समाचार

एमाओवादीलाई वार्तामा आउन सरकार समर्थितको अपिल

२०७१ वैशाख २ गते १०:४५

काठमाण्डु, २ वैशाख– सरकारमा सहभागी र सरकार समर्थित दलहरुले द्वन्द्वकालिन घटना ब्युँताइएको भन्दै आन्दोलन घोषणा गरको एकीकृत माओवादीलाई वार्तामा आउन अपिल गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा बालुवाटारमा मंगलबार बसेको ती दलको बैठकले संसद र संविधानसभाका काम प्रभावित हुने गरी कुनै पनि गतिविधि...

तेत्तीस सय वर्ष पुरानो उग्रतारा बज्रयोगिनी माइको जात्रा सुरु

२०७१ वैशाख २ गते १०:१५

सुन्दरीजल,२ वैशाख । ऐतिहासिक सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण तीन हजार ३०० वर्ष पुरानो उग्रतारा बज्रयोगिनी माइको जात्रा आजदेखि शङ्करापुर(साँखु)मा सुरु भएको छ । करिब तीन हजार ३०० वर्ष अगाडि साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस् कल्याण होस्...

सामुदायिक वनबाट सल्किएको डढेलोले घर जल्यो

२०७१ वैशाख २ गते १०:१३

खोटाङ, २ वैशाख । खोटाङमा सामुदायिक वनबाट सल्किएको डढेलोले एक घर जलेर नष्ट भएको छ । स्थानीय रानी सामुदायिक वनबाट सल्किएको डढेलोले बासपानी–३ का पदमबहादुर खड्काको दुई तले घर जलेर नष्ट भएको हो । आइतबार मध्याह्नदेखि सुरु भएको डढेलोले सोमबार जङ्गल नजिक घर रहेको...

सर्वसाधारणविरुद्ध मुद्धा दायर गरेको भन्दै माओवादीको आपत्ति

२०७१ वैशाख २ गते ९:४०

काठमाण्डू,२ वैशाख– नेकपा – माओवादीले फुजेल प्रकरणमा १३ जना सर्वसाधारणविरुद्ध सर्वश्वसहित जन्मकैदको अभियोगमा मुद्धा दायर गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दे प्रवक्ता पम्फा भुसालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिनसम्बन्धी विधेयकविपरित सरकारले मुद्धा चलाएको भन्दै आपत्ति जनाएकी हुन् ।...

वातावरण जोगाउनका लागि सगरमाथा आरोहण गर्ने

२०७१ वैशाख २ गते ९:२६

काठमाण्डू, २ बैशाख । क्लाइम्बिङ् क्लब नेपालको अगुवाइमा तीन जना नेपालीले विश्व शान्तिका लागि वातावरण जोगाऔं भन्ने उधेश्यले संसारभर सन्देश फैलाउन विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत सातै महादेशका अग्ला हिमशिखरहरु समेत आरोहण गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै क्लाइम्बिङ्...

मुलुककै सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र उद्घाटन

२०७१ वैशाख २ गते ९:००

काठमाण्डू, २ वैशाख संयुक्त राज्य अमेरिकाको सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा आज एक कार्यक्रमका बीच मुलुककै सुविधा सम्पन्न रक्तसञ्चार केन्द्रको उद्घाटन गरिएको छ । करिब पाँच करोडको भवन निर्माण लागत र दुई करोडको उपकरणसहित एक वर्षमा निर्माण गरिएको रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै स्वास्थ्य...

एमाओवादीद्वारा आन्दोलन सुरु

२०७१ वैशाख २ गते ८:५८

चितवन, २ वैशाख – एकीकृत माओवदी कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको चौबिसकोठीमा चक्काजाम गरेका छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका ११ कार्यकर्ता रिहाइको माग गर्दै माओवादी कार्यकर्ताले मंगलबार दुईदेखि तीन बजेसम्म एक घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्वपश्चिम राजमार्गसहित...

थारु समुदाय आन्दोलनमा जाने

२०७१ वैशाख २ गते ८:३२

काठमाडू, २ बैशाख – थारु संयुक्त संघर्ष समितिले तराईका थारुलगायत आदिवासी जनजाति र मुस्लिमलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ । रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गरी थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ति...

डिभी र पीआर लिएका कर्मचारीलाई कारबाही हुँदैन: महत

२०७१ वैशाख २ गते ८:३१

न्यूयोर्क, २ वैशाख – अर्थमन्त्री रामशरण महतले डिभी र पीआर लिएका सरकारी कर्मचारीमाथि कारबाही नहुने बताएका छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता कर्मचारीमाथि कारबाही हुने बताइरहेका बेला अमेरिकाको भर्जिनियामा नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रममा उनले कारबाही नहुने बताएका हुन् । ती कर्मचारीमाथि...

सिपी भन्छन्, ‘अलिकति पनि कार्यदिशा नमिल्ने एमाओवादीसँग कसरी एकता हुन्छ ?

२०७१ वैशाख २ गते ८:२६

सुर्खेत, २ वैशाख- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको अवस्थामा एकीकृत माओवादीसँग एकता हुन नसक्ने बताएका छन् । सुर्खेतमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत माओवादीसँग अलिकति पनि कार्यदिशा नमिल्ने भएकाले एकता हुन नसक्ने प्रष्ट पारे । कार्यदिशा सच्याएर आए एकीकृत माओवादीसँग एकता गर्न...

बाइसधारा मेला

२०७१ वैशाख २ गते ८:१९

काठमाण्डू, २ वैशाख – चैत शुक्ल पूर्णिमाका दिन आज मंगलबार बालाजुको बाइसधारामा ‘बाइसधारा मेला’ लागेको छ । सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन् । बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको बाइसधारामा नागार्जुनको डाँडाबाट पानी आउने...

सिरुवा पर्व धुमधामका साथ सुरु

२०७१ वैशाख २ गते ८:१७

भद्रपुर, २ वैशाख – नयाँ वर्षको खुसियालीसँगै तराईका जिल्लाहरूमा एकापसमा हिलो खेल्ने पर्व सिरुवा तथा जुडशीतल पर्व बडो धूमधामका साथ झापालगायत तराईका जिल्लामा बिहानैदेखि सुरु भएको छ । किसानले यतिबेला नयाँ फसलको रुपमा गहुँका साथै अन्य फसल घरमा भित्र्याउने गरेकाले यस पर्वलाई वैशाखी पर्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us