मुस्ताङ, ३२ जेठ – भूकम्पका कारण ठप्प बनेको मुस्ताङको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल शुरु भएको छ । जेठको दोस्रो सातादेखि मुस्ताङमा बिस्तारै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । भूकम्प अघि दैनिक एक हजारको हाराहारीमा भित्रिने गरेका पर्यटक त्यसपछि आउन छाडेका थिए...
तेह«थुम, ३१ जेठ– प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले न्यायिक क्षेत्रको सुधारका लागि नयाँ सोच र प्रणालीको विकास गर्नुपर्ने बताएका छन् । आइतबार तेह«थुमको सदरमुकाम म्याङलुङमा जिल्ला अदालतको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश साहले सबैको अधिकार न्यायिक क्षेत्रमा निहित हुने भएकाले नेपालको न्याय प्रणालीको सुधार गर्नुपर्ने बताए...
मकवानपुर, ३२ जेठ– नेपाली सेनाका एक हुद्धाले आफूले आफैलाई गोली ठोकेर आत्महत्या गरेका छन् । आफैले हानेको गोलीले ओखलढुंगा अधेरी नारायण–६ घर भएका थाहा नगरपालिका–१४ स्थित ७ नम्वर बाहिनी अड्डा चनमन ब्यारेकमा कार्यरत ३४ वर्षीय हुद्धा शिवराम केसीको मृत्यु भएको हो । डिउटीमा रहेका...
भक्तपुर, ३१ जेठ– गत वैशाखमा गएको भूकम्पका कारण राजधानीका ऐतिहासिक पुरातात्विक क्षेत्रमा परेको असर देखाउन फोटो प्रर्दशनी आरम्भ भएको छ । सोमबार भक्तपुर दरवार क्षेत्रमा फोटोपत्रकार अशोक दुलालले खिचेका राजधानीका सम्पदा क्षेत्रका ६० वटा तस्विरहरु राखेर प्रर्दशनी प्रारम्भ भएको हो । पत्रकार दुलालले भूकम्पअघि...
काठमाण्डु, ३२ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि दिइएको रकमबाट वितरण गरिने राहतको निगरानी गर्न समेत दाताहरुसँगग आग्रह गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न एका दाताहरुसँग कोइरालाले दाताहरुबाट सहयोग...
नवलपरासी, ३२ जेठ –नवलपरासीको सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । सोमबार महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नीलम केसीले सुनवललाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा गरेकी हुन् । बालमैत्री स्थानीय शासनका न्यूनतम् सूचक बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता...
काठमाण्डु, ३२ जेठ – आफ्नो गाउँनजिकको वन विनास तथा क्षयीकरण नियन्त्रण र वन संरक्षण गरी कार्बन उत्सर्जनमा कमी ल्याई आम्दानी गर्न स्थानीय समुदायको भूमिकामा जोड दिइएको छ । राष्ट्रिय जन वकालत मञ्च नेपालले सोमबार गरेको परामर्श कार्यक्रममा वक्ताहरुले वनको दीगो व्यवस्थापन, वन कार्बन संरक्षण...
कपिलवस्तु, ३२ जेठ–आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताए । उद्धार गरिएकी...
नुवाकोट, ३१ जेठ– अर्थमन्त्री डा रामशरण महतले भूकम्पले क्षतविक्षत नेपाललाई यथाशीघ्र पुननिर्माण गरी भूकम्प प्रतिरोधी र मजबुत बनाइने बताएका छन् । सोमबार नुवाकोट बालकुमारीस्थित महादेव माध्यमिक विद्यालयको अस्थायी भवनको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले आगामी बजेटमै पुननिर्माणका कार्यक्रमहरुको घोषणा गरिने पनि स्पष्ट पारे ।...
झापा, ३२ जेठ– जङ्गली अर्नाको आक्रमणबाट सोमबार बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चारआलीको जङ्गलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका–९ निवासी १८ वर्षीय बोलु सतारको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको...
लहान, ३२ जेठ– विगत एक सातादेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोग पूर्ण नियन्त्रणमा आएको छ । एक्कासि रिङगटा लाग्ने र बान्ता आउनेजस्ता लक्षण देखिने अज्ञात रोगका कारण पाँच जनाको मृत्यु भएको थियो । अज्ञात रोगबाट प्रभावित अधिकांश बिरामीको जिल्ला अस्पताल...
पोखरा, ३२ जेठ– पोखरा–१४ चाउथेस्थित इन्द्रमार्ग टोलमा खानेपानी पाइप लाइन विस्तार गरिएको छ । पोखरा उपमहानगरपालिका कार्यालयको ४० प्रतिशत र स्थानीय उपभोक्ताको ६० प्रतिशत लागत सहभागितामा खानेपानी पाइप लाइन विस्तार योजना सम्पन्न गरिएको हो । इन्द्रमार्ग टोल विकास संस्थाको पहलमा सञ्चालित उक्त योजनाबाट हाललाई...