जाजरकोट,२२ चैत- भारी हिमपात हुँदा डोल्पामा धेरै चौँरी मरेका छन् । यो वर्ष धेरै पटक परेको हिमपातले करोडौँको धनमालमा क्षति पुगेको हो । बेलाबेलामा परेको हिमपात र हिउँ पहिरोमा परेर माथिल्लो डोल्पाका २ सयभन्दा भन्दा बढी चौँरी मरेका छन् । माथिल्लो डोल्पाका साल्दाङ्ग,भिजेर,छार्का...
गौशाला,२२ चैत- महोत्तरीको गैँढाभेटपुर गाविसमा आइतबार बिहान आँपको रुखमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो शव गैँढाभेटपुर गाविस–९ बस्ने ४५ वर्षीय सियाशरण मण्डलको हो । प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार मण्डलको शव निजको घरदेखि...
काठमाण्डु,२२ चैत– स्वाइन फ्रलुका कारण ग्रान्डी अस्पतालमा २ सातादेखि उपचाररत एमाले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको आइतबार निधन भएको छ । ढकाललाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको आइतबार अपरान्ह १ः ३० बजे निधन भएको हो । ढकालको...
विरटानगर, २२ चैत– काँग्रेस महामन्त्री कृष्ण सिटौलाले संविधानसभाबाट संविधान जारी गर्न जनताले निर्वाचित गरेर पठाएकाले संविधानसभा बहिष्कार गर्दा जनताको मतको अपमान ठहरिने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री सिटौलाले एमाओवादी लगायतका दलहरुले...
बारा, २२ चैत– जिल्लाको रामपुर टोकनी–७ स्थित बारीमा एक अपरचित युवक मृत फेला परेका छन् । धारिलो हतियार प्रयोग गरेर हत्या गरिएका अन्दाजी २५ वर्षका युवक शव बेवारिसे अवस्थामा फेला परेको हो । हत्या गरिएका युवकको छाती, घाँटी र टाउकोमा हतियार प्रहारबाट चोट लागेको...
बागलुङ, २२ चैत–एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टरार्इले संविधानसभामा भाग लिनुको औचित्य समाप्त भएको बताएका छन् । आइतबार बिहान क्रान्तिकारी पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टरार्इले कांग्रेस एमालेले संविधानसभाको अपहरण गरेको भन्दै अपहरित संविधानसभामा भाग लिनु अर्थपूर्र्ण नहुने बताएका हुन् । उनले...
काठमाण्डु, २२ चैत– पूर्व युवराज्ञी हिमानी शाह आफ्ना पति पारस शाहलाई समेत नभेटी आइतबार भारत प्रस्थान गरेकी छन् । हिमानीले स्वास्थ्य उपचारका लागि भारत जान लागेको निकटस्थ श्रोतलाई बताएकी छन् । लामो समय विदेश बसेर आएका आफ्ना पति पारसलाई समेत नभेटी भारत हिडेपछि हिमानीको...
काठमाण्डु,२२ चैत–एमालेमा अध्यक्ष केपी ओली र माधव नेपालको सम्बन्ध घाम र पानीको जस्तै छ । नवौं महाधिवेशनमा अध्यक्षमा एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रेका यी दुई नेताबीच ओली अध्यक्षमा निर्वाचित भएयता धेरै एजेण्डामा सार्वजानिक रुपमै भनाभन र आरोप–प्रत्यारोप भयो । मन्त्रीपरिषद्ले मनोनय गर्ने २६ सभासद्मा गरिएको निर्णय,...
धरान, २२ चैत– सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरूले आइतबार प्रतिष्ठानका चार पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र दासले कर्मचारीहरूका कारण अख्तियारले छापा मारेको अभिव्यक्ति दिएपछि सोको विरोधमा तालबन्दी गरिएको हो । कर्मचारीहरूले उपकुलपति, शिक्षाध्यक्ष, आर्थिक प्रशासन प्रमुख...
काठमाण्डु, २२ चैत– रौतहट चन्द्रनिगाहपुरमा सेवा केन्द्र राख्ने सरकारी निर्णयलाई मधेशी जनअधिकार फोरम नेपालले मधेशी जनताको अधिकार खोस्ने सरकारको कुत्सीत चाहना भएको टिप्पणी गरेको छ । फोरम नेपालले आइतबार विज्ञप्ती जारी गर्दै सेवा केन्द्र चन्द्रनिगाहपुरमा राख्ने सरकारी योजनाले मधेशी जनताले पाइरहेको सरकारी सेवा सुविधा...
बुटवल, २२ चैत– अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ । कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सङ्ख्या रिक्त हुन पुगेको छ ।...
कञ्चनपुर, २२ चैत– डडेल्धुरा जिल्लामा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाएको छ । किराना पसलसहित होटलमा विभिन्न किसिमका गुट्खा, सुर्ती, चुरोट खुल्ला रुपमा बिक्री वितरणमा रोक र तिनको बिक्री वितरण नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको सहायक प्रजिअ करुणाकर अवस्थीले बताए...