समाचार

व्यापार सम्मेलन आइतबारदेखि

२०७० चैत ७ गते १२:४९

काठमाण्डु, ७ चैत – अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय लगानीकर्तालाई आकर्षण गर्ने उद्देश्यले सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा यही चैत ९ र १० गते यहाँ ‘नेपाल व्यापार सम्मेलन’ हुने भएको छ । नेपाललाई प्रमुख लगानी गन्तव्यको रुपमा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने सम्भाव्य परियोजनाका बारेमा...

एमाओवादीको २० सदस्यीय टोली चीन जाने

२०७० चैत ७ गते ११:४८

काठमाण्डु, ७ चैत– चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एकीकृत माओवादीको एक टोली चीन भ्रमणमा जाने भएको छ । विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली सोमबार चीन जाने भएको हो । टोलीमा चापागाइंका अलावा दीपेन्द्र पुनमगर, क्षेत्रबहादुर...

जेठमा स्थानीय चुनाव हुनुपर्छ : पोखरेल

२०७० चैत ७ गते १०:५९

विराटनगर, ७ चैत – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले आगामी जेठ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न हुने गरी मितिको घोषणा गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले २०५५ सालको स्थानीय निकायको ऐन संशोधन गरी जेठ महिनाभित्रै स्थानीय निकायको...

संविधान नबनेसम्म अन्योलता : सञ्चारमन्त्री

२०७० चैत ७ गते १०:५६

स्याङ्जा, ७ चैत – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी नहुँदासम्म मुलुकमा देखिएको अन्योलता कायमै रहने बताए । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा रहेको सामुदायिक रेडियो स्याङ्जाको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा रिजालले सरकारले सहमति, सहकार्य र...

दलितमैत्री संविधानका लागि नौबुँदे घोषणापत्र

२०७० चैत ७ गते ९:५९

जुम्ला, ७ चैत – उनन्चासौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसर पारी दलित मैत्री संविधान निर्माणका लागि नौबुँदे जुम्ला घोषणापत्र जारी गरिएको छ । विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकारवादी, महिलाअधिकारवादी र दलितअधिकारकर्मीले शुक्रबार भएको कार्यक्रममा नयाँ बन्ने संविधान दलितमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा...

संविधानसभा र व्यवस्थापिका संसदको नियमावली पारित

२०७० चैत ७ गते ९:००

काठमाण्डु, ७ चैत – संविधानसभा नियामावली २०७० र संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली २०७० पारित भएको छ । संविधानसभाको शुक्रबार बसेको बैठले नियमावली सर्वसम्मत पारित गरेको हो । यसअघि संविधानसभा (कार्यविधि) नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले सो विषयमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव...

सरकारले क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने

२०७० चैत ७ गते ८:०८

काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येख खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यस्तो घोषणा गरेका हुन् ।...

गिरिजाबाबुको प्रेरणाले एक वर्षमा संविधान : प्रधानमन्त्री

२०७० चैत ७ गते ७:५६

काठमाण्डु, ७ चैत – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नै आफूलाई एक वर्षभित्रमा संविधान बनाउन प्रेरणा जागेको बताएका छन् । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व सभापति स्व कोइरालाको पाँचौँ पुण्यतिथिमा प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपालले शुक्रबार पार्टी कार्यालय...

उमाविहरुले मनलाग्दी शुल्क लिन नपाउने

२०७० चैत ७ गते ७:४७

काठमाण्डु, चैत – उच्चमाध्यमिक विद्यालयले चारित्रिक प्रमाणपत्र र भर्ना फारामबापत मनोमानी शुल्क लिन नपाउने भएका छन् । कतिपय उमाविले चारित्रिक प्रमाणपत्रका लागि दुई हजार र कक्षा ११ को भर्नाको फारामका लागि एक हजारसम्म लिएको भन्ने गुनासो परेपछि उच्चमाध्यमिक शिक्षा परिषद्ले पहिलो पटक ती शीर्षकमा...

बसको ढोकाबाट खसेर दर्शनार्थीको मृत्यु

२०७० चैत ७ गते ७:४४

तनहुँ, ७ चैत – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे आँबुखैरेनी सडकखण्डमा पर्ने बन्दीपुर गाविस– ८ याम्पाफाँटमा बसको ढोकाबाट खस्दा एक यात्रुको शुक्रबार मृत्यु भएको छ ।  जिल्लाको छाब्दी बाराही मन्दिरतर्फ जाँँदै गरेको ना४ख ७२१९ नम्बरको बसमा यात्रा गरिरहेका नवलपरासी रजहर गाविस–४ निवासी वर्ष ३५ का मदन...

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा दुईजना पक्राउ

२०७० चैत ७ गते ७:३८

काठमाण्डु, ७ चैत – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा फुजेल–६, का ७४ वर्षीय छविलाल पौडेल र उनका भतिजा ४२ वर्षीय भीमसेन पौडेललाई चितवन र काठमाण्डुबाट पक्राउ गरिएको हो । गएराति ११ बजे रत्ननगर नगरपालिका–११ बाट...

जातीय बिभेद बिरुद्धको अन्तर्राष्ट्रिय दिवश मनाइदै

२०७० चैत ७ गते ३:५३

काठमाण्डु, ७ चैत –जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाईंदैछ । नेपालमा दिगो शान्ति र सामाजिक न्यायका लागि दलित मैत्री संविधान ः जातीय छुवाछुत अन्त्यका १० वर्षे एकिकृत रणनीतिक अभियान नाराका साथ आज विभिन्न कार्यक्रम गरि मनाइन लागिएको हो । दिवसको अवसरमा विभिन्न संघसंस्था,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us