समाचार

ज्ञानेन्द्रले धोका दिँदा भान्जाको व्रतबन्धमा आउन पाएनन् पारस

२०७१ चैत १५ गते १०:०८

काठमाण्डु, १५ चैत– नेपाली हिन्दु परम्पराअनुसार व्रतबन्धमा वटुकको मामा चाहिन्छ । मामाले नै वटुकको झोली थाप्नु पर्छ । पूर्वअधिराजकुमारी प्रेरणा शाहका छोरा पार्षद्बहादुर सिंहको व्रतबन्धमा उनका एकमात्र मामा पूर्वयुवराज पारस शाह आउन पाएनन् । व्रतबन्ध छाउनीस्थित राजबहादुर सिंहको निवासमा भइरहेको छ । पूर्वयुवराज पारस...

बाँस्कोटाले भने,‘सुचना उपलव्ध गराउने कर्मचारीको तलब खोसियो भने हामी दिन्छौ’

२०७१ चैत १५ गते ९:४९

काठमाण्डु,१५ चैत- मागेको सूचना उपलब्ध नगराउने सार्वजनिक ओहोदाका पदाधिकारीलाई राष्ट्रिय सूचना आयोगले नाङ्गेझार पार्ने भएको छ । सही सूचनाले सारा विकृति अन्त्य गर्ने र लोकतन्त्रलाई धरापमा पर्नबाट बचाउने भएकाले मागेको सूचना उपलब्ध नगराउने सार्वजनिक सेवाका पदाधिकारीलाई आयोगले नाङ्गेझार पारेर सार्वजनिक गर्ने आयोगका प्रमुख आयुक्त...

खाद्य डिपोमा कर्मचारी नहुँदा ठेकेदारको हालिमुहाली

२०७१ चैत १५ गते ९:३४

जाजरकोट,१५ चैत- जिल्लाको चार ठाउँमा रहेको खाद्य डिपोमा कर्मचारी नहुँदा खाद्यान्न वितरणमा समस्या हुँदै आएको छ । जिल्लाको चौखा,घाट,घोगी र घरङ्गाको डिपोमा कर्मचारी नुहँदा समस्या भएको हो । द्वन्द्वकालमा सुरक्षाका कारण देखाउँदै २०५४ सालमा खाद्य डिपोका कर्मचारी सदरमुकाममा विस्थापित भएका थिए । शान्ति प्रक्रिया...

बनेपामा तीस दलीय मोर्चा र प्रहरीबीच झडप

२०७१ चैत १५ गते ९:०९

बनेपा, १५ चैत- काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकमा आइतबार दिउँसो ३० दलीय मोर्चा र प्रहरीबीच सामान्य झडप भएको छ । स्थानीय चाँदनी चोकबाट निस्केको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा इप्रका बनेपाका प्रहरी निरीक्षक दीपक भारतीसहित झन्डै एक दर्जन सामान्य घाइते भएका छन् ।...

जिल्ला शिक्षा कार्यालयद्दारा २० वटा विद्यालयलाई कार्वाही

२०७१ चैत १५ गते ९:०२

इलाम, १५ चैत- समयमै शुल्क प्रस्ताव पेस नगर्ने इलामका २० वटा संस्थागत विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले जरिवाना गरेको छ । आगामी शैक्षिक सत्रका लागि माघ मसान्तसम्ममा पेस गरिसक्नुपर्ने शुल्क प्रस्ताव पेश नगरेकाले ती विद्यालय कारबाहीमाथि कारवाही गरिएको हो । जिल्लामा सञ्चालित एक सय २२...

सत्यार्थीले भने, ‘बालबालिकालाई साथीजस्तो व्यवहार गर’

२०७१ चैत १५ गते ८:५७

विराटनगर, १५ चैत- नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले बालबालिकाको बाल्यावस्था ९बचपन०को हत्याभन्दा अरु कुनै ठूलो हत्या नभएको बताएका छन् । बालबालिका क्षेत्रमा कार्यरत सत्यार्थीको सम्मानमा विराटनगरस्थित बालकन्या विद्या मन्दिरद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘खेल्ने,कुद्ने,सुनौलो सपना देख्ने,एकापसमा झै–झगडा गर्ने, आमाबाबुको स्नेह पाउने...

