समाचार

भक्तपुरमा जिशिअको चर्को विरोध गर्दै शैक्षिक संस्थाहरु

२०७१ चैत १३ गते ११:४९

भक्तपुर, १३ चैत- जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माप्रतिको विरोध स्वरुप यस जिल्लाका सम्पूर्ण शैक्षिक निकायले शर्मा सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने भएका छन् ।   शुक्रबार जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलाई प्याब्सन,एन–प्याब्सन,हिसान,इसान,इष्टु,अभिभावक सङ्घ नेपाल र नेपाल राष्ट्रिय अभिभावक सङ्घ...

ओ सरकार,जलेर खरानी भएको दलित बस्ती तिम्रो बाटो हेरिरहेछ

२०७१ चैत १३ गते ११:०६

सप्तरी,१३ चैत- सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित दलितबस्तीका अग्निपीडितलाई शुक्रबार बिहान अचानक भएको वर्षाले थप पीडा भएको छ ।   आगलागीमा परी घरसहित सम्पूर्ण सामान जलेर खरानी भएपछि खुल्ला आकाशमुनि बस्दै आएका उक्त बस्तीका अग्निपीडितलाई शुक्रबार बिहान भएको वर्षाले थप पीडामा पारिदिएको हो ।  ...

महासंघको मध्यमाञ्चल भेला चितवनमा सुरु

२०७१ चैत १३ गते १०:४९

चितवन,१३ चैत- नेपाल पत्रकार महासङ्घको मध्यमाञ्चल भेला शुक्रबार चितवनको रत्ननगरस्थित सौराहामा सुरु भएको छ । भेलाको पत्रकार महाङ्घका अध्यक्ष महेन्द्र विष्टले शुक्रबार बिहान उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान गरेका चितवनका अग्रज पत्रकार तथा पूर्व राससकर्मी गणशेखर शर्मा र अर्का...

भट्टराईले भने,‘१२ बुँदेजस्तै अर्को सम्झौता गरे गतिरोध अन्त हुन्छ’

२०७१ चैत १३ गते १०:४१

कास्की,१३ चैत- एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनको मनसाय सशस्त्र विद्रोह गर्ने र राज्यसत्ता पल्टाउने नभएको बताएका छन् ।   एमाओवादी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘अहिले विद्रोह आवश्यक छैन,सम्भव...

त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

२०७१ चैत १३ गते १०:२८

काठमाण्डु,१३ चैत– शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्राको कारोबारमा संलग्न रहेको आशंकामा एक चिनिया युवती पक्राउ परेकी छन् । चाइना साउदर्न एयरको उडानद्वारा काठमाण्डु हुँदै चीन जान लाग्दै गर्दा ती युवती पक्राउ परेकी हुन् । चाइना साउदर्न एयरको अश ३०६८ नम्बरको उडानद्वारा चीन जान...

हेर्दाहेर्दै मिडिया मालिक भए गुण्डा नाइके गणेश लामा

२०७१ चैत १३ गते १०:१६

काठमाण्डु, १३ चैत– चर्चित गुण्डा नाइके तथा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामाले मिडियामा लगानी गरेका छन् । अपराधिक पृष्ठभूमिका लामाले हालै राजधानीबाट प्रकाशित हुँदै आएको जनसबाल दैनिक किनेका हुन् । स्रोतका अुनसार राजनीतिको आडमा गुण्डागर्दी गर्दा पनि सञ्चार माध्यमबाट आक्रमण...

विशिष्ट व्यक्तिको भ्रमणमा जनतालाई किन असर ?

२०७१ चैत १३ गते १०:१०

काठमाण्डु,१३ चैत- सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट अतिविशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकको सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।   मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर नपर्ने गरी र सुरक्षामा पनि कुनै सम्झौता नहुने गरी...

सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु

२०७१ चैत १३ गते ९:५१

लहान,१३ चैत- वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा शुक्रबार तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सप्तरीको दिघवा गाविस–५ निवासी ४० वर्षीय दशरथ खंग मण्डल,सीतापुर–८ निवासी ५० वर्षीय रविलाल खंग र हरिहरपुर–३ निवासी ८० वर्षीय बिल्टु चौधरी रहेको प्रहरीले जनाएको छ । मण्डल र...

शुक्रबारदेखि सकियो एसएलसी परीक्षा

२०७१ चैत १३ गते ८:४९

भक्तपुर १३ चैत- विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा शुक्रबारदेखि सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा यही चैत ५ गतेदेखि सुरु भएको थियो । परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले...

कानुन मन्त्रीले भने,‘बलात्कारका घटना नियन्त्रण गर्न समाजनै तत्पर हुनुपर्छ’

२०७१ चैत १३ गते ८:४२

विराटनगर,१३ चैत- कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले मुलुकमा पछिल्लो समयमा बढी देखिन थालेका बलात्कारका घटनालाई समाज आफै सचेत भएमात्र नियन्त्रण गर्न सकिने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सो कुरा बताएका हुन् । ‘यस्ता...

योगेशले पाए एमाले फुटाउने तयारी भइरहेको गोप्य रिपोर्ट

२०७१ चैत १३ गते ८:३२

काठमाण्डु, १३ चैत– एमाले सचिव योगेश भट्टराईले केही अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आफ्नो पार्टीमा विभाजन ल्याउन सक्रिय रहेको बताएका छन् । एमाले फुटाउन केही विदेशी एजेन्सी नेपालमै अखडा बनाएर बसेको बताए । राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा भट्टराईले एमाले फुटाउन भएको षड्यन्त्रबारे आधिकारिक सूचना प्राप्त...

अछामका आधा जनता अझै भोकै

२०७१ चैत १३ गते ८:०२

अछाम,१३ चैत- अछाम जिल्लाका करिब ५० प्रतिशत जनता गरिबीको रेखामुनि रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालयले अछाममा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । तथ्याङ्क यकिन गर्न आइपुगेका बोर्डका उपाध्यक्ष चिन्तन पौडेलले अछामबाटै परिचयपत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us