काठमाण्डु, १८ चैत – सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोग बनाउन गठित कार्यदलले आज बिभिन्न कुटनितिक नियोगका अधिकारीसँग छलफल गर्दैछ । दुबै आयोगको मस्यौदा बनाउने जिम्मा पाएको कार्यदलले आज बिभिन्न देशका राजदूतसँग पनि छलफलको तयारी गरेको विषयविशेषज्ञको तर्फबाट मस्यौदा कार्यदलमा...
काठमाण्डु, १८ चैत –मलेसियाका गृहमन्त्री डा. अहमद जाहिद हमिदी आज नेपाल आउदै छन् । तीन दिने नेपाल भ्रमणका लागि १९ सदस्यीय टोलीको नेतृत्व गर्दै साँझ सवा ६ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । अहिले बंगलादेशमा रहनुभएका गृहमन्त्री त्यहाँबाट सोझै नेपाल आउन लागेका हुन्...
काठमाण्डु, १८ चैत –व्यवस्थापिका संसदको आज बस्ने बैठकमा संसद अन्तरगतका समितिमा रहने सभासदको नामावली सुनाइदैछ । बैठकमा संसदका ११ वटा बिषयगत समितिमा रहने सभासदको नामावली सुनाउने कार्य सूची रहेको संसद सचिवालयले जनाएको छ । समितिमा बस्न चाहने सभासदहरुको संख्या धरै भएपनि त्यसअघि बस्ने कार्यव्यवस्ता...
काठमाण्डु, १८ चैत – धादिङ्गको भुमिस्थानमा ट्रकसंग मोटरसाईकल ठोकिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक गोगनपानी बस्ने २७ बर्षीय प्रेम बहादुर तामाङ र पछाडी सवार भुमिस्थान ७ बस्ने ३० बर्षीय कृष्ण बहादुर थापा रहेका छन् । उनीहरुको उपचारको क्रममा नर्भिक अस्पताल...
काठमाण्डु, १८ चैत – जिल्ला अदालत काठमाण्डुले नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक, प्रबन्ध सम्पादक र दुई पत्रकारलाई कैद सँजाय र जरिवाना सुनाएको छ। पाठकलाई कुटपिट गरेको भन्दै परेको उजुरीका आधारमा उनीहरुलाई कैद र जरिवाना सुनाएको हो । काठमाडौं महानगपालिका वडा नं २० घेराउ सम्बन्धि समाचारको खण्डन...
दैलेख, १७ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालीन मुद्धाका आधारमा आफ्ना कार्यकर्ता पक्राउ गरिएकामा आपत्ति जनाएका छन् । क्रान्तिकारी पत्रकार महासंघले दैलेखमा सोमबार गरेको पत्रकार भेटघाटमा वैद्यले फिरफ्तारी र मुद्धा लगाउने काम रोक्न सरकारसँग माग गरे । उनले कार्यकर्तालाई नभई जनयुद्धको नेतृत्व गरेका प्रचण्ड,...
बुटवल, १७ चैत– एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एमालेको नेतृत्व संसदीय दलका नेता केपी शर्मा ओलीले गर्ने बताएका छन् । एमाले लुम्बिनी अञ्चल समन्वय कमिटिद्वारा सोमबार बुटवलमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा गौतमले नवौं महाधिवेशनबाट ओलीले नेतृत्व लिनुपर्ने बताएका हुन् । आम...
काठमाण्डु, १७ चैत – जनताको करोडौं रकम ठगीको आरोपमा ललितपुर जिल्ला अदालतले युनिटी इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङसहित १२ जनालाई जेल सजायँ सुनाएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ ५० पैसा जरिवानासहित ३ वर्ष...
चौतारा, १७ चैत – नेपाल पत्रकार महासंघको २४ औँ अधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते काठमाण्डुमा गर्ने निर्णय भएको छ । सिन्धुपाल्चोकको गाती गाविसस्थित भोटेकोसी नदी किनारमा अवस्थित बोर्डल्यान्ड रिसोर्टमा आइतबार र सोमबार बसेको महासंघ केन्द्रीय...
काठमाण्डु, १७ चैत – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई नियमितरुपमा तिर्नुपर्ने रकम बुझाउन नसक्दा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । आयल निगमका अनुसार मार्च ३१ (आजसम्म¬) भुक्तानी गर्नुपर्ने चार अर्ब बुझाउन नसक्दा आइओसीले नेपाल आउने २० देखि २५ प्रतिशत पेट्रोलियम पदार्थ...
काठमाण्डु, १७ चैत – काँग्रेस युवा नेता गगन थापाले आफू एकीकृत माओवादी नेता बाबुराम भट्टराईले गठन गर्ने भनिएको नयाँ शक्तिमा सामेल हुन नसक्ने बताएका छन् । थापाले आफूले काँग्रेसबाटै राजनीति थालेको र आजीवन काँग्रेस नै भएर राजनीतिमा सक्रिय हुने बताए । ‘म काँग्रेसको प्रतिबद्ध...
काठमाण्डु, १७ चैत – एसियाली विकास बैंकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि करिब दुई अर्ब ९१ करोड (तीस मिलियन अमेरिकी डलर) थप ऋण सहायता प्रदान गर्न सहमत भएको छ । बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यो ऋण सहायता सो विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र...