राप्रपाका प्रधानलाई यातायात विभागको जिम्मेवारी

२०७१ चैत १५ गते ८:०४

काठमाण्डु,१५ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यातायात क्षेत्र समन्वय विभागका प्रमुखमा देवेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ । पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयनको निमित्त विभिन्न निकायसँग समन्वय गर्न सो विभाग भर्खरै स्थापना गरिएको हो । यातायात क्षेत्रसम्बन्धी नीति निर्धारणमा केन्द्रीय समितिलाई राय दिने तथा सहयोग...

एमाले नेता ढकाललाई लिन एयर एम्बुलेन्स आउँदै

२०७१ चैत १५ गते ८:०३

काठमाण्डु, १५ चैत– स्वाईन फ्लु र निमोनियाका कारण ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका एमाले केन्द्रीय सदस्य रामनाथ ढकाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । नयाँ दिल्लीबाट ढकाललाई लिनका लागि आईतबार १ः३० वजे एयर एम्बुलेन्स उडिसकेको ढकालको पारिवारिक स्रोतले काठमाण्डु टुडेडटकमलाई...

होली खेलेको पैसाले इ–लर्निङ विधिबाट पढाई सुरु

२०७१ चैत १५ गते ७:५१

कञ्चनपुर,१५ चैत- जिल्लाको सुडा–४ नयाँ गाउँमा रहेको नवदुर्गा निम्न माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक इ–लर्निङ विधिबाट पढाइ सुरु गरेको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्नका लागि विद्यालयमा कम्प्युटर, इन्टरनेट र प्रोजेक्टरको प्रयोग गरी पढाइ सुरु गरेको हो । अभिभावकले चन्दा सङ्कलन गरी आठवटा कम्प्युटर,इन्टरनेटको...

झलनाथले ओलीलाई चिठी पठाउने

२०७१ चैत १५ गते ७:१८

काठमाण्डु, १५ चैत– एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीलाई लामो चिठी लेखेर पठाउने भएका छन् । खनाल निकट स्रोतका अनुसार हालै गरिएको नेताहरुको कार्यविभाजनप्रति माधव नेपाल समूह जस्तै उनी पनि सन्तुष्ट छैनन् । तीनै असन्तुष्टीले भरिएको चिठी लेखेर अध्यक्ष ओलीलाई पठाउन लागिएको...

एक्कासि जंगली घारेको बथान आइलागेपछि…

२०७१ चैत १५ गते ७:१३

महोत्तरी,१५ चैत- महोत्तरीको लक्ष्मीनियाँमा जङ्गली घारेको टोकाइले तीन जना व्यक्ति गम्भीर घाइते भएका छन् । लक्ष्मीनियाँ गाविस–५ का ३६ वर्षीय दीपेन्द्रकुमार महतो,३२ वर्षीय विनोदकुमार महतो र १८ वर्षीय अनिलकुमार महतो गम्भीर घाइते भएका हुन् ।   उनीहरुलाई आइतबार बिहान खेतमा घुम्न गएका बेलामा नजिकै...

तीस दलीय मोर्चाको लाठी जुलुसमा प्रहरी हस्तक्षेप, नारायणघाट तनावग्रस्त

२०७१ चैत १५ गते ७:१०

काठमाण्डु, १५ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले चितवनमा निकालेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक दर्जनभन्दा बढि घाइते भएका छन् । लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एमाओवादीका केन्द्रीय सदस्य इश्वरी भट्टराई, राष्ट्रिय परिषद सदस्य ठाकुर ढकाल, चितवन जिल्ला अध्यष यमबहादुर परियार, पूर्व लडाकु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us