समाचार

बोक्सीको आरोपमा कुटपिट गर्नेले भेटे सात महिना कैद

२०७१ चैत २५ गते ३:४१

सप्तरी, २५ चैत – सप्तरी जिल्ला अदालतले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई रु १० हजार जरिवाना र सात महिना कैद सजाय सुनाएको छ । सो अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच महिनाअघि बोक्सीको आरोपमा कुटपिट गर्ने रञ्जनादेवी सदालाई सो फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज दुलालले...

आमहड्ताल फिर्ता हुनु दुखद् : फोरम नेपाल

२०७१ चैत २५ गते ३:१०

काठमाण्डु, २५ चैत– मधेसी जनअधिकार फोरम नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाले चैत २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्तालको कार्यक्रम फिर्ता लिएको प्रति कडा आपत्ति जनाएको छ । मार्चाले मंगलबार बेलुका एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले विगतका सहमति र...

प्रचण्ड र गच्छदारले अन्य दललाई धोका दिए : महतो

२०७१ चैत २५ गते २:५२

काठमाण्डु, २५ चैत– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा प्रचण्ड र गच्छदार मिलेर बन्द फिर्ता लिएर अन्य दललाई धोका दिएको आरोप लगाएका छन् । बुधबार बिहान काठमाण्डुमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले आन्दोलनको लागि मधेसी मोर्चाले अब अलग ढंगबाट सोच्न...

एमाओवादी मोर्चाको बुधबार र बिहीबारको आमहड्ताल फिर्ता

२०७१ चैत २४ गते १५:११

काठमाण्डु, २४ चैत– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार र बिहीबारका लागि आह्वान गरेको आमहड्ताल फिर्ता लिएको छ । मोर्चाको मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले हड्ताल फिर्ता लिने निर्णय गरेको हो । मोर्चाले बहुमतीय प्रक्रिया रोक्न सत्ता पक्षलाई दबाब दिने भन्दै मंगलबारदेखि लगातार...

श्रीमतीलाई खाली कटुवा पेस्तोल देखाई कुटपिट गर्ने पक्राउ

२०७१ चैत २४ गते १३:३९

धनुषा, २४ चैत– क्षिरेश्वर नगरपालीका–­२ बस्ने बर्षीय मुस्लिम अन्सारीलाई प्रहरीले कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ । सोमबार राति मादक पदार्थ सेवन गरी आप्mनै श्रीमतीलाई खाली कटुवा पेस्तोल देखाई कुटपिट गर्न खोज्दा स्थानीय मानिसहरुले खवर गर्नासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो ।...

महिला स्वयंसेविकाका लागि निःशुल्क सिमकार्ड

२०७१ चैत २४ गते १३:२२

काठमाण्डु,२४ चैत-नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्डररिमकार्ड वितरण गर्ने भएको छ ।   सो सेवासम्बन्धी समझदारीपत्रमा मंगलबार मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ र टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।   सचिव...

वैशाखदेखि एकल महिलाले एक लाख पाउँदै

२०७१ चैत २४ गते १३:११

काठमाण्डु,२४ चैत- महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयले ‘एकल महिला सुरक्षा कोष’ सञ्चालन गर्ने भएको छ ।   एकल महिलाको सशक्तीकरण,क्षमता तथा मर्यादा अभिवृद्धि गरी सामाजिक न्यायको लागि जनचेतनामूलक कार्यक्रम गर्दै सामाजिक,आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले...

पहिरोमा पुरिएर पाँचको मृत्यु

२०७१ चैत २४ गते १३:०३

काठमाण्डु, २४ चैत– सुर्खेतको घाटगाउँ –६ मा झायानझानेमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाटगाउँका –७ का मनबहादुर शाही, तातापानी– ६ का प्रसादे विक, मनबहादुर नेपाली, कृष्ण विक र महेश विक रहेका छन् । सिंचाइका लागि कुलो खन्न गएका सात...

वर्षमानले भने, ‘सत्ता चलाएर आएका हौं,फेरि सत्तामा जान्छौं, दमन गर्ने प्रहरी सरुवा हुन्छन्’

२०७१ चैत २४ गते १२:५२

काठमाण्डु, २४ चैत– एमाओवादी नेता वर्षमान पुनले सरकारको दलाली गर्न प्रदर्शनकारीमाथि आक्रामक रबैया अपनाएको भन्दै सुरक्षाकर्मीमाथि आक्रोश पोखेका छन् । उनले नाम नतोकी केही प्रहरी अधिकृतले प्रधानमन्त्री र गृहमन्त्री रिझाउन सडकमा उत्तेजना प्रदर्शन गरेको आरोप लगाए । पुनले राजनीति गर्ने सोच भए बर्दी फुकालेर...

रातो मछिन्द्रनाथ रथारोहणको साइत वैशाख ६ गते

२०७१ चैत २४ गते १२:५१

ललितपुर,२४ चैत- वर्ष र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथारोहण आगामी वैशाख ६ गतेका लागि साइत जुरेको छ ।   गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार सोमबारदेखि सुरु भएको रथ निर्माणको काम दुई हप्तामा सम्पन्न गरिने र ६ गते विशेष पुजाआजाका साथ रथारोहण...

बन्द फिर्ता लिन आग्रह

२०७१ चैत २४ गते १२:२१

काठमाण्डु, २४ चैत– उद्योगी व्यवसायीहरुले ३० दलीय मोर्चाको जारी तीन दिने बन्द फिर्ता लिन आग्रह गरेका छन् । काठमाण्डुमा मंगलबार आयोजित एक कार्यक्रममा उद्योगी व्यवसायीहरूले सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिन फरक शैलीको आन्दोलन तय गर्न आग्रह गरे । जनताले दुःख पाउने र...

गाउँमा एक्कासि अज्ञात रोग पसेपछि…

२०७१ चैत २४ गते १२:०८

जाजरकोट,२४ चैत- जिल्लाका दुई गाउँका बासिन्दा पूरै बिरामी परेका छन् । अचानक सबै गाउँले बिरामी परेपछि गाउँमा सन्त्रास फैलिएको छ ।   जिल्लाको अति दुर्गम नायकवाडा गाविसको वडा नं ९ धुम र सक्ला गाविसको वडा नं ६ लुहागका स्थानीय जनता बिरामी परेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us