समाचार

बस दुर्घटनामा १२ घाइते

२०७१ चैत १६ गते ६:४४

कैलाली, १६ चैत– कैलालीको लम्कीचुहा नगरपालिका–१ गोरोमा सोमबार बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । काठमाण्डुदेखि धनगढीका लागि छुटेको सुदूरपश्चिम यातायातको ना४ख ३२०५ नम्बरको डिलक्स बसको पट्टा भाँच्चिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक जगनाथ खनालले दिनुभएको...

झुक्किएर ब्याट्रीको पानी खाँदा…..

२०७१ चैत १६ गते ६:३८

महोत्तरी, १६ चैत– पानी सम्झेर झुक्किएर ब्याट्रीको पानी खाँदा महोत्तरीको पिपरा गाविसमा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा पिपरा गाविस–२ का ३० वर्षीय बमबम मिश्रा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत साता भारतको झारखण्ड राज्यमा अवस्थित देवघर (बाबाधाम) गएका...

सडक दुर्घटनामा एमाओवादी नेता रेग्मी गम्भीर घाइते

२०७१ चैत १६ गते ६:१३

नुवाकोट, १६ चैत- एकीकृत माओवादी नुवाकोटका नेता राजकुमार रेग्मी सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । रेग्मीलाई त्रिशुली बेत्रावती सडकखण्ड अन्तर्गत गेर्खुटारमा आइतबार साँझ करिब सवा सात बजेको समयमा मिनी ट्रकले ठक्कर दिएको हो । जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि रेग्मीलाई काठमाण्डु...

प्रसूति सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा

२०७१ चैत १६ गते ४:४८

कञ्चनपुर १६ चैत– दुई वर्षअघि डडेल्धुरामा स्थापना भएको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा प्रसूति सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् । प्रसूति सेवाका लागि कुनै बेला सुदूरपश्चिमकै नमुना जिल्लाका रुपमा परिचित डडेल्धुराको टिम अस्पताल बन्द भएपछि सामान्य चेकजाँचबाहेक विशेषज्ञ लगायतका अन्य सेवा पाउन सास्ती भएको...

क्रियाशील सदस्यताको विषयमा कांग्रेसमा चल्यो दोहोरी

२०७१ चैत १६ गते ४:०२

काठमाण्डु, १६–कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिहरुले वरिष्ठ नेता देउवा पक्षले क्रियाशील सदस्यता वितरणमा व्यापक अनियमितता गरेको आरोप लगाएका छन् । उपसभापति रामचन्द्र पौडेल निवासमा आइतबार साँझ भएको संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेलाले देउवा पक्षले सदस्यता वितरणमा व्यापक अनियमिता गरेको र आफ्ना कमजोरी लुकाउन संस्थापन...

गोविन्द केसी भेट्न एकाबिहानै शिक्षण अस्पताल पुगे प्रचण्ड

२०७१ चैत १६ गते ३:३५

काठमाण्डु, १६ चैत– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले डा. गोविन्द केसीको माग सम्बोधन गर्नुको सट्टा स्वास्थ्य मन्त्रीसहितका केही मन्त्रीहरुले उत्तेजनापूर्ण अभिव्यक्ति दिएर परिस्थिति भड्काउने काम गरेको बताएका छन् । सोमबार बिहानै केसी अनासनप्रति ऐक्यवद्धता जनाउन अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग...

रौतहटमा महिला फुटबल प्रतियोगिता हुने !

२०७१ चैत १६ गते ३:००

  रौतहट, १६ चैत,– चन्द्रनिगाहपुरमा आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको तुलसीलाल अमात्य स्मृति गोल्ड कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । देशकै सबैभन्दा बढी धनराशिको महिला फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । नेपाल खेलकुद क्लब...

प्रेमिकासँग बिहे गर्न अपहरणको नाटक गरे पछि …

२०७१ चैत १६ गते १:१६

काठमाण्डु,१६ चैत – परिवारसँग अलग बस्न एक युवकले अपहरणको नाटक गरेका छन् । ललितपुर इमाडोल १७ वर्षीय अञ्जन ठाकुरले शनिवार बाबु कृष्णबल्लभलाई फोन गरी अपहरणमा परेको नाटक गरेका हुन् । बिहान सबा १० बजे अञ्जलले एनसेलको नम्बरबाट ‘तपाइको छोरा हाम्रो कब्जामा छ, जिउँदो चाहिन्छ...

ठेकेदारको पैसामा ऊर्जामन्त्री फ्रान्स जाँदै

२०७१ चैत १६ गते १:११

काठमाण्डु,१६ चैत – ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली नेतृत्वको टोली बुढीगण्डकी जलविद्युत् आयोजनाको ठेकेदारको खर्चमा फ्रान्स भ्रमणमा जान लागेको छ । कर्मचारी पठाउनुपर्नेमा ऊर्जामन्त्री पदीय मर्यादा ख्यालै नगरी भ्रमणमा जान लागेकी हुन् । मन्त्री ज्ञवालीको टोली २६ चैतमा फ्रान्स जाँदै छ । बुढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत...

चैत २३ मा डाके सभामुखले संविधानसभा बैठक

२०७१ चैत १५ गते १३:३३

काठमाण्डु, चैत १५ – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले चैत २३ गते दिउँसो १ बजेका लागि संविधानसभा बैठक बोलाएका छन् । संविधानसभा बैठकको मिति तोक्नुअघि सभाध्यक्षले मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।सहमतिका लागि समय माग गरेपछि सभाध्यक्षले माघ २९ गते अर्को सूचना नभएसम्मका...

बलात्कारको पीडा सहन नसकेर युवतीद्वारा आत्महत्या

२०७१ चैत १५ गते १२:५९

चितवन,१५ चैत-केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आइतबार आत्महत्या गरेकी छिन् । चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिए । बलात्कारपछि विक्षिप्त भएकी उनले त्यसैको पीडा सहन नसकेर आत्महत्या...

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

२०७१ चैत १५ गते १२:४७

इटहरी, १५ चैत-सुनसरी जिल्लामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको दुर्घटनामा परी सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us