समाचार

स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (हेरौँ तालिकासहित)

२०७१ चैत २३ गते ८:५८

काठमाण्डु, २३, चैत– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिविले २०७२ मा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षासास्त्र, विज्ञान र कानून तर्फका परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०६७ देखि २०७१ सम्मका आंशिक...

प्रधानमन्त्रीको एकतर्फी कुरा सुनेर फर्किए उद्योगी व्यवसायी

२०७१ चैत २३ गते ८:५३

काठमाण्डु २३ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले देशको आर्थिक र सामाजिक विकासको लागि अहिले अनुकूल समय रहेकोले यसलाई सदुपयोग गर्न आग्रह...

आम नागरिकका लागि छुट्टै सुचना अधिकारी

२०७१ चैत २३ गते ८:४३

दाङ २३, चैत– दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले एक साताभित्र प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था हुने बताएका छन् । रिपोटर्स क्लव दाङले सोमबार आयोजना गरेको सरकारी कार्यालयले प्रदान गर्ने सेवामा हाम्रो चासो विषयक साक्षाकारमा प्रमुख जिल्ला अधिकारी पौडेलले सूचना पाउनु आमनागरिकको अधिकार...

आन्दोलनकारीसँग कुरा नमिलेपछि वार्ता स्थगित

२०७१ चैत २३ गते ८:२३

रौतहट, २३ चैत– रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको बार्ता पुनः सुरु गर्नेगरी स्थगित भएको छ । क्षेत्रीय प्रशासकसहितको सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार राति ९ः ४० बजेबाट वार्ता सुरु गरिएको थियो । वार्तामा मृतकलाई सहिद घोषणा,...

प्रधानमन्त्रीले नेपाली कामदार मृत्युको प्रशंगै कोट्याएनन्, उल्टै दिए कतारी मन्त्रीलाई शुभकामना

२०७१ चैत २३ गते ८:२२

काठमाण्डु, २३ चैत– कतारमा औसतमा दैनिक एक नेपाली कामदारको मृत्यु हुन्छ । श्रम शोषणको स्थिती उत्तीकै भयावह छ । अन्तर्राष्ट्रिय श्रम संगठनहरूले कतारमा रहेका नेपाली कामदारका बारे चिन्ता जाहेर गरिरहेका छन् । कामदार सुरक्षाको लागि उनीहरूले कतार सरकारलाई दबाब दिने गर्छन् । तर नेपालका...

जिप ट्रयाक्टर ठोक्किदा १ जनाको मृत्यु, ४ घाइते

२०७१ चैत २३ गते ८:०८

कैलाली २३ चैत– कैलालीको स्याउलेमा जिप र ट्रयाक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने चार घाइते भएका छन् । गएराति धनगढीबाट बौनियाँतर्फ आउँदै गरेको बा६च ८५८७ नम्बरको जिप र अत्तरियातर्फ जाँदै गरेको से१त ३९६४ नम्बरको ट्रयाक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।  ...

विभिन्न घटनामा ३ जनाको मृत्यु

२०७१ चैत २३ गते ८:०२

धादिङ २३ चैत-धादिङका जिल्लाका विभिन्न भागमा भएका बेग्लाबेग्लै घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाकोे फूलखर्क गाविस– ५ माथ्लो दाङसिङका १३ वर्षीय रविन वि।क।को आइतबार चट्याङ लागेर मृत्यु भयो भने सोही दिन थाक्रे गाविस वडा– ३ महादेवबेँसीमा मुढाले च्यापिएर चार वर्षकी बालिकाको ज्यान...

नेता ढकालको अन्त्येष्टि गरियो

२०७१ चैत २३ गते ७:०८

काठमाण्डु, २३ चैत– नेकपा एमालेका नेता रामनाथ ढकालको अन्त्येष्टि सोमबार पशुपतिस्थित आर्यघाटमा गरिएको छ । आर्यघाटमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, ढकालका बावु र परिवारका सदस्य लगायतले ढकालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका...

ढकालको शोकमा एमालेले तीन दिनसम्म पार्टी झण्डा आधा झुकाउने

२०७१ चैत २३ गते ५:१०

काठमाण्डु, २३ चैत– युवा नेता रामनाथ ढकालको निधनमा शोक मनाउन नेकपा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमाले स्थायी समितिको सोमबार विहान बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो । वैठकले चार दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने र वैशाख...

संविधानसभा अपहरणमुक्त गराउन आन्दोलनः भट्टराई

२०७१ चैत २३ गते ४:१५

काठमाण्डु, २३ चैत–एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संविधानसभा अपहरण गरेको आरोप लगाएका छन् । बागलुङ क्षेत्र नम्बर–१ मा आगामी २८ चैतमा हुने संविधानसभा उपनिर्वाचनका लागि सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट प्राप्त संविधानसभा अपहरित भएकाले अपहरणमुक्त गराउन ३० दलीय...

केपी ओलीले ओढाए ढकालको शवमा पार्टी झण्डा, आज अन्त्येष्टि

२०७१ चैत २३ गते ३:०४

काठमाण्डु, २३ चैत–स्वाइनफ्लुका कारण निधन भएका एमाले नेता रामनाथ ढकालको आज अन्त्येष्टि गरिँदैछ । ढकालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । ढकालको शव आज बिहानै ग्राण्डी अस्पतालबाट पार्टी मुख्यालय बल्खु पु¥याइएको छ । त्यहाँ श्रद्धाञ्जलीका लागि केही घण्टा शव राखिने एमालेले...

मोरङमा वैज्ञानिक वन व्यवस्थापन सुरु

२०७१ चैत २३ गते २:२३

मोरङ, २३ चैत – मोरङका आठवटा वनको वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएका वन केराबारी–७ को आहाले सामुदायिक वन, केराबारी–६ दीपज्योति सामुदायिक वन, सुन्दर दुलारी–५ नमुना सामुदायिक वन, सुन्दुर दुलारी–४ सिद्धार्थ सामुदायिक वन, लेटाङको नमुना सामुदायिक वन, लेटाङ–२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us