२६ सभासद् मनोनयनबारे सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग

२०७१ जेठ १३ गते ४:१९

काठमाण्डु, १३ जेठ– सरकारले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा भाग नलिएका स्वतन्त्र, विज्ञ र आदिवासी जनजातिमध्येबाट मात्र २६ सभासद् मनोनयन गर्न दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकाे छ । सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पौडेलले महान्यायाधिवक्ताको कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका...

कृष्ण सेन स्मृति अक्षयकोष स्थापना

२०७१ जेठ १३ गते ४:०२

बनेपा, १३ जेठ– काभ्रेमा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार लागि अक्षयकोष स्थापना गरिएको छ । युवा व्यवसायी रामबहादुर गौतमले सेनको बाह्रौं स्मृति दिवस पारेर बनेपामा मंगलबार आयोजित कार्यक्रममा  एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष बराबरको चेक व्यवसायी गौतमले क्रान्तिकारी पत्रकार...

काजकिरिया गरेको सात वर्षपछि जीवितै फिर्ता

२०७१ जेठ १३ गते २:४९

इलाम, १३ जेठ – मृत्यु भएको भनी काजकिरिया गरेको सात वर्षपछि एक व्यक्ति घर फर्किएपछि गाउँनै अचम्ममा परेको छ । २०२६ देखि बेपत्ता रहेको इलाम नगरपालिका–९ का तीर्थबहादुर श्रेष्ठ घर फर्कदा सारा गाउँनै अचम्ममा प¥यो यो के भयो, मरेको मान्छे पनि फर्किए भनेर श्रेष्ठका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us