बारा, १७ चैत– बारामा ट्याङकरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । बारा गढिमाई नगरपालिका १ पीथत नेपाल केबल अगाडि सिमराबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९१८ नम्बरको ट्यांकरले ठक्कर दिदा नाम नखुलेका मोटरसाइकल चालकको मृत्यु भएको हो । ना २५ प २०२०...
भक्तपुर, १७ चैत– नेकपा–माओवादीका सचिव देव गुरङले नेपालका राजनीतिक दलहरू दिल्लीका रबर स्ट्याम्पमा परिणत भएको बताएका छन् । मंगलबार भक्तपुरमा रफ्त सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालका राजनीतिक दलहरूको गतिविधिले मुलुकलाई भुटानीकरण र सिक्किमीकरण तर्फ लगेको दावी गरे । सचिव...
नुवाकोट,१७ चैत- नुवाकोटको बट्टारमा रहेको बसपार्कबाट एक वृद्धको चार लाख लुटिएको छ । रसुवाको डाँडागाउँ–७ खड्कुका ६३ वर्षीय हर्कबहादुर तामाङको साथबाट मंगलबार दिउँसो चार लाख लुटिएको हो । बट्टारमा रहेको नेपाल बङ्गलादेश बैंकबाट निकालेको तीन लाख र एक लाख आफ्नो साथमा भएको रकम...
ललितपुर,१७ चैत- बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ । महानगरीय प्रहरी परिसर,ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा आर्थिक वर्ष २०६७/२०६८ देखि २०७१/७२ सम्ममा ६३...
सिन्धुली,१७ चैत- दुम्जा,झाँगाझोली र ग्वालटारका विदेश जान तयार युवाहरुले धमाधम प्रवेशाज्ञा (भिसा) त्याग्न थालेका छन् । बनेपा–सिन्धुली बर्दिवास (बिपी राजमार्ग) निर्माण कार्य सम्पन्न भएका कारण सडकको पहुँचमा रहेका युवाहरुले स्वदेशमा गरिखाने अठोट र सङ्कल्प लिएर व्यवसायतर्फ आकर्षित भएपछि ‘भिसा’त्याग्न सुरु गरेका हुन् । ...
काठमाण्डु,१७ चैत- काठमाण्डु उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भएपनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न गई सामान्य उपभोक्ताले उपभोग गर्न गाह्रो हुने...
जाजरकोट,१७ चैत-नेपाली काँग्रेस जाजरकोट जिल्लामा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । जिल्ला सभापति दीपकजङ्ग शाहले आफ्ना विरोधीलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा बन्देज लगाइदिएपछि विवाद चुलिएको हो । नेकाका तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट विजयी सभासद् राजीवविक्रम शाहको समेत...
काठमाण्डु, १७ चैत–वामदेव गौतम वर्तमान मन्त्रिपरिषद्मा उपप्रधान तथा गृहमन्त्रीका पदमा वाहल रहेका छन् । तेस्रोपटक गृहमन्त्री बनेका गौतम सरकारका अन्य मन्त्रीहरुको तुलनामा बढी चर्चामा रहने मन्त्री पनि हुन् । केही न केही हर्कत गरेरै भए पनि उनी चर्चामा रहन रुचाउने गरेको एमालेका एक नेताले...
कास्की,१७ चैत- कास्कीका सूर्यबहादुर केसी पूर्व सभासद् हुन् । पहिलो संविधानसभाको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई समानुपातिकतर्फबाट सभासद् बनायो । उनी राजनीतिक रुपले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेका छन् । तर,आजकल उनी राजनीतिप्रति खासै मोह छैन । उनी यतिबेला राजनीति छाडेर ‘हाइड्रो’तिर...
काठमाण्डु, १७ चैत– स्वास्थ्य र धर्मसंग जोडेर हेर्ने हो भने रक्सी हानिकारक, अपवित्र झोल हो । तर यहि अनौठो झोल कतिपय जातीहरूको संस्कृतिसंग पनि जोडिएको छ । जुन जातीको संस्कृतिसंग जोडिएको छैन, अब जोडिन थालेको छ । रक्सी नपिउँने समुदाय सम्भवतः कुनै मार्ग अवलम्वन...
काठमाण्डु, १७ चैत– चार दिन देखि काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचारत् एमाले पोलटव्यूररो सदस्य रामनाथ ढकाललाई तत्काल उपचारका लागि दिल्ली नलगिने भएको छ । ढकाललाई लिन दिल्लीको अपोलो अस्पतालका डाक्टरहरु सहितको एयर एम्बुलेन्स आईतबार नै काठमाण्डु आएपनि दिल्लीको मौसममा आएको खराबीका कारण सोमबारसम्म उनलाई लैजान...
काठमाण्डु, १७ चैत– दोलखामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । चट्याङ लागेर दोलखा मागापौवा गाविस–४ की ६९ बर्षीय साइली तामाङ र उनकी नातिनी ११ बर्षिया फुलमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सोमबार भएको जनाइएको छ । त्यस्तै दोलखा मेलुङ...