समाचार

नयाँ संविधानमा ३२ वटा मौलिक हक प्रस्ताव

२०७२ असार १ गते १९:४७

काठमाण्डु, १ असार– अब बन्ने सविधानमा ३२ वटा मौलिक हकको व्यवस्था हुने भएको छ । मौलिक हक उपसमिति तयार पारेको प्रतिवेदनमा स्वतन्त्रताको हक, सम्मापूर्वक बाँच्न पाउने हक, समानताको हक, आमसञ्चारसम्बन्धी हक, सूचनाको हक, गोपनियताको हक, न्यायसम्बन्धी हक, अपराधपीडितको हक र धार्मिक हकलगायतलाई मौलिक हकको...

राष्ट्रसंघको प्रशासन तथा बजेटरी कमिटीमा नेपाल निर्वाचित

२०७२ असार १ गते १९:३४

काठमाण्डु, १ असार-संयुक्त राष्ट्र सङ्घको आगामी ७० औँ महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।   राष्ट्र सङ्घको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल सर्वसम्मतिले मंगलबार निर्वाचित भएको हो ।   राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि...

भूकम्पले सगरमाथालाई दक्षिणपश्चिमतर्फ सार्यो

२०७२ असार १ गते १९:२९

बेइजिङ, १ असार– अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर एक इन्चभन्दा केही बढी दक्षिणपश्चिमतर्फ सारेको तर त्यसको उचाइमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।   विश्वको सबैभन्दा अग्लो हिमाल विस्तारै उत्तरपूर्वी दिशातर्फ अगाडि बढिरहेको अवस्थामा...

एमाले महासचिवले भने, ‘भूमि व्यवस्थापनका लागि अधिकार सम्पन्न संयन्त्र बनाउनुपर्छ’

२०७२ असार १ गते १९:२७

काठमाण्डु, १ असार-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्पपछिको पुनःनिर्माणका लागि नीति र योजनासहित भू–स्वामित्व र भूमिको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।   भूकम्प प्रभावित क्षेत्रमा पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक अभियानअन्तर्गत काठमाण्डु निर्वाचन क्षेत्र नं। ७ स्थित रानीवन र क्षेत्रपाटीमा भइरहेका कामको अनुगमनका क्रममा...

लाइटर लोड भइरहेको कन्टेन्टरमा आगलागी

२०७२ असार १ गते १९:२०

पर्सा, १ असार-वीरगन्जको सुख्खा बन्दरगाहमा मंगलबार अपराह्न आगलागी भएको छ ।   सुख्खा बन्दरगाहको खुला स्थानमा रहेको मालबाहक कन्टेनरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।   अपराह्न करिब ४ बजेतिर आगलागी हुँदा ना ४ ख ६८३१ नम्बरको कन्टेनरमा आगलागी भएको थियो । लाइटर...

जमिन चिराचिरा भएर गाउँ भास्सिन थाल्यो !

२०७२ असार १ गते १८:२३

खोटाङ, १ असार-भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् ।   करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् ।   बस्तीदेखि सातरआठ सय मिटर तलबाट...

सिके राउतको मानवअधिकार सुरक्षित होस्ः एमनेष्टी

२०७२ असार १ गते १८:२१

काठमाण्डु, १ असार– एमनेष्टी इन्टरनेसनलले मधेसलाई नेपालबाट अलग्याएर छुट्टै राज्य बनाउने माग गर्दै आएका सिके राउतको बचाउ गरेको छ । एमनेष्टीले मंगलबार विज्ञप्ति जारी गर्दै राजनीतिक विचारका आधारमा सिके राउतको मानव अधिकार कुण्ठित गर्न नहुने जनाएको हो । मुलुक टुक्र्याउने विखण्डनकारी सोचका सिकेको अभियानमा...

दाता सम्मेलनमा ३७ राष्ट्रलाई आमन्त्रण, चीन र भारत आउने संकेत

२०७२ असार १ गते १८:०९

काठमाण्डु, १ असार-भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन आयोजना हुने दाता सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ दातृ निकायलाई आमन्त्रण गरेको छ ।   सम्मेलन यही असार १० गते काठमाण्डुमा आयोजना हुँदैछ । दातृ निकायलाई विश्वासमा लिएर भूकम्पपछिको नवनिर्माणमा...

बालिका बलात्कार गर्ने राजु प्रहरी फन्दामा

२०७२ असार १ गते १८:०३

कपिलवस्तु, १ असार– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिसवा–५ सिवभारी बस्ने २२ बर्षीय राजु रैदासलाई प्रहरीले पक्राउ गरेको छ । रैदासले मंगलबार हरदौना–१ बाणगंगा नदीको किनारमा भारत सिद्धार्थनगर जिल्ला सुनतानपुर सखुमिया नौगढकी ११ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटनापछि सिमा प्रहरी...

भूकम्पका कारण पारिवारिक द्वन्द्व बढ्न सक्ने खतरा !

२०७२ असार १ गते १७:५०

काठमाण्डु, १ असार-महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले भूकम्प अति प्रभावित आठ जिल्लाका महिला अधिकारकर्मीलाई विपत् व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।   विपत्को समयमा उद्धार, राहत र मनोवैज्ञानिक परामर्श उपलब्ध गराई पीडितलाई पहिलेकै अवस्थामा फर्काउन त्यस्तो तालिम दिइएको हो ।   नुवाकोट, दोलखा, काभ्रे,...

स्वास्थ्य परीक्षणका लागि ओली थाइल्याण्ड जाँदै

२०७२ असार १ गते १७:२८

काठमाण्डु, १ असार– नेकपा एमालेका अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन् । अध्यक्ष ओली बुधबार बिहान थाइ एयरवेजको नियमित उडानबाट बैंकक जान लोगका हुन् । एमाले प्रचार विभागका अनुसार अध्यक्ष ओली स्वास्थ्य समस्या नभइ नियमित परिक्षणका लागि जान लागेका...

मंगलबार बेलुकाबाट मलमास सुरु हुँदै, शुभकार्य गर्न नहुने

२०७२ असार १ गते १७:२१

काठमाण्डु, १ असार-धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबार राति ११:२३ बजेदेखि सुरु हुँदैछ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास असार ३१ गते बिहीबार बिहान ६स्२२ बजेसम्म कायम रहने छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us