समाचार

मलेसियाका पूर्वप्रधानमन्त्री नेपालमा

२०७० चैत ८ गते १०:१३

काठमाण्डु, ८ चैत – मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा. महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाण्डु आइपुगेका छन् । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा भोलिदेखि आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रुपमा भाग लिन उनी नेपाल आएका हुन्...

जातीय राज्य पुनःसंरचना अस्विकार्य : पाण्डे

२०७० चैत ८ गते ९:५८

चितवन, ८ चैत – एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीयताका आधारमा राज्य पुनःसंरचना गर्न नसकिने बताएका छन् । पेसागत महासङ्घ चितवन शाखाको चौथो अधिवेशनको उद्घाटन गर्दै नेता पाण्डेले जातीयताका आधारमा देश विखण्डन गरे देशमा जातीय द्वन्द्व भड्कने भएकाले अब बन्ने संविधानमा जातीयताका आधारमा नभई...

पश्चिम सुर्खेतका छाउ गोठ भत्काइँदै

२०७० चैत ८ गते ९:१३

सुर्खेत, ८ चैत – पश्चिम सुर्खेतका बेतान गाविसमा रहेका छाउ गोठ भत्काउन थालिएको छ । छाउपडीका कारण त्यस क्षेत्रका महिलाले जोखिमपूर्ण जीवन जीउनुपर्ने भएकाले यस्तो कुप्रथाको अन्त्यका लागि छाउ गोठ भत्काउने अभियान थालिएको हो । यही चैत मसान्तसम्म बेतान गाविसलाई छाउपडी मुक्त गाविस घोषणा...

भारतीय बलेरोसहित ११ वटा गोरु बरामद

२०७० चैत ८ गते ८:२९

रौतहट, ८ चैत – सशस्त्र प्रहरी टोलीले रौतहट जिल्लाको विश्रामपुर–२ मा अवैधरुपमा भारतीय नम्बरको बलेरो गाडी सञ्चालन गर्दै आएको अवस्थामा पक्राउ गरेको छ । बिआरओ ६ पी ५९५३ नम्बरको बलेरो गाडीमा कागजपत्रमा देखिएको विवरण उक्त गाडीमा नदेखिएकाले शङ्का लागि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान...

गुण्डागर्दी नियन्त्रण पहिलो काम : गौतम

२०७० चैत ८ गते ८:०९

काठमाण्डु, ८ चैत – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सातौं राष्ट्रिय सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै गौतमले आफ्नो पहिलो कार्यभार गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए । जुनसुकै राजनीतिक दलको आवरणमा...

विद्यालय गाईगोठजस्तो, शौचालय पक्की !

२०७० चैत ८ गते ७:०५

सल्यान, ८ चैत – स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ढाकाडाम गाविस–५ अरनेटाको दिनदिप जनता प्राथमिक विद्यालयमा पुग्ने जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । सो विद्यालय गाईगोठ हो कि विद्यालय हो भनेर झुक्किने गर्छन् तर झुक्किनु पर्दैन, यो गाईगोठ नभई विद्यालय नै हो ।...

सात प्रदेशसम्म मान्य हुन्छ : अध्यक्ष खनाल

२०७० चैत ८ गते ५:५०

काठमाण्डु, ८ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भाषिक र जातीय पहिचानका आधारमा मात्र नभई विविधतामा आधारित सङ्घीयताको आवश्यकता भएको बताएका छन् । नेकपा एमाले केन्द्रीय सङ्घीय मामिला विभागले शनिवार आयोजना गरेको छलफल कार्यक्रममा खनालले आफ्नो पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे पनि...

आगोले बनायो बाजेको उठीबास

२०७० चैत ८ गते ४:५४

काठमाडौँ, ८ चैत – बुढेसकालमा निकै दुःख कष्ट गरेर जमाएको सम्पत्ति आगलागीबाट ध्वस्त भएपछि वनबहादुर धौलाकोटी परिवारको उठीबास भएको छ । काठमाण्डु महानगरपालिका –३४ नयाँबानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगैको पानी ट्याङ्की पछाडि एक भाडाको घरको भुइँतलोमा रहेको ‘बाजेको भाँडा पसल’ मा गएराति आगलागी हुँदा सबै...

मालेको पोलिटव्यूरो बैठक चल्दै

२०७० चैत ८ गते ३:४९

काठमाण्डु, ८ चैत –नेकपा मालेको पोलिटव्यूरोको बैठक आज पनि जारी छ । शुक्रवार देखि पार्टी केन्द्रीय कार्यालय रातो पुलमा सुरु भएको बैठकमा कम्युनिष्ट आन्दोलनको कार्यदिशा, पार्टी शुद्धीकरण अभियान, सङ्गठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालनसम्बन्धी कार्यसूचीमा छलफल तथा निर्णय गरिने मालेले जनाएको छ । यसअघि...

क्यासिनोलाई रोयल्टी बुझाउन १५ दिनको म्याद

२०७० चैत ८ गते २:५७

काठमाण्डु, ८ चैत –नवीकरण तथा रोयल्टी बुझाउन १५ दिन म्याद थप सरकारले नेपालमा सञ्चालित क्यासिनोको अनुमतिपत्र नवीकरण तथा रोयल्टी बुझाउनका लागि आज देखि लागू हुने गरी १५ दिनको समयावधि थप गरेको छ । पछिल्लोपटक दिइएको चार महिनाको अवधिमा पनि क्यासिनोले अनुमतिपत्र नवीकरण नगरेको र...

संबिधान निर्माणको औपचारिक काम सुरु

२०७० चैत ८ गते २:५२

काठमाण्डु, ८ चैत – बिघटित संबिधानसभामा सहमति भएका बिषयको पहिचान गरेसँगै मस्यौदा लेखन कार्य थालीने भएको छ । संबिधानसभाको निर्वाचन सम्पन्न भएको चार महिना पछि संबिधानसभाले आफ्नो कार्य संचालन नियमावली पारित गरी नयाँ संबिधान निमाणको औपचारिक काम थाल्ने बाटो तय गरेको हो ।...

निमाविको अन्तवार्ता बैशाखमा

२०७० चैत ८ गते २:४५

काठमाण्डु , ८ चैत – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अन्तर्वार्ता आउँदो वैशाखमा गर्ने भएको छ । आयोगले बैशाख १९ गतेदेखि २४ सम्म अन्तर्वार्ता सुरु गर्ने जनाएको छ । आयोगले प्राथमिक तहको नतिजा प्रकाशनको तयारी पनि थालेको छ । प्राथमिक तहको अन्तर्वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us