सोलुखुम्बु, ५ वैशाख – सगरमाथाको आधार शिविर र शिविर–१ बीचमा हिमपहिरोमा परी आज बिहान १२ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन । सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेका कार्यक्रम अधिकृत कपीन्द्र राईका अनुसार बिहान ७ बजेतिर आधार शिविरबाट शिविर–१...
जुम्ला, ५ वैशाख – पाटनमा चौरीगाई लिन गएका चन्दननाथ– १ तलिचौर गाउँका ३६ वर्षीय एक युवकको भिरबाट लडेर ज्यान गएको छ । जुम्ला गुठीचौरी– १ चुत्रा गाउँको माथिल्लो पाटनमा रहेका आफ्ना चौरीगाईलाई भालुले मार्ने गरेको खबर सुनेपछि चौरी लिन गएका तलिचौर गाउँका देवीदत्त देवकोटा...
गोलबजार (सिरहा), ५ वैशाख – सीमावर्ती गाविस इनर्वा– ४ बाट पाँच दिन अगाडि बरामद गरिएको ठूलो परिमाणको पराग (गुट्खा) र स्याउ जिल्ला प्रहरी कार्यालय सिरहाले आज जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ । भारतीय नम्बर प्लेटको पिकअप भ्यानमा लोड गरिएको ५० बोरा पराग (गुट्खा)...
बनेपा, ५ वैशाख । काभ्रेको नाशिकास्थान गाविस–३ मा करिब ४५ वर्षीय एक व्यक्तिको शव फेला परेको छ । भगवती पाटीको मन्दिरमा फेला परेको शव पहिचानका लागि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । स्थानीयवासीले आज सो स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...
भक्तपुर, ५ वैशाख । आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुमाले टोलमो लिङ्गो ढालेर यस वर्षको लिङ्गो जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा...
वीरगन्ज (पर्सा), ५ वैशाख । वीरगन्जको घण्टाघर चोकमा अवस्थित नारायणी गेस्ट हाउसमा आज बिहान एक युवकको शव फेला परेको छ । गेस्ट हाउसको कोठा नम्बर १४ को शौचालयभित्र वीरगन्ज–८ निवासी सन्दीप क्षेत्री मृत अवस्थामा भेटिएका हुन् । लागुऔषधका प्रयोगकर्ता उनी शौचालयको ढोका भित्रैबाट बन्द...
काठमाण्डु, ५ वैशाख –नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको हो । संसदीय दलका नेता केपी शर्मा ओली उपचारबाट फिर्ता भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । महाधिवेशनका लागि तयार पारिएको कार्यतालिका...
काठमाण्डु, ५ वैशाख – आयल स्टोरमा काम गर्ने मजदुरको हत्याको बिरोधमा आजदेखि देशभरका पेट्रोलपम्प बन्द हुने भएको छ । बंगलामुखी आयल स्टोर सानो भ-याङ बालाजुमा कार्यरत नवराज न्यौपानेको माइक्रोको ठक्करले ज्यान गएपछि आन्दोलित मजदुरले पेट्रोलपम्प बन्दको घोषणा गरेका हुन् । वैशाख १ गते साँझ...
काठमाण्डु, ५ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय छलफल गर्नेे भएका छन् । संविधानसभा भवन नयाँबानेश्वरमा कोइरालाले संसद्मा जारी रहेको अवरोध, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकमा देखिएको विवाद लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । फुजेल घटनामा प्रधानमन्त्री सुशील कोइरालाको...
काठमाण्डु, ५ वैशाख – पश्चिमा राष्ट्रहरु पैसा लगानी गरेर शान्ति प्रक्रिया भाँड्न लागेको एकीकृत माओवादीले आरोप लगाए लगत्तै अमेरिकी राजतूद पीटर डब्लू बोडेले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास लाजिम्पाट पुगेर बोडेले प्रचण्डसँग भेट गरी शान्ति प्रक्रियाबारे छलफल गरेका हुन् ।...
रुपन्देही, ५ वैशाख – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्विनी अञ्चल कमिटीले लुम्विनी अञ्चल बन्दको घोषणा फिर्ता लिएको छ । बिहीवार राती अबेर सम्म नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र प्रशासन बिच भएको वार्तामा मजदुरले राखेका मागमा पुरा गर्ने सहमती भएपछि आजको बन्द फिर्ता...
काठमाण्डु, ५ वैशाख – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई बुझाउनुपर्ने रकम दिन सरकारले बेवास्ता गर्दा उपभोक्ताले एक सातादेखि पेट्रोलियम पदार्थको चर्को अभाव खेप्नुपरेको छ । आइओसीलाई बक्यौता तिर्न माघदेखि नै माग गरे पनि तीन महिनासम्म पनि रकम दिने बिषयमा अर्थ मन्त्रालयले छलफल नै...