समाचार

सरकारको कामबारे टिप्पणी गर्ने बेला भएको छैन: काँग्रेस

२०७० चैत २३ गते ११:३६

काठमाण्डु, २३ चैत– नेपाली काँग्रेसले आफ्ना सभापति सुशील कोइराला नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर टिकाटिप्पणी गर्ने बेला भइनसकेको बताएको छ । कामकारबाही प्रभावकारी नभएको र जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने गरी दैनिक उपभोग्य बस्तुमा मूल्य वृद्धि गरेको भन्दै पार्टीभित्रैबाट सरकारको आलोचना हुन थालेपछि काँग्रेसले यस्तो बताएको...

राजधानीमा २० मिनेटसम्म मोबाइल फोन बन्द

२०७० चैत २३ गते १०:२२

काठमाण्डु, २३ चैत– काठमाण्डुमा आइतबार करिब २० मिनेटजति नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । तीन बजेको समयमा अवरुद्ध भएको मोबाइल सेवा ३ बजेर २० मिनेटमा खुलेको हो । मोवाइल सेटमा टावर देखिए पनि नम्बर डायल गरेपछि सेवा अवरुद्ध भएको सूचना आएपछि उपभोक्ता...

एक कल फोन गर्न एक घण्टा हिँड्नुपर्ने

२०७० चैत २३ गते ९:३१

सोलुखुम्बु , २३ चैत–सोलुखुम्बुको कोसीपारिको गाविस वाकु-७ र ८ का स्थानीय बासिन्दालाई टेलिफोन गर्न एक घण्टा समय खर्चनु पर्दछ । सो गाविसको वडा नं. ७ र ८ मा कुनै मोबाइल वा स्काई टेलिफोनको सेटले काम नगरेपछि त्यहाँका स्थानीय बासिन्दालाई मोबाइलको टावर खोज्दै हिँड्नु परेको...

विरोधी शक्ति संविधान बन्न नदिने षड्यन्त्रमा: प्रधानमन्त्री

२०७० चैत २३ गते ९:१३

सुनसरी, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा संविधान बन्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् । सुनसरीको इटहरीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्न नदिन विरोधी शक्ति सक्रिय भएको बताए । विरोधीको अवरोधका बीच एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिएरै छाड्ने अठोट उनको थियो...

जिप दुर्घटनामा पाँचको मृत्यु

२०७० चैत २३ गते ८:४४

सिन्धुपाल्चोक, २३ चैत – सिन्धुपाल्चोकको थाङपालधापमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाण्डुबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको जीप बा २ च ७३८९ नम्बरको जिप थाङपालधाप–१ लामिडाँडामा दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा चार महिला र एक पुरुष छन् । मृतकमध्ये भोताङ...

सूर्यबहादुरका छोरा र सिपी मैनालीकी श्रीमती मन्त्री

२०७० चैत २३ गते ६:४८

काठमाण्डु, २३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकारलाई समर्थन गरेका राप्रपा र नेकपा मालेका तर्फबाट तीन मन्त्री थपेर कोइरालाले आजै साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । राप्रपाले वाणिज्य तथा आपूर्ति मन्त्रीमा अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा र...

क्रान्तिकारी सम्मेलनमा बन्द शत्र जारी

२०७० चैत २३ गते ६:१२

काठमाण्डु, २३ चैत– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनअन्तर्गत बन्द शत्र जारी छ । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमा समूहगत छलफल भइरहेको छ ।...

सत्य निरुपण आयोगको मस्यौदाप्रति एमाओवादीको आपत्ति

२०७० चैत २३ गते ५:३९

काठमाण्डु, २३ चैत – एकीकृत नेकपा माओवादीले सरकारले आफ्नो सहमतिविपरीत एकतर्फी रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोग गठनको तयारी गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । माओवादी शीर्ष नेताहरुले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी एकतर्फी रुपमा आयोग गठनसम्बन्धी  विधेयक मस्यौदा...

चुनौती सामना तयार गर्न सरकार तयार–उपप्रधानमन्त्री सिंह

२०७० चैत २३ गते ४:१९

काठमाण्डु, २३ चैत– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले २०६२–६३ को जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने सकेमात्र राजनीतिक स्थायित्व कायम हुने बताएका छन् । काँग्रेस पार्टी कार्यालय दाङमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व कायम गर्नका लागि सम्पुर्ण राजनीतिक दल जिम्मेवारपूर्वक लाग्नु पर्नेमा...

संविधानसभा बैठक बस्दै

२०७० चैत २३ गते ४:१०

काठमाण्डु, २३ चैत – संविधानसभाको वैठक आज संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज बस्ने भएको छ । आजको बैठकमा पहिलो संविधानसभाले गरेका कामहरुको विषयमा छलफल हुने भएको छ । अघिल्लो सभाले गरेका कामहरुमा कति सहमति र कति विषयमा असहमति भन्ने निक्र्योल समितिले...

पाउरोटी र फर्सीभित्र लुकाएर विदेशी मुद्रा तस्करी

२०७० चैत २३ गते २:०५

काठमाण्डु, २३ चैत –फर्सी, पाउरोटी तथा मेकअपका सामग्रीमा लुकाई विदेशी मुद्रा चीनमा लैजान लागेका १४ चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले करिब साढे ६ करोड रुपैयाँबराबरको विभिन्न १० मुलुकका मुद्रा बरामद गरेको छ । उनीहरुलाई शनिवार प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।...

गुडिरहेको डोजरमा आगलागी

२०७० चैत २३ गते १:१९

म्याग्दी, २३ चैत –म्याग्दीको बिममा भीरमा लागेको डढेलोको आगो खसेर गुडिरहेको डोजरमा आगलागी भएको छ । शनिबार बिमको खाराबाट ताकम जानका लागि हिँडेको पश्चिमाञ्चल ग्रामीण कन्स्ट्रक्सन प्रालिको डोजरको डिजेल ट्याङ्कीमा आगो खसेपछि उक्त घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट डोजरको इन्जिन, ट्याङ्क र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us