काठमाण्डु, १ असार-व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्प प्रभावित जिल्लामा भौगर्भिक अध्ययन गरेर मात्र निर्माणका काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कृषि विकास, भूमिसुधार तथा व्यवस्था, ऊर्जा र सिँचाइ मन्त्रालय र सम्बन्धित क्षेत्रका विज्ञसँग गत जेठ २४, २६ र २९...
भक्तपुर, १ असार-भूकम्पमा परेर ज्यान गुमाएका भक्तपुरका तीन सय ३३ जनाको सम्झनामा जिल्लामा स्मारक बनाइने भएको छ । मानवीय आस्था नेपालले ज्यान गुमाएकाको सम्झनामा स्मारक बनाउने घोषणा गरेको हो । संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले भक्तपुर नगरपालिकासँग मौखिक रुपमा एक रोपनी जग्गा माग गरिएको...
काठमाण्डु, १ असार– नौ महिनादेखि पत्रकारलाई तलब नदिने एभिन्यूज र तीन महिनादेखि तलब नदिने हिमालय टेलिभिजनविरुद्ध अन्ततः पत्रकार महासंघले नै आन्दोलन थालेको छ । यी दुवै टेलिभिजनले स्थापनाकालदेखि नै तलब नियमित गरेका थिएनन् । हिमालय टेलिभिजन स्थापना भएको पाँच वर्ष भएको छ । भने...
काठमाण्डु, १ असार– प्रधानमन्त्री सुशील कोइरालाले गत वैशाख महिनामा आएको भूकम्पले ल्याएको विपद्लाई व्यवस्थापन गरी मुलुकको विकास निर्माणको गतिलाई अगाडि बढाइने बताउनु भएको छ । प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न मंगलबार बिहान प्रधानमन्त्री निवास...
काठमाण्डु, १ असार-एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले १६ बुँदे सहमतिले अझै थुप्रै तगाराहरु पार गर्न बाँकी रहेको बताएका छन् । चार दलका बीचमा १६ बुँदे सहमति भएपछि त्यसको जस लिन दल र दलका नेताहरु तछाडमछाड गरिरेको भन्दै भट्टराई एक अंग्रेजी भनाइ,...
काठमाण्डु, १ असार-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक सम्पदासहितका संरचनाको पुनःनिर्माणमा सबैको उदार सहयोग अपरिहार्य भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको संयोजनमा हनुमान ढोका दरबार क्षेत्र पर्यटकका लागि खुला गर्न मंगलबार दरबार क्षेत्रमा आयोजित कार्यक्रममा...
मोरङ, १ असार–आफैले आफ्नो शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा मोरङमा एक महिला गम्भीर घाइते बनेकी छन् । बयरवन–१ बस्ने ४० वर्षीया मंगलादेवी ऋषिदेव सोमबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएकी हुन् । मंगला आगोमा जल्दै गरेको देखेपछि उनका श्रीमान् र छोराले...
काठमाण्डु, १ असार – नेपाल पत्रकार महासंघले पत्रकारलाई तलब नदिने सञ्चारगृहविरुद्ध मंगलबारदेखि आन्दोलन सुरु गरेको छ । महासंघका अध्यक्ष महेन्द्र विष्टको नेतृत्वमा गएको टोलीले मंगलबार हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजनमा एक –एक घण्टा धर्ना दियो । एभिन्यूज टेलिभिजनले ९ महिनादेखि कर्मचारी र पत्रकारहरुलाई तलब...
चितवन, १ असार–चितवनस्थित निजी विद्यालयले अपारदर्शी रुपमा शुल्क लिएको भन्दै यहाँका विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् । विद्यार्थी सङ्गठनले निजी विद्यालयले भूकम्पपछि स्कुल बन्द रहेको समयको शुल्क लिएको र केही विद्यालयले शुल्कसमेत वृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । विद्यार्थीलाई भयरहित वातावरणमा पढाइ गराउन ध्यान...
पाँचथर, १ असार– जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार चौधरीले...
म्याग्दी, १ असार – बेनी नगरपालिकाले दमकल खरिद गरेको छ । नगरपालिकाभित्र बढ्दो सहरीकरणसँगै भौतिक संरचनामा कुनै पनि बेला हुनसक्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले दमकल खरिद गरिएको हो । स्थानीय विकास मन्त्रालयको ६० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट आठ लाख ७५ हजार गरी रु...
कञ्चनपुर, १ असार– वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्न कञ्चनपुरको दक्षिणी क्षेत्रमा चोरी–सिकारी नियन्त्रणसम्बन्धी दुईदिने तालिमको आयोजना गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुरको आयोजनामा दक्षिणी क्षेत्रको शुक्लाफाँटा आरक्षको बेल्डाँडीमा सरोकारवालालाई सोमबारदेखि सोसम्बन्धी तालिम दिइएको हो । चोरी–सिकारी नियन्त्रण समितिलाई...