काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको आमहड्तालको पहिलो दिन काठमाण्डुका केही स्थानमा स्थिती तनावग्रस्त बन्दै गएको छ । उता छिमेकी जिल्ला भक्तपुरमा बन्दको खास प्रभाव छैन । भक्तपुरको सूर्यविनायकमा केही बन्दकर्ताहरू नारा लगाएर बसेका छन् । बाँकी क्षेत्रमा स्थिती सामान्य छ ।...
विराटनगर, २४ चैत– कोसी राजमार्ग अन्तर्गत मोरङको टंकीसिनुवारीबाट प्रहरीले सोमबार राति लागू औषध सहित स्कुटी सवार एक व्यक्तिलाई पक्राउ गरेको छ । भारतीय सिमावर्ती बजार जोगवनीबाट को ५ प ६०६९ नंम्बरको स्कुटीको इन्जिन भित्र लुकाई धरानतर्फ जाँदै गरेका सुनसरी धरान –१५ का ४१ वर्षीय...
विराटनगर, २४ चैत– अज्ञात समूहको खुकुरी प्रहारबाट मंगलबार बिहान विराटनगर–१६ स्थित महेन्द्र मोरङ क्याम्पसको होस्टलमा बस्ने चार विद्यार्थी घाइते भएका छन् । आफूलाई यूथ फोर्सका कार्यकर्ता बताउने समूहले होस्टलमा प्रवेश गरी विद्यार्थीमाथि अन्धाधुन्द खुकुरी प्रहार गरी आक्रमण गरेको बताइएको छ । आक्रमणमा घाइते विद्यार्थीहरुको...
विराटनगर, २४ चैत–आमह्तालको पहिलो दिन मंगलबार विराटनगरको मुख्य बजार क्षेत्र पूर्णतः ठप्प भएको छ । विराटनगरको बरगाछी, भृकुटी चौक, महेन्द्र चौक, जलजला चौक, रोडशेष चौक लगायत क्षेत्रमा बन्दकर्ताहरू बिहानै देखि हातमा झण्डा लिएर पसल बजार बन्द गराउँदै हिँडेका छन् । आपतकालिन सेवा बाहेकका कुनै...
काठमाण्डु, २४ चैत– काठमाण्डुको बिजुलीबजारमा प्रहरीले गोली प्रहार गर्दा एक बन्दकर्ता घाइते भएका छन् । घाइते हुनेमा अखिल क्रान्तिकारीका रामप्रसाद खनाल छन् । उनको कञ्चटमा रबरको गोली लागेको एक बन्दकर्ताले जानकारी दिए । बिजुली बजारमा बिहानै देखि बन्दकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।...
काठमाण्डु, चैत २४ – आम हड्तालको पहिलो दिन काठमाण्डुको चाबहिल पुग्ने अक्सर पत्रकारलाई बन्दकर्ताहरूले सोध्ने प्रश्न यहि हो । चाबहिलमा २–३ सय बन्दकर्ताहरू बिहानैदेखि भेला भएका छन् । केहीले हातमा आ– आफ्नो पार्टीको झण्डा बोकेका छन् । सम्भावित दुर्घटना रोक्न सशस्त्र र नेपाल प्रहरी...
कञ्चनपुर, २४ चैत– देशभर एकीकृत माओवादीसहित ३० दलीय मोर्चाको आमहड्तालको असर परिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबजार भने खुला रहेका छन् । मोर्चाले आजदेखि सुरु गरेको तीनदिने आमहड्तालमा पनि महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार खुला रहने जनाएको छ । ३० दलीया मोर्चाका कञ्चनपुर संयोजक टेकेन्द्रप्रसाद भट्टले...
कैलाली, २४ चैत– जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । चौध वर्षमुनिकी ती बालिकालाई बलात्कार...
महोत्तरी, २४ चैत– तीस दलीय मोर्चाका नेता कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज।१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । तीस दलको...
पोखरा, २४ चैत– पोखरामा बन्द गराउँदै हिँडेका एमाओवादी सम्बद्ध सात कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा वाइसिएल कास्कीका सन्तोस स्वनाम, बमबहादुर कार्की, भोजराज खत्री, सुनाम राई, अशोकजंक पाण्डे रहेका छन् भने अन्य दुई जनाको नाम खुल्न सकेको छैन । एमाओवादी मोर्चाको बन्दका कारण...
काठमाण्डु, २४ चैत–एमाओवादी मोर्चाले आयोजना बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बिजुलीबजारको भाटभटेनी नजिकै बा६६प ७२०६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुको बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै आगो लगाइएको बताइएको छ । प्रहरीले आगो लगाउँदै गरेको अवस्थामा एक आन्दोलनकारीलाई पक्राउ गरेको छ ।...
सिन्धुपाल्चोक, २४ चैत– सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ को वनगाउँमा १४ वर्षीया एक बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् । सोमबार दिउँसो घाँस काट्न जान्छु भनी वरमुनिको घाटेको झार जङ्गलमा गएर सलको पासो लगाई आत्महत्या गरेकी हुन् । कक्षा ५ मा अध्ययनरत शर्मिला मिजार घरबाट निस्किएकी...